छिछिमेरा कथा सङ्ग्रह : युवा बराल
पाश्चात्य विद्वानहरू कुनै नयाँ देशमा जान अघि वा कुनै स्थानको समाजबारे जानकारी लिनको लागि त्यस क्षैत्रको साहित्य पढ्नु पर्ने सुझाउ दिन्छन् । साहित्यमा समाजको चित्रण हुदँछ अर्थात लेखकले उसको बुझाइ अनुसार आफ्नो लेखनमा यथार्थ राखेको हुन्छ र त्यो लेखनमा प्रतिबिम्बित परिदृष्यले त्यस समाजको सस्कृंति बुझ्न धेरै सहयोग गर्दछ। युवा बरालको नवीनतम कथासग्रंह "छिचिमिरा" पनि एक त्यस्तो किताब भएर आएको छ जसले समकालीन सिक्किमको समाजको सटीक चित्रण गर्न सफल भएको देखिन्छ । यश कथा सग्रंहमा समावेश गरिएका अधिकतर कथाहरू सिक्किमेली समाजको राम्रो चित्रण गरेका देखिन्छन् । हुनत कतिपय कथाका कथावस्तु सर्वजनीन पनि छन तर ती पनि सिक्किम भएर विश्व प्रवेश गरे झैँ लाग्दछ। एक दुई कथालाई छोडेर सबै कथाहरू पठनीय चाखलाग्दो रमणीय बनेका छन। कथाको शिल्प ज्यादै सुन्दर रहेको छ। भाषा सरल र बोधगम्य बनेको छ। थुप्रै ग्रामीण परिवेशका शब्दहरूले प्रविष्टि पाएका छन। यसको शीर्षक नै "छिचिमिरा" किरा रहेको छ जो केही समतल स्थानतिर बर्षायाम देखिने उडन्ते किरा हो। यसको उपस्थितिले एक गाउँले वातावरणको आभास दिलाउँदछ। कथाकार बरालले सोझो कथा मात्र नलेखेर कथा विधा वा साहित्यको अस्तित्व बारे पनि चिन्तन गरेको छ। तर यो चिन्तन पनि कथा भएर आएको छ। यसरी ती कथा मात्र नभएर कथा वा साहित्य चिन्तन पनि बनेको छ। उनको अघिल्लो कथा सग्रंहमा पारम्परिक ढाँचा कै कथाहरू थिए तर यस नवीन सग्रंहमा भने अमूर्त कथाहरू पनि रहेका छन। यसबाट थाहा पाइन्छ युवा बराल आफ्नो लेखनमा विविधता र विकल्पको प्रयाश तथा प्रयोगप्रति सचेत छन।उनको साहित्यप्रतिको गम्भीरता यसबाट झल्किरहेको देखिन सकिन्छ । बराल साहित्यको यो सुत्र "नव नव उल्लेख शालिनि नव नव उन्मेषशालिनि" प्रति प्रतिबद्धता देखाउन सक्षम भएको देखिन्छ । "कोसेली " "नून" "मूलघर" कथाहरू विशिष्ट भएर आएको छ।सिक्किमको सङक्रमणशील समाजको ज्वलन्त चित्रण आउन सकेको छ। स्वर्गीय देव कुमार जुमेलीका कथाहरू पछि बराल मात्र त्यस्तो कथाकार देखिन्छ जसको लेखनमा यस्ता ज्वलन्त चित्रण गर्न सकेको आभास हुन्छ। सिक्किमेली समाज अध्ययनशील समाज होइन। बौद्धिक क्रियाकलाप थोरै हुन्छन् र पुस्तक वा पत्र-पत्रिका थोरैले मात्र किन्ने र पढने गर्छन। पुस्तक चर्चा वैचारिक आदानप्रदान प्राय शून्य रहन्छ। सिक्किमेली समाजको यो प्रवृत्तिले कुनै पनि चेतनशील नागरिकलाई गम्भीर बनाउन बाध्य बनाउछ र भग्नाशा जन्माउदँछ। "प्रिय पाठक" शीर्षक कथा यसैको परिणामबाट जन्मिएको बुझिन्छ । यस कथामा पाठकको मृत्यु भएको देखाइएको छ। मृत्यु पनि साधारण होइन उ क्यान्सरको बिमार लागेर दुर्गन्धमय शरीर लिएर भएको हुन्छ। उक्त पाठकको शवयात्रामा बरालले आफ्नो अघिल्लो कथासग्रहका कथाका पात्रहरूलाई पनि मलामीमा सामेल भएको देखाएको छ। यस कथाले सिक्किमको एक तितो सत्य बताएको छ यहाँ साहित्यका पाठकहरू छैनन् र ती मरिसकेका छन। पाठकको मृत्यु भएपछि लेखक हुनुको अर्थ रहँदैन। लेखक एक बुख्याचा जस्तो मात्र हुन्छ। युवा बरालको यो कथा सग्रंह सिक्किमेली साहित्यका एक महत्त्वपूर्ण हस्तक्षेप भन्न सकिनेछ र भारतीय नेपाली साहित्यको एक तरगं यसले साबित गर्न सक्नेछ। यति उत्कृष्ट रचनाको निम्ति युवा बराललाई बधाई ।
Comments
Post a Comment