नेपाली साहित्यलाई स्थूल रुपमा दुई परम्परा अनुसरण गर्छ वैदिक पौराणिक परम्परा र जनजाति मौलिक ज्ञान परम्परा। पहिलो परम्परा नेपाली साहित्यको मूलधार हो। सर्वाधिक साहित्य सिजना यही परम्परामा रहेको छ। जनजाति मौलिक ज्ञान परम्परा भने पछिबाट प्रवेश भएको हो। यो नयाँ परम्परा अघि लगाएर अलग बाटो बनाएर नेपाली साहित्यको नयाँ गोरेटो बनाउने श्रेय कवि वैरागी काइँलालाई जान्छ। पहिलो परम्परालाई शासकले निर्माण गरेको परम्परा भन्न सकिन्छ भने दोस्रो परम्परा शासितद्वारा निर्मित। हामी उपनिवेशक र उपनिवेशितको बिम्व प्रयोग गर्न सक्छौं। भारतमा सवर्ण र अवर्ण बिच विभेद छ। यद्यपि कतिपय अवर्णहरू आफू सवर्णको पक्षमा हुन चाहने अनवरत प्रयासमा रहने देखिन्छ। यही दोस्रो प्रवृत्तिका समूहलाई आफू कुल र जन्मले वैदिक पौराणिक परम्पराको नभए पनि यसलाई शिरोपर राखेर अघि बडने समूहलाई वैदिक पौराणिक परम्पराको मान्न सकिन्छ। नेपाली साहित्यमा पनि यही प्रवृत्ति प्रबल थियो। कवि वैरागी काइँला नै त्य्तो पहिलो सशक्त कवि हुन जसले आफूलाई यसबाट अलग राख्न सफल भए। समकालीन समयमा यी दुवै परम्पराको विभाजन स्पष्ट देखिन थालेको छ। पछिल्लो समय...