Skip to main content

Posts

Showing posts from October, 2022

दीपा राई

अन्तिम जाम : कविता कोलाज कविता मानव सभ्यताको अभिन्न चिन्ह भएको स्वीकार्न सकिन्छ। भाषाको उद्भव कविताबाट भएको अनुमान लगाइन्छ। पी बी शेलीले उनको प्रसिद्ध निबन्ध ए डिफेन्स अफ पोयट्रीमा लेखेका छन भाषाको शैशवकाल काव्यमय रहेको हुन्छ। यही विचारलाई अघि लाएर इन्द्रबहादुर राईको विचार अनुसार  भाषाको मूल प्रकृति कविता हो, सामान्य बोलीको भाषा वास्तवमा विचलन हो।(हामी जन्मात कवि हौँ, व्यावहारिकताले अकवि बनेका।)(काव्यिक भाषाको अस्तिता)। यसको अर्थ हुन्छ प्रत्येक बोली नै कविता हो। कविताबाट सामान्य भाषा जन्मियो भन्ने यसले बताएको छ।  तर ग्रीसेली कवि होमरले भने कवितालाई दैविक प्रेरणा भनेका थिए। होमरको विचारले सबै कवि हुन सक्दैन र ती व्यक्ति मात्र कवि हुनसक्छ जसलाई दैविक प्रेरणा प्राप्त छ।  पूर्वीय संस्कृतमा पनि कविताको जन्मबारे चाखलाग्दो प्रसङ्ग छ। आचार्य राजशेखरको काव्यमिमांसामा उल्लेख छ। एक पटक देवी सरस्वतीले हिमालयमा तपस्या गरी र उनको तपस्याबाट प्रसन्न भएर ब्रम्हले काव्यपुरुषको सृष्टि गरिदिए। सरस्वती देवी आनन्द विभोर भएर काव्यपुरुषलाई काखमा लिइन। उनै काव्यपुरुषबाट जगतमा कविता स्फुटन भए। यसर...

छिछिमेरा

छिछिमेरा कथा सङ्ग्रह : युवा बराल पाश्चात्य विद्वानहरू कुनै नयाँ देशमा जान अघि वा कुनै स्थानको समाजबारे जानकारी लिनको लागि त्यस क्षैत्रको साहित्य पढ्नु पर्ने सुझाउ दिन्छन् । साहित्यमा समाजको चित्रण हुदँछ अर्थात लेखकले उसको बुझाइ अनुसार आफ्नो लेखनमा यथार्थ राखेको हुन्छ र त्यो लेखनमा प्रतिबिम्बित परिदृष्यले त्यस समाजको सस्कृंति बुझ्न धेरै सहयोग गर्दछ। युवा बरालको नवीनतम कथासग्रंह "छिचिमिरा" पनि एक त्यस्तो किताब भएर आएको छ जसले समकालीन सिक्किमको समाजको सटीक चित्रण गर्न सफल भएको देखिन्छ । यश कथा सग्रंहमा समावेश गरिएका अधिकतर कथाहरू सिक्किमेली समाजको राम्रो चित्रण गरेका देखिन्छन् । हुनत कतिपय कथाका कथावस्तु सर्वजनीन पनि छन तर ती पनि सिक्किम भएर विश्व प्रवेश गरे झैँ लाग्दछ। एक दुई कथालाई छोडेर सबै कथाहरू पठनीय चाखलाग्दो रमणीय बनेका छन। कथाको शिल्प ज्यादै सुन्दर रहेको छ। भाषा सरल र बोधगम्य बनेको छ। थुप्रै ग्रामीण परिवेशका शब्दहरूले प्रविष्टि पाएका छन। यसको शीर्षक नै "छिचिमिरा" किरा रहेको छ जो केही समतल स्थानतिर बर्षायाम देखिने उडन्ते किरा हो। यसको उपस्थितिले एक गाउँले वाताव...

छविलाल उपाध्याय

    छविलाल उपाध्यायको "स्रष्टा सृष्टि तथा दृष्टि" माथि एक नजर  छविलाल उपाध्याय असम क्षेत्रको प्रतिष्ठित साहित्यकार हुन। हालसम्म उनको 31 वटा कृतिहरू प्रकाशित छन। उनले एक कवि, निबन्धकार, समालोचक र कुशल अनुवादकको रुपमा आफ्नो विशिष्ट पहिचान बनाइसकेका छन। सम्मान हुने क्रममा दुई पटक साहित्य अकादमी पुरस्कार पाएका छन, पहिलोपटक अनुवादमा र दोस्रो पटक उनीबाट विरचित महाकाव्य "उषा अनिरुद्ध" को निम्ति। एक व्यक्तिको रुपमा उनी असममा सर्वसम्मानित छन र साहित्यमा दीर्घ एवम लगनशील सेवा पुर्याए बापत असम सरकारबाट वृत्ति उपलब्ध गराइएको छ। उनलाई असम, सिक्किम, कालेबुङ, बनारस, नेपाल आदि स्थानहरूबाट विविध पुरस्कार एवम सम्मानले विभुषित गराइएका छन। श्री छविलाल उपाध्यायज्युले यस पंक्तिकारलाई स्नेहवश आफ्ना हालै प्रकाशित तीन कृतिहरू उपहारस्वरूप उपलब्ध गराइदिएका थिए। स्रष्टा सृष्टि तथा दृष्टि (समालोचना), अनुभवका तीसौँ पाइला (संस्मरण) र मेरो जन्मभूमि (कविता सङ्ग्रह)। हुनत विगतमा पनि उनले सम्झना गरिदिएको हो र यो पहिलोपटक भने होइन। यद्यपि आफ्ना कृतिहरूमाथि प्रतिक्रिया राखिदिने स्पष्ट आग्रह भने यसबाज...