मेटामोर्फोसिस
गत रात मैले यो कथा
पढेँ फ्रान्ज काफ्काको। मसित निकै समय अघि देखि रहेतापनि पढिएको थिइएन कथा
अप्ठ्यारो लागेको कारण । निदाउनको लागि पढेको तर नसिद्धिन्जेल निदाउन सकिएन। बडो
अनौठो रहेछ कथा, परम्परा भन्दा भिन्न । कथाको प्रथम पक्तिमै कथाको सार वा कथाको
अन्त्य।
मुख्य पात्र
ग्रिगोर सम्सा एकदिन बेलुका सुतेर विहान ब्युझदा आफू एक विशाल किरा भएको पाउँछ।उसका
साना साना अनेकौं खुट्टाहरू भएको र ढाडमा खपटा। उ सुतेको पलङबाट उठ्न चाहँदा कठिन पर्छ
उठ्न।
विहान ५
बजे आफ्नो काममा जानलाई एलार्म बेल लगाएको हुन्छ तर यो विहान उसले थाहा पाउँछ उ निकै
सुतिपठाएको रहेछ।काममा जानलाई उसलाई हतार हुन्छ । तर अनेकौं प्रयाशमा पनि हुदैन । घडीमा
७ बजिसक्छ।
उ एक यात्रा
गरिरहनु पर्ने सेल्सम्यान हो। उसलाई यो काम मन पर्दैन तर पछिल्लो ५ वर्ष देखि यही काम
गरिरहेको छ। जुन कम्पनी मा उ काम गरिरहेको छ त्यो कम्पनीलाई उसको पिताको ऋण छ र उसले
त्यो ऋण तिर्न काम गर्नु पर्छ। उसले अडकल लगाउछ त्यो कम्पनीमा अझ ५ वर्ष काम गरेपछि
ऋणबाट मुक्त हुनेछ र त्यही दिन काम छोडेर सुखको सास फेर्नेछ।
उसले काम
गरेको कमाईबाट उसको परिवारको लालनपोषण पनि भइरहेको छ। घरमा उसको पिता , माता र एक बहिनी
छन।सबै घरमै बस्छन उ मात्र काम गर्दछ। बहिनी राम्रो भायलिन बजाउछिन तर अझ राम्रो सिक्न
तालिम लिनुपर्ने थियोे तर शुल्क महगों भएकोले तालिम लिन पठाउन सकिएको छैन । उसलाई लाग्छ
यो ख्रिष्टमसमा उपहार स्बरुप तालिमको रकम तिरेर
बहिनीलाई त्यो खुशी दिलाउने छ।
तर आजको
उसको शारीरिक परिवर्तनको कारण काममा जान सकिरहेको छैन । उसलाई डर हुन्छ उसको अधिकारी
घरमै आउनेछ र यो सुस्तीको शास्ती स्वरूप कामबाट निकाल्ने छ।नभन्दै साढे सात बजे उसको
अधिकारी घरमा आइपुग्छ उसको अनुपस्थिति बारे सोध्न । उ धेरै रिसाएको हुन्छ । तर जब उसले
ग्रिगोरलाई एक किराको रुपमा देख्छ उ त्यहीँबाट जान्छ । उसको यो शारीरिक परिवर्तनको
परिणाम पिताको ऋण मुक्त हुन्छ । तर घरमा कमाई गर्ने एकमात्र सदस्यको हाल यस्तो भए पछि
घरको आर्थिक स्थितिमा समस्याको पहाड लाग्छ। पिता फेरि काममा जान लाग्छ त्यो वृद्धावस्थामा।
१७ वर्ष मात्र पुगेकी बहिनी ग्रेटा दोकानमा सेल्सगर्ल काम गर्न लाग्छे। आमा दिनभर खटाइ
हुन लाग्छ गरमा सिलाइ बुनाइ र अन्यान्य काममा । घरका एक नोकर पनि ग्रिगोर किरा भएको
देखेर काम छोडेर जान्छे। घरको आर्थिक अवस्था सुधार्न उनीहरूले तीनजना मान्छेलाई खुराकीमा
राखेका हुन्छन् । यी मान्छेहरूले ग्रिगोरको त्यो रुप देखे पछि रिसाएर भनेका हुन्छन्
उनीहरू त्यहाँ बसेका कुनै शुल्क दिने छैनन् । आफ्नै घरमा यसरी प्रताडित बन्न पुग्छ
सम्सा परिवार ।
बहिनी र
आमाले उसलाई खुबै माया गर्छ शुरु शुरु मा। तर पिताले एक दिन आइफलको झटारोले हिर्काउछ
उसलाई । त्यो आइफल ढाडमा लागेर चोट लाग्छ पिडादायक हुन्छ त्यो प्रहार । आमाले बचाएको
हुन्छ उसलाई अझ बडी प्रहार र मृत्युबाट ।
तर बिस्तारै
घरकाहरूले उसलाई माया गर्न छोडछ। उसलाई बोझ सम्झिन्छ । उसको सुत्ने कोठामा घरमा नचाहिने
सबै समान थुपार्न लाग्छ । उसको खानपिनको पनि हेरचाह हुदैन । उसलाई एकदमै माया गर्ने
बहिनीले पनि उसलाई यो घरबाट मुक्त गर्न पर्छ भनेकी सुन्यो ।
अर्को दिन
देखि उसले खान छोड्यो। आइफलको चोटको घाउ पनि दिनदिनै साह्रो हुदै थियोे । एकदिन घरको
नोकर्नीले एक किरा मरिरहेको देखिन र कुँचोले बडालेर फ्याकिदिइन। उसले यो कुरा घरका
अन्य सदस्यहरूलाई बताएकी थिइन् ।
जब परिवारले
ग्रिगोरको मृत्यु भएको थाहा पाए उनीहरू शान्त भए । बिहान पिताले ती तीनै खुराकीवाललाई
घरबाट निकाले। उनीहरूले निर्णय लिए यो फ्लेट ठूलो भएको अलि सानो फ्लेटमा बस्ने । निकै
महिना भइसकेको थियोे यो घरमा ठूलो आफत आएको र बल्ल अब शान्त भएको छ। परिवार घरबाट बाहिर
घुम्न पनि ननिस्केको धेरै भइसकेको थियो । त्यो दिन उनीहरू बाहिर घुम्न जाने भए । तयार
भए।आफ्नी श्रीमती एकपट्टि र अर्को पट्टि छोरी
ग्रेटालाई साथ लिइ सम्सा बाहिर निस्के । माता-पिताले देखे उनीहरूकी छोरी अब तरुणी भइसकेकी
रहिछ र सुन्दर पनि। अब उसको बिहेको समय आएछ। सबै प्रसन्न मुद्रामा थिए।
कथा एक आफैंलाई
आफुलाई नचिनिने भएको रहेछ। व्यक्ति आफैसित पलायन भएको । प्रत्येक व्यक्तिले भोग्नु
पर्ने विडम्बना जीवनको ।
यश कथाको
केन्द्रमा आर्थिक कडी रहेको कारण मार्क्सवादी धारणाको पलायन ( alienation) बाट हेरिएको
रहेछ। मनोविज्ञान पनि रहेको कारण प्रारम्भिक आलोचना यहीँबाट भएको रहेछ। तर केही आलोचक
भने यो एक यहुदी नाटकबाट प्रभावित पनि मान्दो रहेछ।
काफ्का वीशौ
शताब्दीको एक श्रेष्ठतम लेखक हुन र उनलेे मानव समाजको त्यो पक्ष उजागर गरे जो अन्य
कुनै लेखकले यति सशक्तका साथ गरेका थिएनन् ।
उनी बताउछन
समाजमा व्यक्ति एकलो हुन्छ । उसलाई आफ्नै समाजले स्वतन्त्र रुपमा बाच्न दिदैन।
उनको विचारमा
मान्छे ईश्वर bad moodमा हुदाँ सृजना भएको
कारण ऊ सधैं दुखी हुन्छ।
Comments
Post a Comment