रेत समाधि: छोटो टिप्पणी मलाई यो छोटो लेखको निम्ति केही टिप्पणीबाट शुरु गर्न मन लाग्यो। रेत समाधि किन्न अघि मैले अमाजनमा रहेको टिप्पणी पढेँ। एकजनाले लेखेको थियो यस्तो उपन्यासले बुकर पुरस्कार पाए फेरि कुनै बुकर पुरस्कार जित्ने कुनै उपन्यास नपढने भनेर। पुरस्कार पाइसके पछि अर्को एकजनाले फेसबुकमा लेखे "दुई आनाको उपन्यास एक आनाको पुरस्कार।" अर्कोले लेखे यो उपन्यास लेखिकाले आफ्नै लागि लेखेकी होलिन। आफै लेख्यो आफै पढ्यो, यसलाई कसैले पढने होइन। मलाई पनि उपन्यास पढन आरम्भ गर्दा त्यस्तै वितृष्णा नजागेको होइन। छोटा छोटा वाक्य गठन तर अधुरो लाग्ने र मानक लिखित भन्दा मौखिक भाषाको प्रयोग जस्तो। जटिल वाक्य संरचना। यद्यपि धैर्य धारण गरेर विस्तार पढदा यसको अदभूत आकर्षणले हामीलाई आफूतिर तानेको लाग्दोरहेछ। 376 पृष्ठ भएको उति लामो त होइन तर छ सात सय पृष्ठ पढे झै यसले समय लिँदो रहेछ। हामी नेपाली उपन्यास पढन अभ्यस्त रहने पाठकलाई रेत समाधि चुनौतीपूर्ण हुनेछ। हाम्रो उपन्यास अधिकतर कथानक प्रमुख नै हुन्छ। घटनाक्रमको छोटो वा लामो शिलशिला रहेको र पाठकमा कुतुहलता जमाइराख्न सक्ने किस्सा नै चाख मानेर ...