Skip to main content

भाषा र भ्रमण डायरी

भाषा आन्दोलन र यात्रा स्मृति

मेरो नेपाली भाषा मान्यता प्रसङ्ग संलग्नता 1977 साल देखिको हो। यश समय म छुजाचेन माध्यमिक विध्यालयमा( उच्चतर माध्यमिक विध्यालय पछि भएको हो) प्राथमिक शिक्षक थिएँ ।

चुनिलाल घिमिरेको अध्यक्षतामा अखिल भारतीय नेपाली भाषा समितिको शाखा खोलियो रङ्गलीमा। यसको कार्यकारिणी समितिमा म सामेल थिएँ । त्यस समय मैले सम्झेको थिएँ भाषा समितिबाट आएका आदेश बमोजिम हाम्रो कार्यक्रम अगाडि बडला अथवा त्यही अनुरुप भाषा आन्दोलनमा सहभागिता जनाउँला। हाम्रो समितिको अनुमति आए पछि केही पत्राचार हुन थाल्यो । त्यतिबेला यसप्रकारको गतिविधिलाई राज्य सरकारले सकारात्मक दृष्टिले हेर्दैन थिए र हाम्रो सबै कार्यक्रममा सिक्किम पुलिस र आसूचना विभाग छड्के जाँच गरिरहन्थे। त्यहाँका ती कर्मचारी जो हामीसित सहानुभूति राख्थे हामीलाई सतर्क गराउँ'थे।

भाषा समितिबाट तर भाषा संघर्ष वा भाषा आन्दोलनसित सम्बन्धित केही पनि सूचना वा कार्यक्रम हामीतिर आइरहेको थिएन। अन्य विषयमा केन्द्रित पत्र हुन्थ्यो ।कुनै कुनै यहाँको स्थानीय राजनैतिक गतिविधिसित सम्बन्धित हुन्थ्यो । मलाई केही छटपटाहट भइरहेको थियो । कोषको विषय लिएर पनि पत्र आएको थियोे । लगभग तीन चार महीना पछि एउटा निकै लामो पत्र आयो । मैले त्यो पत्र पढेँ । पढेर म छक्क परेँ। यो भाषा आन्दोलनसित केही सरोकार नभएको र नितान्त सिक्किमको राजनीतिसित रहेको कुरा थियोे । सिक्किममा राजाको शासनको पालिमा यहाँ पेरिटी सिस्टम भन्ने थियो । यस अनुसार सिक्किमलाई दुई जातिका समूह मानिएको थियोे : 1. भोटे-लाप्चे र 2 नेपाली । यस प्रथा अनुसार कुनै पनि सरकारी नियुक्ति वा कार्यक्रम 50:50 को हिसाबले गर्नु पर्थ्यो। यो नियम सरकारी नियुक्ति मात्र नभएर कुनै पनि लाभकारी कार्यक्रममा प्रयोग हुन थालेको थियो । देश बाहिर भारत वा विदेश भ्रमण यही अनुरुप हुन्थ्यो । यसले बहुसंख्यक नेपाली समूहलाई मर्का पर्न थालेको थियो भने अल्पसंख्यक भुटिया-लेप्चा समूहलाई( जो त्यतिबेला 23% मात्र थिए) धेरै लाभ पुर्याइरहेका थिए । यसको विरोधमा भइरहेको थियो। तर यो प्रथा सिक्किम बिलय हुन साथै समाप्त भएर गएको थियो । भारतीय संविधान अनुसार यो नियम असगंत थियो । मलाई त्यतिबेला अचम्भ लागेको थियो भाषा समितिबाट यस पेरिटि प्रथाको बिरोध गर्नु पर्छ भन्ने प्रस्ताव आएको देख्दा। जुन कुरा छँदै छैन त्यसको कसरी विरोध गर्ने । त्यतिबेला मैले बुझे दार्जिलिङ सिक्किमको एक छिमेकी क्षेत्र मात्र नभएर सिक्किमको लागि उच्च शिक्षाको मुख्य केन्द्र रहेको भए पनि सिक्किमको परिवर्तित राजनैतिक परिवेशप्रति अनभिज्ञ र उदासीन रहँदो रहेछ। मलाई यो पनि चेतना भयो सिक्किमको सामाजिक वर्गीकरण र राजनैतिक समन्वय बारे थोरै मात्र सूचना राख्दोरहेछ। तत्कालीन भाषा समितिप्रति वितृष्णा पनि हुन थाल्यो । यसैले मैले राजिनामा दिएँ। मेरो भाषा समितिसितको पहिलो र अन्तिम सम्बन्ध त्यही नै रह्यो ।

मेरो राजिनामामा अर्को घटना पनि जोडिएको थियो । 1978 मा म शिक्षक पेशा बाट पदोन्नति भई ग्राम विकास विभागमा पञ्चायत निरीक्षक पदमा गएको थिएँ। यसपछि मेरो बसाई गान्तोक हुने भयो। रङ्गली मेरो घर भएतापनि अधिक समय गान्तोकमै रहने भएँ। अब रङ्गलीको भाषा शाखामा योगदान दिन सम्भव थिएन ।

1979 मा म सिलगढीबाट रङ्गली आउदै थिएँ। मलाई कालेबुङ भएर घर जाने इच्छा भएको कारण यो घुमाउरो यात्रा गरेको थिएँ । तर त्यो दिन कालेबुङबाट रङ्गली जाने गाडी पाइएन। एकरात कालेबङ बस्नु पर्ने भयो। मेरो एक मित्र सिक्किमबाट कालेबुङ आएको रहेछ र गम्बुज होटलमा बसेको रहेछ। उसले दुई दिनको लागि कोठा लिएको भए पनि एकदिन मात्र बसेर फर्कन लागिरहेको रहेछ। म एक दिन त्यही कोठामा बस्ने भएँ। डम्बर चौकमा भाषण हुदैथियो । वक्ताहरु त चिनिनँ तर भाषणको मुख्य सार भाषामाथि थियो। वक्ताहरुले भात र भाषाको कुरा गर्दै थिए । भात ठूलो कि भाषा ठूलो को प्रश्न रहेछ। वक्ता भन्दै थिए भात र भाषाको तुलना हुन सक्दैन। भाषा छ भने हामी हुन्छौं । भाषा छैन भने हाम्रो अस्तित्व रहने छैन ।

मैले बुझ्न सकिरहेको थिएन भात र भाषाको प्रसङ्ग कताबाट आए र यी वक्ताहरु किन यसो भनिरहेका छन। यो बुझ्न मलाई निकै समय लाग्यो। वास्तवमा त्यसबेला सिक्किममा चुनाव प्रचार जोडतोडले भइरहेको थियो। सिक्किम जनता परिषद् जसलाई घोडा पार्टी भनिन्थ्यो र झुल्के घाम दुई मुख्य दलहरु थिए। एलडी काजीले भने काङ्ग्रेस पार्टीको नेतृत्व गरिरहेको थियो । झुल्के घाम दलको नेता थिए रामचन्द्र पौड्याल र सिक्किम जनता परिषदको नर बहादुर भण्डारी नेता थिए। झुल्के घाम दलले अखिल भारतीय नेपाली भाषा परिषदलाई आफ्नो दलको प्रचारको निम्ति अनुरोध चडाएको रहेछ। भाषा परिषद्को नेतृत्व इन्द्रबहादुर राईले गरिरहेको थियो। झुल्के घाम दलको निमन्त्रणालाई स्वीकारेर भाषा परिषद सिक्किमको राजनैतिक चुनाव अभियानमा यसप्रकार चुर्लुम्म डुबेको थियो । यही भाषा परिषदको नेपाली भाषा मान्यताको संघर्षमा सायद झुल्के घाम दलले आश्वासन दिएको थियो होला चुनाव जितेर सरकार बनाउन सके भाषा मान्यता संघर्षमा सहयोग पुर्याउने। भाषा समितिको चुनौतीलाई जवाब दिन नरबहादुर  भण्डारीले चुनावी प्रतिद्वन्द्वीताको वाकयुद्धमा भात र भाषाको प्रसङ्ग उठाएको रहेछ। उनको भनाईमा भात नभई भाषा हुन सक्दैन ।हुनपनि त्यो समय सिक्किममा व्यापक गरिबी थियो । गाउँमा निकै घरहरू खरले छाएको घर निकै नै थिए। गाउँमा र साना साना बजारमा पानी वितरणको समस्या थियो। गाउँलेहरुले जुगाड गरेर वा पधेरो धाउनु पर्थ्यो। भातको समस्या ज्वलन्त थियो।

चुनावमा झुल्के घाम दलले धेरै सिट ल्याउन सकेन, नरबहादुर भण्डारीको जनता परिषद्ले सरकार गठन गर्यो।

यस घटनाले भाषा परिषदको कार्यकारिणी समितिभित्र खैलाबैला मच्चियो। एकार्कामा दोषारोपण भए। इन्द्रबहादुर राईले भनेका थिए रे- यो चुनावमा जाने एउटा स्ट्रेटेजी मात्र हो। तर उनले राजिनामा दिए यसपछि भाषा समितिको अध्यक्षताबाट।

 

१९९० सालमा म संस्कृति विभागमा कार्यरत थिएँ । यस विभागलाई अहिले सांस्कृतिक मामिला एवम धरोहर विभाग भनिन्छ । त्यस समयमा नेपाली साहित्य परिषद् ( पहिला यसलाई सिक्किम साहित्य परिषद् भनिन्थ्यो ) को पनि महासचिव मै थिएँ । वर्तमान  नेपाली साहित्य भवन बनिएको थिएन । यो भवनको निम्ति साइट एलोटमेन्ट भने भएको थियो र भवन निर्माणको शिलान्यास पनि सम्पन्न गरिएको थियो । भवन बनाउने कोष थिएन । भवन निर्माण समिति गठन गरिएका थिए ग्राम विकास विभागको तत्कालीन सचिव  श्री पी के प्रधानको सभापतित्वमा । कोष सग्रंह गर्न पनि यही समितिको दायित्व रहेको थियो ।

निर्माण समितिको खातामा जम्मा रु २५००० रकम रहेको देखेँ । यो रकम ८ जना दाताहरूले रु ५००० को दरले दिएका रहेछन। मलाई सम्झना रहेको नामहरूमा पी के प्रधान , एल बी छेत्री, सानू लामा, एच बी कार्की र अन्य ४ नामहरू थिए। रु १५००० चाहिँ शिलान्यास कार्यक्रममा खर्च भएको रहेछ । भवन निर्माणको अनुमानित लागत १५ लाख रुपियाँ थियोे । निर्माणको ठेकेदारी कन्ट्राक्टर आर के गोयल भएको जान्नमा आयो। समितिको कोषाध्यक्ष स्वर्गीय रुद्र प्रधान थियोे जो त्यतिबेला बजेट अफिसरको पदमा कार्यरत थिए ।

कोष सहायताको निम्ति मुख्य मन्त्री नर बहादुर भण्डारीलाई आवेदन चडाउने प्रस्ताव आयो । भवन निर्माण समितिले मुख्य मन्त्रीसित भेट गरे पछि सरकारले भवन निर्माणको निम्ति पूर्ण कोष उपलब्ध गराउने आश्वासन दिए। यसपछि समितिको कोषाध्यक्षको जिम्मा मैले लिनु पर्ने भयो । एकदुई पल्ट हाम्रो सभा भए। एकदिन वित्त सचिव श्री गोविन्द प्रधानले मलाई बोलाए र संस्कृति विभागबाट नेपाली साहित्य परिषदको भवन निर्माणको निम्ति कोष प्रबन्ध गर्नु पर्छ भने । मैले भने संस्कृति विभाग कम बजेट भएको सानो विभाग भएकोले त्यति धेरै राशी मिलाउन साह्रो पर्ला । त्यस समय सिक्किमका कतिपय साना साना विभागमा लेखा अधिकारी हुदैन थिए र कुनै अधिकारीलाई लेखाको जिम्मेवारी दिइन्थ्यो जसलाई ड्रविगं एण्ड डिसबर्सिङ्ग अफिसर भनिन्थ्यो । संस्कृति विभागमा यो मेरै जिम्मेवारीमा रहेको कारण मलाई विभागको कोषबारे ज्ञान थियोे । यसैकारण मैले वित्त सचिवलाई त्यसो भनेको थिएँ । उहाँले भन्नू भयो यो अन्य विभागबाट उपलब्ध गराउन सम्भव छैन यही विभागले गर्नु पर्नेछ । पछि वित्त सचिवले मलाई र मेरो सचिवलाई लिएर मुख्य मन्त्रीलाई भेट्न लगियो । वित्त सचिवको प्रतिवेदन पछि मुख्य मन्त्रीबाट आदेश भयो संस्कृति विभागले नै व्यवस्था गर्नु पर्ने भनेर ।

विभागमा आएर मैले डिमाण्ड फर ग्रान्ट्सको पुस्तक निकाले र विभिन्न उपभागमा रहेका धनराशीको उपलब्धता हेरे। अधिकतम राशी ८ लाख सम्म मिल्ने भयो। विभागलाई कुनै आकस्मिक खर्च हुन जाला भनी पचास हजार अलग राखेर ७ लाख पचास हजार रुपियाँ भवन निर्माणलाई छुट्याययो। यसको रिएप्रोप्रिएसन दस्तावेज बनाएँ र वित्त सचिवको अनुमतिको लागि लगेँ। उनले मलाई फेरि मुख्य मन्त्री कहाँ जानू पर्छ भने र हामी दुवै गयौं । मुख्य मन्त्रीले पनि अनुमोदन दिए। त्यसपछि उहाँले मलाई भन्नु भयो लौ यो काम सकियो । अब नेपाली भाषा सम्मेलन गर्नु पर्छ। यो साहित्य परिषदको तत्वावधानमा हुनु पर्छ । तपाइँहरू यसको तयारीमा लाग्नुहोस।

विभागमा आएर मैले पहिला भवन निर्माणको कोष फाटवारीको काम शीघ्रता साथ गरेँ। दुई दिन भित्रमा भवन निर्माण समितिको खातामा साढे सात लाख रुपियाँ हस्तान्तरण गरियो । अध्यक्ष पी के प्रधानले यो रकम फिक्स्ड डिपोजिटमा राख्ने आदेश दिए। अब नेपाली साहित्य परिषदको आफ्नै निर्माण हुने भयो भनी ढुक्क लाग्यो ।

यो कार्य सम्पन्न भए पछि मैले परिषदको अध्यक्ष श्री सानू लामालाई भेटेँ र उनलाई मुख्य मन्त्री महोदयको आदेश नेपाली भाषा सम्मेलन आयोजन गर्नु पर्ने विषय सुनाए । उनी प्रसन्न भए यो कार्यको भार परिषदलाई दिइएकोमा।

बेलुका एक आकस्मिक सभा गर्ने निर्णय लिइयो । मैले राधाकृष्ण शर्मालाई सूचित गरेँ। उनी साहित्य परिषद को उपाध्यक्ष थिए । हामी तीन जना मात्र भेला हुनसक्यौं। निकै लामो समय चर्चा चल्यो । कसरी आयोजन गर्ने, ककसलाई कहाँ कहाँबाट बोलाउने कुन स्तरको प्रतिनिधि निम्त्याउने ।

यो भेटघाट निकै दिनसम्म जारी रह्यो । पछि डा गोपाल दाहाल पनि हाम्रो साथमा आए एकदुई पटक भएपनि । कोही बेला रातको दस एघार बजेतिर मात्र घर पुगिन्थ्यो। हामीले विभिन्न स्रोतहरूबाट भारतमा रहेका विभिन्न सघं संस्थाका सूची सकंलन गर्यौ।

हप्ता दिन जस्तो लगाएर योजना तयार पार्यौ। विभिन्न दस्तावेजहरू तयार भएपछि यसको अनुमोदनको निम्ति अध्यक्ष सानू लामा, राधाकृष्ण शर्मा र म मुख्य मन्त्रीको कार्यलयमा गयौं । केही समयको निम्ति हामीलाई एपोइन्मेन्टको छुट दिइएको थियोे मुख्य मन्त्रीलाई भेट्न ।

योजनाको स्वरूप अनुमोदन भए पछि यस कार्यलाई अघि बडाउन हाम्रोमा एक समस्या आइपर्यो। अहिले को जस्तो मोबाइल इन्टरनेट कुनै नभएकोले विभिन्न क्षेत्रमा सम्पर्क बनाउन सहज थिएन । चिट्ठी लेखेर पठाउनु धेरै समय लाग्ने । यसैले कोही व्यक्ति ती विभिन्न स्थानहरूमा पुगेर त्यहाँका मुख्य मानिससित भेटघाट र बातचित गर्नु पर्ने थियो । तर को जाने? हाम्रो सिक्किम तिर त्यस्तो कार्यमा अनुभवी व्यक्ति कोही नरहेको हामीलाई चेतना भयो । यो एक हाम्रो निम्ति चुनौती बन्यो। सानू लामा एक ग्राम विकास विभागमा सुपरिटेन्डेन्ट ईन्जिनीयर जस्तो गरिमामय र जिम्मेवार ओहदामा थिए र आफ्नो सरकारी छोडेर जान सक्ने स्थितिमा थिएन । म संस्कृति विभागमा उप सचिव थिएँ र राधाकृष्ण शर्मा शिक्षा विभागको भाषा शाखामा उप निर्देशक थिए ।यसैले हामी दुई पनि यस समय कार्यलय छोडेर जाने स्थितिमा थिएनौं । हामी असमञ्जसमा थियौँ ।

यस्तैमा मैले सि के श्रेष्ठलाई सम्झे। उनी त्यस समय गान्तोकमै थिए। केही काल अघिसम्म हिमाली बेला दैनिक पत्रिकाको सम्पादक रहेको थियो । बसीबियाँलो मासिक कार्यक्रम चालू गरेका थिए। एउटा प्रकरणको घरपटि मैले सम्हालेको थिएँ । उनी त्यतिबेला स्वतन्त्र छ भन्ने मलाई जानकारी थियो । अर्को के पनि थियो भने भाषा आन्दोलन र नाट्य क्षेत्रमा उनको निकै ठूलो नाम भएको कारण उनको परिचय व्यापक थियोे । मैले सम्झे हाम्रो यो खबर पुर्याउने कामको लागि सर्वाधिक उत्तम उनी नै हुन सक्छ। उनलाई सम्पर्क गरेर मनाउने जिम्मा ममाथि आइपर्यो। उनलाई भेटेँ र सविस्तार बताएँ। उनलाई भने उहाँको यात्राको खर्च बेहोरिदिनेछौँ। हवाई यात्रा , होटल खर्च तथा अन्यान्य अप्रत्याशित खर्च सबै मिलाइनेछ। यति सुने पछि उनी प्रसन्नता साथ तयार भए ।

यो तयारी पछि फेरि हामी मुख्य मन्त्रीकोमा गएका थियौँ यो यात्राको अनुमति लिनको लागि । केही प्रश्नको खुलासा भए पछि उहाँले अनुमोदन दिनु भयो ।

हामीले श्रेष्ठज्युलाई पश्चिमाञ्चल र पूर्वाञ्चल क्षेत्र दुवै दिशा उनलाई पठायौँ।

आफ्नो भ्रमणको सफलता पछि प्रसन्न भएर फर्केका थिए । उनमा जोश भरिएको थियो । उनी भनिरहेका थिए  सबैजनामा जोश भरेर आउदैछन।धेरैजना आउन इच्छुक छन। भाषा मान्यता अघि बडाउने कुरामा जोड दिदैछन। उनीहरूले योजना बनाइसकेका छन यहाँ आएर के प्रस्ताव राख्ने भनेर । मैले सोधेँ के प्रस्ताव छ तर उनलेे बताउन मानेन।

हामीलाई त्यतिबेला दिइएको दायित्वमा नेपाली भषा सम्मेलन सफलतापूर्वक आयोजन गर्नु मात्र थियोे । यसैले हामी केही संशयमा थियौं ।

सि के श्रेष्ठजीको विवरणलाई लिएर हाम्रो मुख्य मन्त्री समक्ष प्रस्तुति भयो । यो आयोजन बृहत् हुनाले धेरै सहयोगी सामेल गर्नु पर्ने र सरकारी हस्तक्षेपको आवश्यकता देखियो ।

केही दिन पछि एक बृहत् सभा राखियो। समस्त विभागीय प्रमुख , मन्त्रीगण तथा अन्य महत्त्वपूर्ण व्यक्तिहरू लिएर मुख्य मन्त्रीको अध्यक्षता सभा राखियो।

हामीले यो आयोजनको लागि अनुमानित खर्च १ देखि २ लाख सम्मको योजना कोष बनाएका थियौं । विभागीय प्रमुखहरूले त्यसलाई बडाएर १२ लाख पुर्याए र रकन जुटाउने जिम्मेवारी लिए ।

मुख्य मन्त्री नर बहादुर भण्डारीले आदेश दिए अब एक फरक आयोजन समिति बनाउनु पर्छ। त्यो समितिको अध्यक्ष उहाँले स्वयं लिने भयो र महासचिव डी आर नेपाललाई बनाउनु पर्छ भनी भन्नू भयो । सानु लामालाई उपाध्यक्ष र एस आर सुब्बालाई कोषाध्यक्ष । अन्य सदस्य चयन गर्ने दायित्व हामीलाई दिइएको थियो  । विभिन्न उप समितिहरू गठन गरिए र आवास समितिमा मलाई राखियो ।

यो नेपाली भाषा सम्मेलन भए तापनि मूल समिति र उप समितिका  सदस्यहरूमा भाषा र साहित्यप्रति उदासीन रहने निकै बाक्लै सख्यांमा थिए। यसैले समिति सदस्यतामा मेरो दखल नरहे तापनि हस्तक्षेप गर्न आवश्यक ठानियो बिशेष गरि राधाकृष्ण शर्मा र मलाई । यसैले विशेष विशेष सभामा नबोलाइए तापनि हामी दुई जान्थ्यौ। लेखापढी, दस्तावेजी, ड्राफ्टिगं, पत्राचार कार्य सूची बनाउने कामहरूमा हामी दुईको प्रमुख भूमिका हुन्थ्यो । राधाकृष्ण शर्मा संस्कृत पृष्ठभूमिबाट आएको कारण उनको व्याकरण ज्ञान, भाषाको शुद्धीकरणमा राम्रो थियोे । क्यालिग्राफीको क्षमता भएको, सुन्दर हस्तलिपी र राम्रो बोल्न सक्ने हुनाले उनको उपस्थिति महत्त्वपूर्ण हुन्थ्यो । मेरो काम समन्वय मिलाउन , अनुवाद , कार्य सूची तय गर्न जस्ता हुन्थ्यो । यो बृहत् सभा राख्न अघि हामीले एक पूर्व भेटघाट राख्ने सुझाउ राखिएपछि भाषा आन्दोलनका केही प्रमुख व्यक्ति डा कुमार प्रधान, डा गोकुल सिन्हा, इन्द्रबहादुर राई आदि लाई निम्त्याएर सर सल्लाह लिने कार्य भयो। यस पूर्व सभाको पछि कहाँ कहाँबाट प्रतिनिधि बोलाउने निधो भयो । जतिसक्दो भारतभरिका समस्त क्षेत्र बाट प्रतिनिधित्व गराउने निर्णय लिइएको थियो । नेपाली भाषा समर्थनमा आउन सक्ने सबै राष्ट्रिय स्तरका राजनैतिक दलका  प्रतिनिधि एवम सांसदहरूळाई आमन्त्रण गरिने भयो ।

नेपाली भाषा सम्मेलन दुई दिने राखिने भयो र मिति तोकियो 11, 12 जुन 1990। नेपाली भाषा तथा साहित्यको भएको यो आयोजन दोस्रो बृहत्तम आयोजना थियो । यस भन्दा अघि सिक्किममा भानुभक्तको पूर्णाङ्ग शालिग अनावरण गर्दा यस्तै ठूलो कार्यक्रम भएको थियोे ।

दश पन्द्रह दिन जति राधाकृष्ण शर्मा र मेरो निकै खटाइ भएको थियो । जति पनि भाषा, कार्य सूची, दस्तावेज जस्ता विषयहरू थिए ती सबैमा कुनै न कुनै रुपमा हामी दुईको सहभागिता रहन्थ्यो।

त्यो दुई दिवसीय महाअधिवेशन सभाअध्यक्षीय भाषण मुख्य मन्त्री नर बहादुर भण्डारीले दिनु भएको थियोे । त्यो भाषण उहाँको एक उच्च कोटिको मात्र नभएर एक राष्ट्रिय नेताले सफल नेतृत्व क्षमतावान रहेको थियोे । भारतभरिका ती भाषाप्रेमी जनसमूहलाई उत्साह र उमगं मात्र दिन सफल भएको होइन वरण  35 वर्षदेखि चलिआएको भाषा मान्यता आन्दोलन निर्णायक परिणतिमा पुग्न सक्ने विश्वास दिलाउन सकेको थियो त्यो भाषणले।

यस सभामा वक्ताहरूमा राधाकृष्ण शर्मा पनि चुनिएको थियो र उनले पनि वक्तव्य राखेको थियो ।

त्यतिबेला अखिल भारतीय नेपाली भाषा समितिको पनि चर्चा उठ्यो । यो समितिको मुख्यालय दार्जिलिङबाट सारेर देहरादुन पुर्याएको हुनाले भाषा आन्दोलनको अगुवाइमा यसकि भूमिका बारे संशय प्रकट गरियो । पछि सबैले भाषा समितिलाई यथावत राखेर सिक्किमबाट भइरहेको उठान अघि बडाउन उपयुक्त ठानेँ।

यस महाअधिवेशनको लगत्तै पछि ५८ सदस्यीय मसौदा पुनरअवलोकन समिति बस्यो जसमा म पनि एक सदस्य थिएँ । यस समितिले ठकेही प्रस्ताव पारित गरे ती मध्य प्रमुख थिए एक राष्ट्रिय स्तरको सगंठन बनाउने र यस सगंठनको नेतृत्वमा भाषा आन्दोलन अघि बडाउने। यस संस्थाको नाम भारतीय नेपाली राष्ट्रिय परिषद् ( भानेराप) राखियो । अध्यक्ष सर्वसम्मतिले नरबहादुर भण्डारीलाई मनोनित गरियो। महासचिवद्वय सानू लामा र सि के श्रेष्ठ भए । कोषाध्यक्ष एसआर सुब्बालाई राखिए ।

भानेराप सगंठनमा सबै क्षेत्रका प्रतिनिधित्व दिनलाई यसलाई 51 सदस्यीय बनाइयो । यसको कार्यकारिणी समितिमा भने १७ सदस्यमा सीमित राखियो । राधाकृष्ण शर्मा यस समितिमा थिए।51 सदस्यमा म थिएँ तर यो १७ सदस्यीय कार्यपरिषदमा  थिइनँ।

भानेरापको एक कार्यलय स्थापित गरियो जसलाई सिके श्रेष्ठको अधीन राखिएको थियोे । उनले सहयोगीको रुपमा बुद्धिमान प्रधान (बमप) र चन्द्र छेत्री  ल्याए । बमपलाई अगाडि देखि चिन्नेहरूले भन्ने गर्थे भाषा आन्दोलनमा उनको योगदान निकै रहेको र सि के श्रेष्ठ भन्दा अघिदेखि रहेको भन्ने गर्थे। पूर्णकालिक कार्यलय सहयोगी भएको कारण उनीहरूलाई वेतन दिई राखिएको थियोे ।भानेरापको कार्यलय एक निजी भवनमा एक फ्लेट किराया लिई राखिएको थियोे । यसपछि सम्पूर्ण कार्यक्रमको केन्द्र यही कार्यलय बनियो।

 एक पत्रिका निकाल्ने निर्णय लिइयो जसमा भाषा आन्दोलन बारे सबै खबरले प्रकाशन हुने माध्यम हुने भनेछ भनेर । यसका सम्पादक मण्डली राधाकृष्ण शर्मा सामेल भएको थियोे । यसको प्रमुख हर्ताकर्ता सि के श्रेष्ठ नै थिए ।

भानेराप गठन भए पश्चात् यसको पहिलो आम सभा १ -२ जुलाई १९९० मा गान्तोकको विधायक आवास गृहमा भयो । यही सभामा भानेरापको मुखपत्र आधार प्रकाशित गर्ने निर्णय लिइएको हो।

भानेरापको दोस्रो महासभा डुवर्सको कालचिनीमा ७ फरवरी १९९१ मा आयोजन गर्ने निर्णय लिइएको थियोे । त्यतिबेला दार्जिलिङमा सुवास घिसिङले नेपाली होइन गोर्खा भाषा हुनुपर्छ भन्ने जोड गरिरहेका थिए । यसले भाषा संग्रामीहरूमा असमञ्जस र संशय बनाइरहेका थिए। कालचिनी दार्जिलिङ जिल्ला भित्र नपर्ने र हिल काउन्सिल अधीन नरहे तापनि घिसिङ समर्थक त्यहाँ रहेका हुनाले नेपाली भाषा मान्यता आन्दोलनको निम्ति सभा गर्न सकिन्छ वा सकिन्न भन्ने संदेह बनेको थियोे । मुख्य मन्त्री नर बहादुर भण्डारीकोमा विश्वस्त सूत्रबाट सूचना आएको रहेछ कालचिनीमा यो सभा हुन नदिने, बागपुल वा बाग्राकोटबाट अघि बडन नदिने। यसैले एक आकस्मिक सभा बोलाइयो मुख्य मन्त्रीको सरकारी निवास मिन्तोग्याङ्गमा। अध्यक्ष नरबहादुर भण्डारीले बताए यो धम्कीको बारे । सिक्किममा मुख्य मन्त्रीको अघि स्पष्ट बोल्न सबै हिच्किचाउँछन ओहदाको सम्मान र प्रोटोकललाई ध्यानमा राखेर। सबै मौन रहे सभामा ।एकप्रकारको सन्नाटा बन्यो परिवेश । त्यस समय मैले चिनेका डुवर्सका मित्रहरूलाई सम्झेँ । यो क्षेत्र दार्जिलिङ भन्दा फरक छ भन्ने मेरो धारणा थियो । भाषालाई उत्तिकै माया गर्ने र जातीत्वप्रति सचेत छन भन्ने विश्वास लाग्थ्यो । यही आस्थामा मैले त्यो मौनतालाई भगं गर्दै भने सर यसप्रकारका विरोध गर्ने अल्पसंख्यामा होला तर बहुसंख्यक डुवर्सवासी नेपाली भाषाको पक्षमा आउनेछ । मलाई लाग्छ त्यही बहुसंख्यक हाम्रो सुरक्षा कवच बन्नेछ । त्यहाँ भएका अन्यले पनि मेरो विचारमा समर्थन जनाए र यसप्रकार डुवर्सको सभा यथावत रह्यो । यो महासभा राम्ररी सञ्चालन भएको थियोे ।

यस सभामा पारित प्रस्ताव र सभाको प्रतिवेदन आधार पत्रिकामा छापिएको रहेछ। पहिला मैले पढेको थिइनँ । यसपालि यो लेख्न पृष्ठहरू पल्टाएर हेरेँ। यहाँ उक्त सभाको प्रतिवेदन भनिएतापनि यसमा विभिन्न सदस्यहरूका मन्तव्य र त्यो सभामा सदस्यहरूको चिन्ता व्याकुलता परिलक्षित भएको छैन रहेछ। बहसको प्रसङ्ग राखिएन रहेछ बरु भावनात्मक काल्पनिक विषयलाई प्राथमिकता दिइएछ जुन त्यस सभाको चरित्र थिएन । हुनसक्छ प्रतिवेदन लेख्नेलाई ती महत्त्वपूर्ण लागेन वा भाषा आन्दोलनमा प्रेरणादायी लेखनमात्र रहन पर्छ भन्ने भावना रह्यो । तर यसो गर्दा त्यहाँको इतिहास मेटियो र भाषा आन्दोलन माथि अनुसन्धान गर्ने शोधकर्ता र भाषा आन्दोलनको इतिहास लेख्ने इतिहासकारको निम्ति घटना र मानसिकताको प्रवाह ओझेलिने भयो ।

भानेरापको तेस्रो महासभा कलकत्तामा ८ फरवरी १९९२मा भएको थियोे । सभास्थल थियो रामकृष्ण मिशन इन्सटिट्युट अफ कल्चर । यसमा पनि राधाकृष्ण शर्मा र मैले उपस्थिति जनाएका थियौँ ।

भाषाको यो अभियानमा मेरो सरकारी जिम्मेवारीले पनि बाधा लगायो। अप्रिल १९९० मा गोवामा जानू पर्ने भयो । भारत सरकारको संस्कृति मन्त्रालय मातहत रहेका भाषा र साहित्यका निम्ति  साहित्य अकादमी, सगींत र नाटकको निम्ति  सगींत नाटक अकादमी र चित्रकला र मूर्ति कलाको निम्ति  ललित कला अकादमी स्थापित छन जसको मुख्य कार्यालय रवीन्द्र भवनमा छ। यही सगींत नाटक अकादमीको वार्षिक सभा थियो । सिक्किम सरकारको नीति अनुसार उप सचिव सम्मका अधिकारीहरू हवाई यात्रा गर्न परे विशेष अनुमति लिनु पर्थ्यो। हामीले पनि आवेदन गर्यौ । यो जानकारी थियो धेरै हाम्रा स्तरका अधिकारीहरू हवाई यात्रा नै गर्छन भनेर । यद्यपि हाम्रो प्रतिवेदन अस्विकार भयो यसैले रेल यात्रा गर्न वाध्य भयौं । एनजेपी बाट जाने रेलहरूमा दादर एक्र्सप्रेस उपयुक्त थियोे । त्यो हप्तामा एकदिन चल्थ्यो। हामीले त्यसैको टिकट काट्यौ। यो रेलले केही ढिलो गरेर ५६ घण्टामा बम्बई पुर्यायो। दादर स्टेशनको भीड देखेर एकछिन त अत्तालिएँ भीडले ठेलेर कहाँ पुर्याइदेला भनी। साथी पनि थियो छुट्टिन्छ होला भनेर । हाम्रोमा मोबाइल फोन थिएन र चल्तीमा  पनि थिएन । कसो कसो निस्केर बाहिर ट्याक्सी स्ट्याण्डमा आइपुग्यौँ। साथी पहिला पनि बम्बई आएको रहेछ म भने पहिलो पल्ट पुगेको ।  उसैले गेट वे झफ इण्डिया तिर ट्याक्सीलाई जाने निर्देश दिए। ताज होटेललाई हेर्दै साथीले भने एकदिन म सपरिवार यो होटलमा बस्न आउनेछु। मैले भने यो त मेरो निम्ति सपना मात्र हो। ताज होटलको केही पर गएर ट्याक्सीलाई रोक्न लगाए । त्यहाँ धेरै होटलहरू रहेछन कम मूल्यमा पाइने। हामी त्यही एउटा होटलमा बस्यौं । त्यो दिन गोवा जान सक्ने सम्भव भएन। बेलुका घुम्न निस्क्यौँ।

बम्बईबाट स्टिमरमा गोवा जान सकिने सुनेको थिएँ । मैले साथीलाई भने स्टिमरमै जाउँ भनेर । अर्को दिन चाडैं होटलबाट निस्केर ट्याक्सी लिएर भावका धक्कामा गयौं । स्टिमरमा केबीन र डेक गरेर भिन्दा भिन्दै दर तोकिएको रहेछ। त्यहाँ भएका केही युवा यात्रीहरूले हामीलाई भने केबिनमा गरम हुन्छ डेकमा गएको राम्रो भनेर । डेकमा जाने निर्णय लियौँ आखिर एक रातको कुरा त हो। हुनत यात्रा २४ घण्टाको थियोे । बिहान ९.३० तिर चडेको अर्को बिहान ९ बजे पुगेका थियौँ । स्टिमर पश्चिमी घाटका किनार किनार भएर समुद्री यात्रा हुदोरहेछ । यो अराबीयन समुद्रमा पर्दछ। यात्रामा डोल्फिन र कहीँ कहीँ अन्य प्रजातिका माछाहरू पानीमा देखिँदो रहेछ। स्टिमरमा यात्रीहरूको मनोरञ्जनको निम्ति व्यवस्था गरिएको थियोे । खाना आफैंले किनेर खानु पर्ने । पकवान मिठा मिठा थिए। पानीमा हेरिरहे वा समुद्री यात्रामा बिमारी होइन्छ भन्ने सुनिएको थियो तर मलाई त्यस्तो केही भएन। समुद्रमा एकोहोरो हेरिरहँदा केही रिङ्गटा भने चलेको थियो। समुद्री हावा बहेको कारण गरम पनि भएन। राती डेकमा आरामले सुतियो।

गोवा पुगेर थाहा पायौं स्टिमरमा हामी मात्र होइन यो कार्यक्रममा आइरहेका मन्त्रालय र अन्य राज्यका प्रतिनिधि पनि रहेछन।

गोवामा हाम्रो निम्ति ठिकैको होटलमा आवास बन्दोबस्त रहेछ। हामीसित अन्य राज्यका प्रतिनिधि यही होटलमा थिए।

त्यो दिन बिहानै पुगेको हुनाले मैले साथीलाई एउटा कुनै समुद्री किनारमा जाउँ भने । ट्याक्सीले कालाङ्गुट ठिक छ भन्यो त्यही गयौं । साझँ पर्न लागेको थियो र घाम रातो भएर सुदुर क्षितिजमा समुद्रको एक छेउ डुब्दै गरेको देखिन्थ्यो । हामी एउटा पसल जस्तो झोपडीमा गयौं । त्यहाँ बस्नलाई टेबल चौकी राखिएका थिए। त्यहाँ बस्यौँ। साथीले बियर खानेरे। दुई बोतल मगायौँ। ठुला ठूला साउण्ड बक्सहरूबाट मीठा मीठा अङ्ग्रेजी कन्ट्री सङ्गस बजिरहेको थियोे । परिवेश साच्चिकै रमनीय लाग्यो। गोवाको आकर्षण यही हो जसले गर्दा लाखौं देशी विदेशी पर्यटकहरू यहाँ आउछन्।

दुई दिनको सभा समापन पछि बेलुका बिहारको एक अधिकारीले अन्जना बीच जाउँ भन्यो। कसैले भारतीयहरूलाई पाबन्दी छ भने कसैले होइन आजकल खुला छ भने । बिहारको साथीले कर गरे पछि चान्स लिने भयौँ।

बीच त त्यस्तो फरक लागेन। तर त्यहाँ धेरै गोरा पर्यटकहरू देखियो पुरुष महिला सबै । निकै गोरा महिलाहरू टपलेस थिए ।

हामीलाई एक गोराले गाली गरे। मैले उसलाई भने यो पब्लिक प्लेस हो र यहाँ सबैलाई आउन जान छुट छ। उ चुप लाग्यो।

चौथो दिन गोवाबाट हामी फर्किने भएका थियौँ । हामीसित रिटर्न टिकट थिएन । त्यहाँबाट दिल्ली वा कलकत्ता आउने रेल छैन रहेछ जताबाट गए पनि रेल बदली गर्नुपर्ने। म बेङ्गलोर गएको थिइनँ यसैले बसमा बेङ्गलोर जाने सोच्यौँ। बसको टिकट काटेर चड्यौँ। रात्री सेवा रहेछ। बाटो पहाडी क्षेत्रमा झै उकालो ओह्रालो रहेछ। फराकिलो पनि थिएन । डर डर लाग्यो । निदाएछु कतिबेला बेङ्गलोर प्रवेश गर्यो थाहै भएन। बस स्टेण्डबाट निस्केर होटल खोजेर सुटकेश राख्यौं र भोलिपल्ट दिल्ली जानलाई ट्रेन टिकट एजेन्ट खोजियो। एसी टु टायर को टिकट पाएर खुशी भइयो ।

गोवा यात्रामा मेरो दुई हप्ता समय बित्यो । भाषा सम्मेलनको काम निकै अघि बडिसकेको रहेछ।

जुलाई महीनामा मलाई फेरि अर्को लामो भ्रमणमा जानू पर्ने आदेश आयो । तर यो एक विदेश भ्रमण थियोे । एक साँस्कृतिक टोली लिएर जानू पर्ने । यो भारत सरकारको विदेश मन्त्रालय अधीन सँस्था आइसीसीआरले आयोजना गरेको कार्यक्रम थियोे। पासपोर्ट भीजा तथा अन्य कार्यको निम्ति दस दिन अगाडि सिक्किमबाट हिडनु पर्यो। दिल्लीमा निकै समय लाग्यो कागज पत्र बनाउनु। निकै अडचन पनि आए। दलका केही सदस्यहरूले गलत सूचना दिएको कारण काममा ढिल्याइ भयो । मलाई निकै तनाव भयो । आखिरमा हामी ३१ जुलाई १९९० मा जोर्डन एयरलाइन्समा चडेर जोर्डनको राजधानी अम्मान शहरको क्विन एलिया अन्तर्राष्ट्रिय हवाई अड्डामा पुग्न सफल भयौं । जोर्डनको अम्मान शहरमा हाम्रो बसाइ दशदिन रह्यो। (यसको मैले एक छुट्टै लेख लेखेको हुनाले यहाँ विस्तारसित लेखिएन) । जोर्डन देखि हामी ट्युनिसिया गयौँ। यो हवाई यात्रा ट्युनिस एयरबाट भएको थियो । हवाई मार्ग घुमाउरो थियो । जोर्डनबाट उभो भूमध्यसागर पार गरेर ग्रीसतिर बडदो रहेछ। त्यसपछि किनार किनार भएर सिसिली र माल्टा देखिँदो रहेछ। क्यापटनले हामीलाई जानकारी दिइरहेका थिए र हामी झ्यालबाट तल हेरथ्येौँ। माल्टा पछि यो भूमध्यसागर पार गरी ट्युनिसियको राजधानी ट्युनिसमा पुगेका थियौँ । ट्युनिसियाका विभिन्न शहरहरु घुमेर यहाँबाट हामी साइप्रस पुगेका थियौँ ।(ट्युनिसियाको भ्रमणको एक छुट्टै लेख छ) साइप्रस पुग्न अघि हामी एकदिन ग्रीसको राजधानी एथेन्समा बसाइ भयो।एथेन्सबाट हामी साइप्रस पुग्यौं । साइप्रसमा हाम्रो बसाइ लिमाजोल शहरमा भएको थियो । साइप्रस देश दुई टुक्रामा रहेछ। ग्रिक साइप्रस र टर्किस साइप्रस। ग्रिक साइप्रसमा ग्रिक मूलका मानिसहरू छन भने टर्किस साइप्रसमा टर्किस मूलका। यी दुई देश बीच शान्ति कायम राख्न संयुक्त राष्ट्र सघंको सेना तैनाथ रहेछ सीमानामा। लिमाजोल शहर ग्रिक साइप्रस हो। यो शहर साइप्रसको प्रमुख पर्यटकीय र वाणिज्य केन्द्र रहेछ। हाम्रो होटल शहरको मुख्य केन्द्रमा रहेछ। यसको किनारमा भूमध्यसागर छ। समुद्र त्यति टाढो थिएन हिडेर पुग्न सकिने। शहर घुम्न निस्कँदा त्यहाँ मैले अनेक एशियाली मूलका पुरुष र नारीहरु देखेँ। मैले सोध्दा मलाई बताइयो उनीहरू अधिकतर फिलिपिनो र थाईहरु हुन रे यहाँ काम गर्न आएका। रेस्टरेन्ट, होटल तिर केबेरे डान्स र बार गर्ल उनीहरू नै हुन्छन् रे। हामी बसेका होटलमा भने ती सब व्यवस्था थिएन । एक सामान्य स्तरको थियो। लिमसजोल शहरमा मलाई एउटा कुराले आकरशीत गर्यो त्यो थियो प्रत्येक घरमा ठूलाठूला सोलर पेनल छानामा र घरको आँगनमा अइ्गुरको बोट लटरम्मै फलिरहेको। साइप्रसमा दिन हाम्रोतिर भन्दा निकै लामो, सूर्य किरण धेरै पाउने जस्ता कारणले सोलर पेनल पूरा चार्ज हुनसक्छ। यसले पानी तताउन अन्य विजुली संयन्त्र प्रयोग गर्नु परेन र बिजुलीको खपत कम हुने भयो।

हाम्रो सम्पर्क व्यक्ति एक युवती थिई। उनी भारत आएकी रहिछ। मुम्बई बसेको दुई साल भारतीय साहित्य अध्ययनको निम्ति। विदेशीहरुको निम्ति विशेष कोर्स हुँदो रहेछ त्यसैमा आएकी। उनले स्नातकोत्तर अध्ययन चाहिँ पेरिसमा गरेकी रे। सिकुटी अग्ली गोरी थिइ ऊ। भारत र भारतीय भनेपछि नाक खुम्च्याउने भएकी रहिछन् । भारत रहँदा उनले शारीरिक मानसिक अकादमीय सबै प्रकारको हेपाहा सहनु पर्यो रे। अन्त्यमा कोर्टमा गएर नालिस पनि गरि रे आफ्नो दुतावासमा निवेदन चडाउनु पर्यो रे। उनले मलाई भनेकी थिइ भारतमा यातायात होस वा कुनै अन्य कुरा कुनै पनि राम्रो सुविधा छैन तर बाहिर गएर ठूलो कुरा हाँक्छ। उनीहरू सभ्य रे विशाल देश रे ठूलो प्रजातन्त्र रे। तर तपाईं भन्नोस् भारतको प्रजातन्त्र प्रजातन्त्र हो? मैले जोगिएर उसित भारतको विषयमा एउटा कुरा गरिनँ साहित्य कला सगीँतको बारे अधिक विचार विचार राखेँ। उ साहित्य अध्ययन गरेकी हुनाले मलाई सहज पनि भयो । जुनै ठाउँमा होस जताभावि जोसुकैसित साहित्यको कुरा गर्नु अनाहक मात्र नभएर हास्यास्पद हुन्छ। आम मानिसलाई साहित्यसित केही सरोकार हुँदैन । उसको नाम डायना लेख्दो रहेछ भन्नु चाहिँ देना। उसले मलाई भारतमा देना ब्याकं छ हैन हो त्यही देना मेरो नाम भनेकी थिई। ऊ तर त्यतिबेलासम्म बेरोजगार थिई।

साइप्रसको विभाजनलाई उसले मलाई बताई उनीहरू सबै दुखी छन्। पहिला साइप्रस एक थियो। मुस्लिम ख्रिष्टियन सबै मिलेर बसेका थिए । हाम्रो धेरै ऐतिहासिक स्थलहरु त्यहाँ छन र अहिले आफ्नै ठाउँमा जान वर्जित छौँ । मलाई आशा छ कुनै एकदिन फेरि एक हुनेछ साइप्रस।

उसले मलाई उसको एक पुरुष मित्रसित चिनाजाना गरायो। ऊ डेनमार्कमा पढदै रहेछ र हाल छुट्टीमा घर आएको रहेछ । होचो कदको तर गठिलो शरीर भएको युवक थियो। उसको नाम लाइकिस । शारीरिक बनावट र अनुहार माराडोनासगँ मिल्ने। मैले जिस्काएर साइप्रसको माराडोना भनेँ। उसले हासेर भने म साच्चैनै फूटबल खेल्छु आफ्नो युनिभर्सिटीको निम्ति । उसले बेलुका हामीलाई सी बीच जाउँ भन्यो। बीचमा हजारौंको संख्यामा युवा युवतीहरु थिए । ठूलाठूला म्युजिक सिस्टम लगाएका र अङ्ग्रेजी पप सगींत बजिरहेको गाइरहेको थियो। समुद्रमा डुबुल्की लगाउने बीचमा त्यसै लडिरहेका , कोही नाचिरहेका कोही बियर पिरहेका यस्तै दृश्य थियो। लाइकिसले भन्यो यी युवाहरू प्राय दक्षिण अमेरिका र उत्तरी युरोपका हुन्छन् । यिनीहरु यहाँ यति धेरै आउछन किनकि उनीहरूले सस्तोमा भरपुर मनोरञ्जन गर्न पाउँछन्।

साइप्रसको राजधानी निकोसियामा भारतीय दुतावास रहेछ। मैले इच्छा जाहेर गरेको थिएँ त्यहाँ जानलाई। तर दुतावासको अधिकारी र देना दुवैले भने निकोसिया राजधानी मात्र हो त्यहाँ केही खास छैन। शहर पनि लिमाजोल भन्दा सानो हो। ऐतिहासिक महत्त्व पनि केही छैन । यसैले मैले नै निर्णय लिएँ नजाने । उनीहरूले भने बरु पाफोस जानू सुन्दर ठाउँ छ भनी।

दुतावासबाट सहायताको निम्ति एक अधिकारी आएकी थिई। उ सबोर्डिनेट सर्भिसबाट नियुक्ति लिएकी हुनाले एसिस्टेन्ट ग्रेडकी रहिछ। काली काली मोटी फर्स्याइली थिई। हरदर भारतीय महिलाको परिभाषा भित्र पर्ने खाल्की। साधारण कद। मदपान मज्जाले गर्दिरहिछ।

देनाकी दिदी पनि रहेछ उसले परिचय गराइदिई मसित। देना भन्दा धेरै राम्री, गोरी, भद्र क्लासको देखिने। ऊ लिमाजोल म्युनिसिपलको अधिकारी रहिछ। क्याम्ब्रीज विश्वविद्यालय पढेकी । देनाको पुरानो सानो गाडी थियो भने उसकी दिदी मर्सिडिजमा रहेछ। देनाको दिदीले मलाई एक अर्क्रेष्ट्रामा लगी। झण्डै एक घण्टाको त्यो संगीत समारोहमा मोजार्टको सिम्फोनी सुनियो । त्यो संगीतको अनुभव भुल्नै नसक्ने हुँदो रहेछ । लट्टिएको जस्तो सम्मोहित भए जस्तो संगीत् सुन्न थालेपछी अरु केही सम्झना नआउँने। श्रोताहरुको आचरण पनि हाम्रो यतातिर जस्तो होइन । श्रोता पक्षबाट छिटिक आवाज चालचुल छैन ।तर संगीत रोकिए पछि तालीको गडगडाहट लामो समयसम्म।

एक आर्ट एक्झिबिसन जाउँ भनी र त्यहाँ पनि गयौं । त्यही समय लिमाजोल शहरमा अन्तर्राष्ट्रिय वाइन फेस्टिभल पनि भइरहेको रहेछ। मलाई जाने इच्छा थियो तर केही चाँजो मिलाउन नसकिएकोले त्यहाँ जान सकिएन। तर मलाई बताइयो साइप्रस वाइनको लागि प्रसिद्ध छ र धेरै वाइन निकासी हुन्छ विदेशमा। हुनपनि अङ्गुरको खेती जहितहि देखिन्छ र अङ्गुरबाट नै बन्ने हो उत्तम वाइन। चाख्नु चाहिँ पाइयो निकै थरीका वाइनहरु।

घुम्दै गर्दा एक हुल अग्ला अग्ला गोरा युवकहरुको खेलकुदको वेशमा देख्यौं । उनीहरू बास्केटबल खेलाडीहरु रहेछन। त्यहाँ टुर्नामेन्ट हुदै रहेछ बास्केटबलको। शहरका सबै वासिन्दाहरु उत्साहित हुँदोरहेछ। सबैले हेर्नैपर्ने जस्तो गर्दोरहेछ। मैले सम्झेँ हाम्रोतिर ग्राउन्ड खाली हुन्छ म्याच हुदाँ। नभए पनि थोरै हुन्छ दर्शकहरू ।

साइप्रसमा रोमन साम्राज्य कालको अक्वाडक, भग्नावशेष एवम अन्य त्यस्तो चिन्हहरु रहेछन र तिनीहरुलाई धरोहरको रुपमा सुरक्षित राखेका रहेछन।

यो शहर एक पर्यटकीय शहर भएको र धेरै पर्यटकहरू यहाँ आउने गर्दोरहेछ। पर्यटकहरू आउन थाले पछि यसको राम्रो नराम्रो दुवै परिणामहरु देखिन्छन् । शहरमा भीड , नचाहेको मानिसहरुको आगमन, कलुषित वातावरण आदि । 90 को दशकमा एड्सको भयानक सक्रंमणले विश्व त्रसित थियो। धेरै देशहरुलाई यसले आक्रान्त बनाएको थियो। साइप्रसलाई यसले जकडमा लिएको रहेछ। चौकमा खुला सडकमा महलहरुमा विज्ञापन लगाएको रहेछ एड्सदेखि सावधान भन्ने पोस्टरहरु। ती विशाल पोस्टरहरुले प्रत्येक यात्रीलाई खबरदारी गरेको देखिन्थ्यो । मलाई त्यो देखेर एकतमासको भय सृजना भएको थियो । कुनै नारीसित बोल्नु समेत हुदैन भने झैँ हुन्थ्यो । हुनत एडस नारी वा पुरुष दुवैलाई हुन्छ । तर मेरो पुरुष मानसिकता त्यही कमजोरीपनको शिकार भएको हो। एडस छुँदैमा बोल्दैमा सँगै हिँडदैमा लाग्ने पनि होइन । यो त रगत संक्रंमणको कुरा हो एडसपिडीतसित असुरक्षित यौन सम्पर्क गरेमा हुने हो। हामीलाई यो ज्ञान हुँदाहुँदै पनि यसप्रकारको भ्रामक सोँचाईको सिकार हुन्छौं । धार्मिक अन्धविश्वास पनि यही प्रकारको मानसिक विकार हो।

एउटा कुरा मलाई अनौठो लाग्यो सिक्किम सानो छ र जनसंख्या पनि थोरै तर स्कुल र कलेज थिए सरकारी र निजी दुवै प्रकारका । साइप्रसमा 1990 मा कलेज थिएन। माध्यमिक स्तरसम्मका मात्र पाठशालाहरु थिए । उच्च शिक्षाको निम्ति उनीहरू ग्रीसमा जान्छन रे। प्रवेश सहज भएको बताए । आफ्नो आर्थिक स्थिति र छनौट अनुरुप उनीहरू युरोपका अन्य नामी विश्वविद्यालय जाँदो रहेछ। अशिक्षित कोही पनि छैन ।

साइप्रस छोडन अघि देनाकी दिदीले भोज कार्यक्रम राखी। त्यसमा लिमाजोल शहरको मेयरलाई पनि निम्त्याइएको रहेछ। मोटो अधेढ उमेरको, घिच्र गर्दन छोटो भएको बोल्दा टाउको पछाडी पारेर बोल्ने ठूलो स्वर भएको । कुरै कुरामा मैले भनेँ तपाईंको शहर अति सुन्दर रहेछ यसैले धेरै पर्यटकहरु आउँदो रहेछ। केही अनुहार झिँञ्झट मानेको जस्तो गरेर मलाई भने बेसी पर्यटकहरु युवा छन उनीहरूकोमा धेर पैसा हुँदैन । कोही बेला नराम्रो घटना घटिहाल्छ दुर्व्यवहार गर्छन। हामीलाई न्याय व्यवस्था कायम राख्न समस्या पार्छ। हो, यो पर्यटन व्यवसायको जोखिम हो। हामी छुट्ने बेला उनले फेरि साइप्रस आउने सुझाव दिए।

हामी साइप्रसमा बसेकै बेला अमेरिकाले इराकमा हवाई हमला गर्यो। साइप्रस पनि अमेरिकाको एक सैनिक केन्द्र रहेछ। देनाले मलाई बताएकी थिई मौका परे स्टिल्थ फाइटर प्लेन देख्न पाइन्छ । तर हामीलाई यो मौका जुरेन। हुनत साइप्रसमा युद्ध भएको होइन तर मानिसहरु त्रस्त थिए । हामीले सैन्य लडाकु जहाज भने देख्न पाएका थियौँ ।

युद्धको यही भयावह कालमा हामी त्यहाँबाट लण्डनको लागि प्रस्थान भयौं । हाम्रो कार्यक्रम अनुसार लण्डनमा एकदिन बस्नु थियो।

लण्डनमा हामी हिथ्रो एयरपोर्टमा उत्रेका थियौँ । त्यहाँबाट बसमा चडेर लण्डन शहर प्रवेश गर्यौ । एउटा होटलमा लगिएको थियो। तर केही समन्वयको गडबडीले होटलले बुकिङ छैन भन्यो । लण्डनमा हाम्रो हरचाहको निम्ति दुतावासबाट पनि कोही आएन। अरकच्च परियो। अब कसो गर्ने ? हुनत अर्को दिन हामी कानाडा जानू थियो। धेरै फोन गरियो केही सीप चलेन। आखिरमा एयरपोर्टमा रात बिताउने भयो। बसले लण्डन शहरको एक चक्कर लगायो केही प्रमुख ठाउँहरु बसबाटै बताइए। साझँपख ग्याटविप एयरपोर्टमा ल्याएर छोड्यो बसले ।

ग्याटविप एयरपोर्टको लाउन्जमा हामी आफ्नो सरसमान राखेर बस्यौं । भोक लागेको थियो केही खानेकुरा किनेर खायौं । त्यहाँ हामी जस्तै अन्य यात्रीहरु पनि धेरै थिए।

एउटा टेबलको वरिपरि केही गोरा युवा युवतीहरु बसिरहेका थिए। तर उनीहरूको बस्ने ढंग भने हाम्रोतिर हो भने आपत्तिजनक हुने थियो। मेरो एक मित्र जो सिक्किमकै हुन तिनीहरूलाई देखेर भन्न थाले " गतिछाडाहरु! शरम पचेकाहरु! जगंलीहरु ! कुकुरहरु!" साथीको आँखा पनि रातो भइसकेको थियो यसो भन्दा। ती गोराहरुले हाम्रो कुरा बुझेको भए हाम्रो के हाल हुन्थ्यो मैले चाहिँ त्यतातिर सम्झन थालेछु। हामी भारतीय भन्दा धेरै उन्मुक्त समाजमा उनीहरू बाँच्दछ। हाम्रो समाजमा सामाजिक छेकाबार धेरै हुन्छन्। हाम्रो सामाजिक बन्धनको कारण हामी ती धेरै कुरा गर्न र सोच्नँ डराउँछौ। यसले गर्दा हाम्रो सृजनशीलतामा ह्रास आउँछ। सायद यही एउटा ठूलो कारण हो जसले गर्दा युरोप यति अधिक सभ्यता र सम्पन्नता प्राप्त गर्न सक्यो जो भारत जस्तो प्राचीन देशले गर्न सकेन।

मैले त्यहाँ बृद्ध बृद्धाहरु पनि आफ्नो उडान पर्खिरहेका देखेँ। ती मध्ये एक परिवार रिसाहा देखिन्थे र गनगन गरिरहेको थियो। हाम्रोतिर पनि बुढापाकाहरु यसरी नै असन्तुष्टि व्यक्त गरिरहेको युवा पुस्तालाई बेकाम्मे बिगरल भनिरहेको धेरै देखेकै हुँ। सम्झेँ मान्छे जहाँको भए पनि जस्तै रगंको भए पनि एउटै हुन्छ स्वभाव । हाँस उठिरहेको थियो त्यो कुरा सम्झँदा ।

एउटा संगीत पसलमा गएँ। केसेटहरु थुप्रै थिए । सिडि पनि थिए । मलाई आश्चर्य के मा लाग्यो भने सिडि भन्दा केसेट महगों हुँदो रहेछ। निकै नै महगों। यता हामी सिलिगुडीतिर नकली सिडी सस्तोमा किन्ने बानी ! अनौठो लाग्दो रहेछ। तैपनि एउटा किनेँ 10पाउण्ड तिरेर । जीवनमा सबैभन्दा महगों केसेट किनेको त्यही हो। पसलमा भएको अर्को गेजेटले मलाई आकर्षित गराएको थियो त्यो हो अनुवादक यन्त्र । तर त्यो युरोपीय भाषाको निम्ति मात्र रहेछ: ईगंलीस, फ्रेन्च , स्पेनिस, जर्मन, डच आदि । मलाई उपयोगी लागेन। अहिले त मोबाइल फोनमा गुगलले त्यो काम गरिहाल्छ। सादा टि सर्टमा आफ्नो नाम, आफ्नो फोटो केही पनि छाप्न सक्ने सुविधा रहेछ। तर केही महगों 25 पाउण्ड।

एक रात हाम्रो एयरपोर्ट लाउन्जमै बित्यो । कोही सोफामा सुते कोही भुईमै लडे कोही चौकीमा । त्यसैपनि हामी कम समय मात्र सुत्न पाएका थियौँ । रातभरि नै भीडभाड, मानिसहरुको सल्याङमल्याङ। कोही रातभरि बियर पिरहेका, मातेर आँखा रातो रातो पारी यतसउति हिडिरहेका । व्यस्त एयरपोर्ट । क्षण क्षणमा हवाई जहाजको अवतरण र उडान । मैले याद गरेको थिएँ नौ दस बजेतिर मात्र घाम डुबेर अन्धकार भएको। मेरो निम्ति नयाँ अनुभव।

अर्को बिहान नौ बजेतिर हाम्रो उडान थियो टोरोन्टो, कनाडा जाने। कनाडा जाँदा मनमा चिसो भएर डर त्यतिबेला लाग्यो जब 1985 को उडान दुर्घटनाको सम्झना भयो । यो एयर इण्डियको फ्लाइट बमद्वारा उडाइएको थियो। हुनत हामी चढेको हावाजहाज एयर कानाडको थियो । कनाडा एयर सम्झेर मन सम्झाएँ।

अटलान्टिक महासागर पार गर्ने बित्तिकै हाम्रो हवाई जहाजले आफ्नो उचाई कम गरिरहेको थियो । चारैतिर हरियाली र नाङ्गो जमिन कहीँ नदेखिने । मैले भारतमा हवाई यात्रा गरेको सम्झना गरेँ। भारतमा जगंल लगभग कहीँ देखिँदैन । त्यो हरियाली देख्दा मनै रमाएर आयो। ठीकै छ हामीले हाम्रो बनजगंल सुरक्षित राख्न सकेनौं तर कनाडाले सुरक्षा दिएको छ। हरियालीको दृश्य सक्दा नसक्दा शहरहरु देखिन थालेको थियो । हाम्रो हावाजहाज सहजसाथ टोरोन्टोको हवाई अड्डामा उत्रिए । केही यता उताका टोरोन्टोमा रोकिने कुरा हुँदैनथ्यो तर फेरि हामीलाई भनियो हामी यहाँबाट अटवा जादैँछौ भनेर । अर्को टेक्सी हवाई जहाजमा जानू पर्छ भनियो। अनेरिका कनाडातिर छोटो घरेलु विमान सेवा रहेछ र यसप्रकारको विमानमा यात्रा गर्न अग्रिम टिकट का्ट्नु पर्ने चेकइन टाइम एक घण्टा वा दुई घण्टा जस्ता कुनै नियम नहुदो रहेछ। जतिबेला मन पर्यो गयो टिकट लियो समय अनुसार र चड्यो विमान । अन्य विमानमा झैँ तर चिया चमेना केहीको व्यवस्था नहुँदो रहेछ। पानी पनि माँगेर मात्र पाउने। टोरन्टोबाट आधा घण्टामा हामी अटवा पुगेका थियौँ ।

अटवामा हाम्रो बाँस कुनै होटलमा नभएर निजी घरहरूमा गरिएको रहेछ। म एक दक्षिण भारतीय परिवारकोमा परेको थिएँ । हामीलाई एयरपोर्टमै लिन आएर छुट्याएर लगेका थिए ।

 उसले आफ्नो परिचय दिँदा नाम चान बतायो। मलाई लाग्यो हेर्दा त उनी जापानी चिनिया जस्ता छैन फेरि नाम कसरी त्यस्तो ? पछि मलाई उनले बताए उसको पूरा नाम  चन्द्रमौली थियो।तर यहाँ बोलाउने नाम छोटो र यताको अनुसार हुनुपर्छ । यसैले चन्द्रमौलीको छोटकरी चान। उनी मूलत तमील थिए भारतको तमिलनाडु राज्यको । 17 वर्षको उमेरमा कनाडा छिरेको । यतै पढे र काम गर्न लागे। यतैको नागरिकता लिए।

यो परिवारमा दुई जना मात्र रहेछ उनी र उनकी श्रीमती। श्रीमती पनि तामिल नै रहिछ। छोराछोरी थिएन । चन्द्रमौलीले भने हामी एक सचेत विश्व नागरिकको रुपमा विचार गर्नु पर्छ। हामीले आफ्नो जीवन र भविष्यमा आउने ती बालबच्चा सबैको निम्ति सोच्नु पर्छ। जनसंख्या वृद्धि गर्ने काम राम्रो होइन ।

उनले मलाई एक चाखलाग्दो विषय सुनायो। ऊ धेरै वर्ष कनाडामा बसेपछि आफ्नो पुर्ख्यौली घर परिवारलाई भेट्न भारत गए। घर पुगे । आमा थियो । विडम्बना के भयो भने उसले आफ्नो मातृभाषा पुरै बिर्से। तमिल भाषा नबुझ्ने भए । उसको आमाले चाहिँ तमिल बाहेक अरु कुनै भाषा बोल्न नसक्ने । उसले आफ्नै आमासित बातमार्न दोभाषे राख्नु पर्यो। उसकी आमा खुब रोई रे। पछि यही कारण विहे एक तमिलनाडुकै तमिलियन महिलासित गरे। उनकी पत्नी चेन्नाई शहरमा हुर्केकी बडेकी रहिछ। त्यही मद्रास विश्वविद्यालयबाट अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर गरेकी रहिछ।

चानले हामीलाई उसको वासस्थानमा पुर्यायो। यो ठूलो घर थिएन । यो क्षेत्र एक आवासीय क्षेत्र रहेछ दोकानहरु थिएन । बिचमा बाटो र बाटोलाई सय फिटभन्दा बेसी ठाउँ छोडेर बनाइएका सुन्दर सुन्दर घरहरू । सुनसान थियो , चारैतिर चकमन्नता छाएको ।हरियाली जताततै । प्राय एकैनास घरहरु । हाम्रोतिर जस्तो झुरुप्प बाटो पनि नछिर्ने गरि होइन धेरै फराकिलो । घर तीनतला रहेछ तर दुईवटा तला मात्र देखिने। एक तला चाहिँ अण्डर्ग्राउण्ड, जसलाई उनीहरू बेसमेन्ट भन्दोरहेछ। चान परिवारको शयनकक्ष माथिल्लो तलामा रहेछ। बाटोको लेवलको तलामा किचन र अतिथि कोठा । किचनमा सानो टेलिभिजन, रेडियो पनि थिए । हामीलाई सुत्नको लागि त्यही बेसमेन्टमा मिलाइएको थियो । बेसमेन्ट निर्माण अनिवार्य रहेछ प्रत्येक घरमा। यसले गोदामको काममा ल्याइन सकिन्छ भने युद्धको स्थितिमा बचाउँ पनि गर्छ।

चानको सालो केटा फिलाडेल्फियामा अध्ययनरत रहेछ। ऊ एक जवान केटा थियो । दिदी भेनालसई भेट्न भनी आएको थियो आफ्नै गाडी चलाएर। उसले त्यो गाडी सेकेन्ड ह्यान्ड किनेको। यहाँ पढनलाई धेरै खर्च लाग्छ यसैले उसले काम पनि गर्छ। त्यही काम गरेर उनले सेकेन्ड ह्यान्ड गाडी किनेको रहेछ। त्यही गाडी कुदाएर अमेरिकाको फिलाडेल्फियाबाट ओटवा आइपुगेको रहेछ। चानले भन्दै थियो कसरी कुदाउँछ यस्तो गाडी म छक्क पर्छु ।

ओटवा शहर क्युबेक नदीको किनारमा बसेको छ। नदी स्वच्छ र सफा सलल बगिरहेको । निलो । पानी छामिहेर्दा अत्यन्त चिसो । यसैको किनारमा एक विशाल अजायबघर निर्माण गरिएको रहेछ। तीन बिलियन डलरमा बनाएको भने हामीलाई । भवन गोलाकार थियो अनि विशाल थियो । भवनभित्र प्रदर्शनी कक्ष, थिएटर हल, सभागृह सबै थिए । मूलवासी इण्डियनको परिचयको निम्ति उनीहरू बस्ने तम्बु घर पनि ठाउँ ठाउँमा बनाइएको थियो। कर्मचारीहरु थोरै थिए। हाम्रोतिर जस्तो चौकिदार, पिउन, क्लर्क कोही थिएन । सबै तकननिकी शिक्षा हासिल गरेका मात्र । एकैजनाले धेरै काम भ्याउनु पर्ने ।

ओटवाको एउटा सपीङ मलमा गयौ। एकतले मल थियो तर निकै ठूलो । प्रशस्त समानहरु थिए । इलेक्ट्रोनिक आइटमहरु सस्तो लाग्यो मलाई। केही किनेँ। भारतमा त्यो समय अपांग मैत्री संरचनाको अवधारणा थिएन। तर यो सपिङ मलमा त्यतिबेला पनि व्हील चेयरमा आउने ग्राहकको निम्ति सुविधा राखिएको देखियो । मलको खुला ठाउँमा पियानो राखेको थियो इच्छुक र बजाउन जान्नेहरुले बजाउनु पाउँने। हाम्रो समूहको एक सदस्यले बजाए । सानोतिनो प्रशंसकको भीड पनि लाग्यो । पेकेजीङको निम्ति जिपवाला प्लास्टिक रहेछ। मैले निकै निकेँ। घरमा काम लाग्छ सब्जी र छिटो बिग्रिने समान यसमा राखेर फ्रिजभित्र राख्नु राम्रो हुने रहेछ भनी। हुनपनि पछि आएर त्यसले निकै सालसम्म काम गर्यो। भारतमा अहिलेसम्म त्यही गुणस्तरको प्लास्टिकको थैलो  निस्केको पाइएको छैन ।

कनाडामा भारतीय मूलका सिख समुदाय निकै बसोबास गर्दोरहेछ। हामीले थुप्रै परिवारहरु भेट्यौं । कति धनाठ्य रहेछन। एक सिख युवकसित मेरो परिचय भयो । उसले गीत राम्रो गाउँदो रहेछ। हामी बात मार्दा एक मोटो मान्छे टाइ सुट लगाएको हामी भएतिर आए । उसले चिन्हायो उसको पिताजी हो भने । ऊ ट्याक्सी चलाउँछ रे। कनाडामा ट्याक्सी चालक सम्मानजनक मानिँदो रहेछ।

केही वरीष्ठ सिखहरुसित मलाई बात गर्ने चासो भयो । मैले उनीहरूसित खालिस्तानको प्रश्न गरेँ। एक ले मलाई जवाब दियो भारत उनीहरूको साँस्कृतिक देश हो पुर्ख्यौली देश हो तर उनीहरू अब कनाडाको नागरिक हो र राजनैतिक रुपमा कनाडासित मात्र सम्बन्ध राख्तछ। नभन्दै यति भने भारतमा सिखहरुलर पाउनु पर्ने उचित सम्मान भने पाएको छैन ।

ओटवाबाट हाम्रो अर्को पडाव थियो मन्ट्रियल शहर। ओटवाबाट मन्ट्रियल हामी गाडीमा सडकमार्ग भएर गएका थियौँ । बाटोमा अनेकौं रमणीय दृश्य देखियो । विशाल खेती भूमिहरु थिए । कनाडामा 14% जनसंख्या मात्र खेती पेशामा छन रे। तर यति विघ्न अन्न उत्पादन गर्दछन ती निकासी गर्न पर्दछ घरेलु खपतबाट उब्रेर। किसानहरुको खेतको क्षेत्रफल पनि दुई  हजार तीन हजार दस हजार एकर हुँदो रहेछ। हाम्रो तिर हाम्रा खेतीवालाहरु डेसिमल क्षेत्रमा खेती गर्नु पर्दछ जमिनको हिस्सा टुक्रिएर।

मन्ट्रियल शहर प्रवेश गर्न अघि फ्लाइओभर देखेँ। मैले गन्ती गरेँ कति तला छ भनेर नौ तला रहेछ, दुई तला भुइ मुनि सात तला माथि। गाडीहरु सबै तलामा कुदिरहेका । त्यहाँबाट केही समयपछि हामी मन्ट्रियल शहरमा प्रवेश गर्यौ ।

मन्ट्रियलमा हाम्रो बसाई एक होटलमा गरिएको रहेछ होटलको नान थियो पार्क होटल । यो एक तीन तारे स्तरको होटल थियो । भारतमा तीन तारे होटल त्यति राम्रो हुँदैन सुविधा अधिक हुँदैन तर यो होटल सुविधाजनक थियो। निकै ठूलो । मलाई एक अलग कोठा दिएको थियो। आरामदायक । ओटवामा अर्काको घरमा पाहुना लागेर बसेको जस्तो बस्नु परेको थियो केही असजिलो भएको थियो । त्यो सम्झेर ढुक्क लाग्यो यहाँ त्यो असमञ्जसता झेल्नु परेन।

मन्ट्रियल शहर मलाई घना लाग्यो ओटवा जस्तो फराकिलो होइन । खाली ठाउँहरु कम भएको । शहर परिक्रमा गरियो एउटा बसमा। साझँ पख छिटै फर्किएका थियौँ । मलाई एकलै घुम्ने इच्छा भयो । विदेश आएर म एकलै निस्केकै थिइनँ । साथीहरू कसैलाई भनिनँ। चुपचाप निस्के तयारी भएर । झन्डै एक घण्टा रमिता हेर्दै घुमे पछि मैले केही आवाज सुनेँ निकै टाढाबाट आएको । कुनै जुलुस जस्तो लाग्यो । हो रहेछ। टाढाबाट भए पनि देखेँ। यहाँको मूलवासीको विरोध जुलुस रहेछ। रगंविरगीं वस्त्र, शिरमा प्वाँखहरु लगाएका, कोही अर्ध नग्न, टाट्टु गरेको शरीरभरि , लाल वर्णका मानिसहरू पुरुष स्त्री सबै थिए । मलाई लाग्यो कनाडा जस्तो सभ्यताको पराकाष्ठा पुगेको ठाउँको मान्छेलाई के नपुगेर विरोध जनाएको ? यिनीहरूले हाम्रो ठाउँमा आए झन के भन्ला? यस्तै सम्झेँ ।

अलि पर हरियो दुबोको चौरमा बसेर एक व्यक्तिले हेरिरहेको रहेछ त्यही जुलुस । म त्यसको छेउ जाँदा थाहा पाएँ त्यो मान्छे एक पकं रहेछ। पकं भनेर पढेको सुनेको तर आँखाले देखेको थिइनँ । त्यही देखेँ। उसले शिरको कपाल दुईपट्टी खौरेर बीचमा जुरो मात्र राखेको थियो त्यो पनि रातो रगं गरेको । कानमा कुन्डल। गर्दनमा नानाथरीको टाट्टु । पाखुरामा पनि टाट्टु। मैला जिन्स पेन्ट लगाएको । भेस्ट पनि घुरमैलो। बाहिरबाट फ्याङलाङ्ग परेको कमेज। बुट लगाएको। ठुलो डालको मान्छे। अन्दाजी साढे छ फुट हाइटको। पूरा रफ देखिएको । मलाई त्यो मान्छे पर्फेक्ट भट्टु लाग्यो । यता आएर धेरै भलाद्मी र सोझो बात मारियो। लाग्यो किन यो भट्टुसित बात नमार्नु? हाम्रोतिरको भट्टुहरुसित उटपट्याङ बात मारेकै हो। उनीहरू विश्वासै गर्न नसक्ने हास्यास्पद कुरा अधिक गर्छन। सम्झेँ यो सगँ एकक्षण हाँस्न पाइएला। त्यो मान्छेले हातमा केन बियर लिएको रहेछ पढेँ मोलसन लेखेको रहेछ। त्यसै त्यो मान्छेसँग बातमार्न सकिन्न । यो मान्छे गोरा थियो। यताउता हेरेँ अलि पर पसल रहेछ र बियर थियो त्यहाँ । मैले पनि मोलसन बियर किनेँ। त्यसको लेबल पढदा 8%अल्कोहोल लेखेको रहेछ। मलाई केही खास लागेन। एकदुई चुस्की लिएँ र त्यो मान्छेको छेउमा गई हल्लो भनेँ। उसले पनि मुसुक्क मुस्काएर हल्लो भने । यताउताको अचाहिँदो बोले पछी त्यो जुलुसको बारे भन्दै आलोचना गरेँ। त्यो मान्छे एकछिन चुप लाग्यो र मतिर फर्केर भन्न थाल्यो तपाईंलाई थाहा छ तिनीहरू किन यसरी आफ्नो समय खर्च गरेर यहाँ विरोध जनाइरहेछ ? उनीहरू यो ठाउँको मूलवासी हुन म जस्तो गोरा अनुप्रवेशकारी हो। हामीले उनीहरूको जमिन हक अधिकार छिनिसक्यौ। अहिले उनीहरू अल्पसंख्यक भइसकेका छन। यहाँ देखि केही पर एउटा विशाल हरियो पाखा छ। यहाँको सरकार त्यो पाखा जमिनलाई गोल्फ कोर्स बनाउन चाहन्छ। यसले धेरै पर्यटक आउनेछ र व्यापार बढनेछ। तर यी मूलवासीहरु विरोध जनाउँदै छन किनकि यो उनीहरूको पुर्खाको चिहान भएको पवित्र भूमि हो। यो पवित्र भूमि उनीहरू बचाउन चाहदैछन। अब तपाई भन्नोस् उनीहरूको विरोध न्यायसगंत छैन ? यदि यो न्यायसगंत होइन भने न्याय भनेको के हो?

म अवाक बनेँ उसको कुरा सुनेर ।  त्यो मान्छेको बाहिरी रुपमा भट्टु देखिएको वास्तवमा ऊ एक संवेदनशील विद्वान व्यक्ति रहेछ। गत वर्ष मैले एलेन गिन्सबर्गको भारत भ्रमण पढेँ । उनी पनि एक हिप्पी थिए त्यति ठूला कवि भएर पनि। पश्चिमालाई हेर्ने हाम्रो यही भ्रम हुन्छ।

मन्ट्रियलमा एक साझँ पार्टी राखेको थियो । शहरमा बस्ने धेरै भारतीय मूलका मानिसहरू आएका थिए। अफ्रिकी मूलका वासिन्दाहरु पनि थिए। अफ्रिकी मूलकाहरुमा कोङ्गो, सेनेगल, घाना र नाइजेरियाका बडी थिए। थुप्रै महिलाहरु। एकजना भारतीय मूलका अधबैंसे मानिस कोङ्गोका एक महिलासित जिस्किँदै रहेछ। उनीहरू गलल हासिरहेका थिए । त्यो भारतीय मतिर फर्केर भन्यो यो महिलाले भन्दैछे आज उसकी स्वास्नी रे।यो उसले खुशी भएर सुनाएको थियो । त्यतिबेला मैले त्यो महिलालाई हेरेँ। ऊ त्यति उमेर खाएकी होइन । निक्खुर काली थिइ। उसको सेतो बाहिर उछिटिएको दातँ, बाक्लो ओँठ, ठूलो मुख, सुन्निएको जस्तो अनुहार , भुँडी ठूलो , गाला बाहिर निस्केको जस्तो , उसलाई सुन्दर भन्न चाहिँ पटक्क नसकिने । मलाई त्यो भारतीयप्रति दया जागेर आयो।

मदपान सर्भ हुँदै थियो । एकजनाले मलाई ल्याएर दिई मैले भने म ड्रिकं गर्दिनँ ।उसले प्याच्च भनी त्यसो हो भने पार्टीमा किन आएको? लाजैले हात पसारेँ। उसले सरी फर माई आउटबर्स्ट भन्दै दिई। पछि उसले मलाई परिचय दिई। उ कनाडाकी होइन न्युयोर्कबाट आएकी रहिछ। उ एक मुलेट्टो महिला रहिछ । सावँला वर्णकी थिइ। हामी दुई निकै गफ गर्यौ।

भोलिपल्ट हाम्रो फ्लाइट थियो लण्डनको निम्ति एयर कनाडाको फ्लाइटबाट। यसैले छुट्यौ छिटै।

अर्को बिहान म चाँडै ब्युझेँ। होटलको टेरेसमा गएँ। त्यहाँबाट पूरा मन्ट्रियल शहर देखिरहेको थियो । बिहान निकै चिसो पनि थियो । सुनसान चारैतिर । हावा हल्कासित बहिरहेको थियो मेरो केस फरफराउदै। मन उदास भएर आयो। यो ढेढ महीनाको यात्रा आँखाभरि आयो । झल्यास्स सम्झेँ जीवनमा पहिलो पल्ट त्यस्ता ठाउँहरुमा पुगेछु जहाँ मैले एउटै शब्द झुटो बोल्न परेन। मलाई मेरो जात कसैले सोधेन। म धनी हो कि गरीब कसैले चासो लिएन। म ठुलो ओहदाको हो कि सानो त्यो पनि केही फरक परेन। मलाई कसैले तेरो बिल्डिङ छ गाडी च भनेर सोधेनँ। आज फेरि म फर्केर त्यहाँ जानू पर्नेछ जहाँ फेरि मैले दिनमा अनेकौं पल्ट ढाट्नु पर्नेछ । मेरो जात सोधिनेछ। मेरो नालीबेली केलाइनेछ। मनमा विषाद छाइरहेको थियो । मैले फेरि मेरो परिवारलाई । श्रीमती , छोरा , मेरी आमा साखा सन्तान ...मेरो संसार त्यही हो यो होइन । मेरो कानमा एक आवाज कानेखुसी गरे झैँ भनेर गएको भान भयो यु फुल यु आर फालिङ इन लव विद कनाडा!!! मुसुक्क हाँसे एकलै। के सोचिरहेको ? यो एक सपना मात्र हो।

हामी मन्ट्रियलबाट न्युयोर्क जानू थियो र त्यहाँ एक रात बिताउनु थियो हाम्रो पूर्वनिर्धारित कार्यक्रम अनुसार । हाम्रो फ्लाइट सिड्युलमा गडबडी भएको कारण यहाँबाट सोझै लण्डन जाने भयौँ र त्यहाँबाट दिल्लीको फ्लाइट एयर इण्डियाबाट। यसले गर्दा हामीलाई निकै समस्या पनि भयो । मन्ट्रियलबाट एयर कनाडाको हावाजहाजले लण्डनमा बिहान पाँच बजेतिर उतारिदियो। एयर इण्डियाको फ्लाइट फेरि दस बजेतिर उड्यो सोझै इन्दिरा गान्धी अन्तर्राष्ट्रिय हवाई अड्डाको निम्ति ।

यसरी  घुमेर २० अगस्ट१९९०मा गान्तोक आइपुगियो। 1990 तिर भारतमा कार्ड पेमेन्ट वा क्यासलेस ट्रान्जेक्सन व्यवस्था भएको थिएन तर यहाँ मैले त्यतिबेलै दोकानमा कार्ड पेमेन्ट गरेको देखेँ।

यसैक्रममा मेरो दुईपटक ट्रान्सफर भइसकेको थियो । सिक्किमबाट भएको यो अभियानको प्रारम्भमा म संस्कृति विभागमा उप सचिव थिएँ । १९९१ मा त्यहाबाँट ट्रान्सफर भएर भूराजस्व विभागमा पुगेँ। त्यस विभागमा गएर मलाई निकै समस्या आयो । गाडी थिएन। मलाई फाटँवारी गरिएको कार्य भने टुर गर्नु पर्ने जिल्ला र महकुमातिर। गाडी किरायामा लिन अनुमोदन कठिन प्रक्रिया हुन्थ्यो । प्राय अनुमति खारेज गरिन्थ्यो । यसले मेरो गैरसरकारी कार्य गर्न भाषा आन्दोलनमा मेरो सक्रियतामा शिथिलता ल्यायो । धन्य एक बर्ष भन्दा पनि कम समयमा म  ट्रान्सफर भएर स्वास्थ्य विभाग पुगेँ । विभागीय ट्रान्सफर हुदाँ हामीलाई नयाँ विभागमा आफुलाई व्यवस्थित गराउन केही समस्या लागिहाल्छ छोटो समयको लागि भएपनि । यसले गर्दा अन्य गैर सरकारी जिम्मेवारी निभाउन कठिन पर्छ। मलाई पनि त्यही भयो । भानेरापको विभित्र कार्यक्रममा सहभागिता समयमा दिन गाह्रो पर्न थाल्यो ।

म भूराजस्व विभागमा त्यहाँ मेरो दायित्वमा कम्प्युटर व्यवस्था पनि थियो । मैले त्यतिबेला कम्प्युटरको बेसिक भाषा सिकेको थिएँ र युनिक्स भाषा सिक्ने प्रयास गर्दै थिएँ। त्यससमयसम्म अहिलेको एमएसविण्डो विकास भएको थिएन एमएस डस भनिन्थ्यो । कम्प्युटर चलाउन प्रोग्रेमिङ जान्नु पर्थ्यो। साधारण दस्तावेज जस्तै कार्यलयको नोट, ड्राफ्टिङ, चिट्ठी त हुन्थ्यो तर कतिपय जञ्जालपूर्ण लेखन भने प्रोग्रेमिङ नजाने कठिन हुने । यसैले जब पूणे शहरमा 10 दिने कम्प्युटरको तालिमको सूचना आउँदा मैले आफ्नो नाम लेखाए। यसमा एकदिनको कार्यक्रम सिडेकमा थियो। सिडेक त्यो अनुसन्धान केन्द्र हो जहाँ भारतको प्रथम सुपर कम्प्युटर परम बनाइएको थियो 1989 मा। सुपर कम्प्युटर कस्तो हुन्छ र यसले कसरी काम गर्छ भन्ने जानकारी पाउने कुराले म झन उत्साहित भएको थिएँ ।

अप्रिल 1992 मा म पूणे गएँ। महाराष्ट्र सरकारको  ग्रामीण राज्य सस्थांनमा तालिम र बसाइ थियो।

यहाँ आएको छैटौं दिनमा हामीलाई सिडेक लगियो। मलाई विशेष चासो थियो परम कम्प्युटर हेर्ने । त्यहाँबाट थाहा पाएँ सुपर कम्प्युटर एक स्वतन्त्र मशिन नभएर आम कम्प्युटरमा जोडिनु पर्ने पाहुना परजीवी मशिन रहेछ । यसलाई सोझै प्रयोग गर्न नसकिदो रहेछ र यो आम कम्प्युटरको सहारामा चल्दो रहेछ। यसको स्मृति क्षमता पनि मेगाबाइट, टेराबाइट नभएर फ्लपमा गणना गर्नु पर्दो रहेछ। यसको गति र गणना गर्ने क्षमता अत्यधिक हुदोरहेछ । कुनै डेटा पहिला कम्प्युटरमा हाल्नु पर्दो रहेछ त्यसपछि विश्लेषणको निम्ति जोडिएको सुपर कम्प्युटरमा पठाउनु पर्दोरहेछ । विश्लेषण भइसके पछि त्यसलाई कम्प्युटरमा हेर्न सकिने रहेछ।

भारतको परम महाकम्प्युटर एक भिन्न तकनिकमा बनाइएको रहेछ र यो अमेरिकाको क्रे सुपर कम्प्युटर जस्तो होइन रहेछ। क्रे सुपर कम्प्युटर राख्नलाई अत्यधिक चिसो ठाउँ चाहिदो रहेछ र यो एक तरल नाइट्रोजनले चिसो बनाएको कोठामा राखिनु पर्छ। तर भारतमा बनिएको परम सुपर कम्प्युटर भने सामान्य रुम टेम्परेचरमा भएको कोठामा राख्दा हुने रहेछ। भारतीय परम महाकम्प्युटरको यही विशेषता रहेछ।

पूणे तालिमको समय हामीलाई घुम्नको लागि अजन्ता एलोरा गुफाहरुमा लगिएका थिए । अजन्ता गुफामा 26 वटा गुफाहरु रहेछन। 25 वटामा बज्रयाना सम्प्रदायका बौद्ध मूर्तिहरु थिए भने एउटामा चैत्य रहेछ जो सर्वास्तिवादिन स्तूप हो। भित्तामा कोरिएका चित्रहरू सुन्दर थिए र जीवन्त लाग्ने। दुई हजार वर्ष अघि बनाइएका यी चित्रहरूबाट अनुमान लगाउन सकिन्थ्यो चित्रकला कतिको विकास भइसकेको थियो। बुद्धको विशाल ध्यानमग्न मूर्ति रहेछ  आयामीय तकनिकमा बनाइएको । जताबाट हेरे पनि आफूतिर हेरेको जस्तो देखिने। म सगैँ गएको मित्र एक बौद्ध धर्मावलम्बी भोटे थियो उसले स्याबा( भोटे परम्पराको सास्टाङ्ग दण्डवत) गर्न थाल्यो । मैले भने सामान्य ढंगमा ढोग गरेँ।

मलाई सबैभन्दा अधिक आकर्षण यो सम्पूर्ण क्षेत्रको वास्तुकला र स्थलले गर्यो। यो दुई पहाडबीचको खोचँमा रहेछ। बीचमा अहिले सुकिसकेको खोल्सा छ। सायद त्यो कालमा यसमा धेरैले पानी बग्थ्यो होला र सानो नदी जस्तै थियो। प्रत्येक गुफाबाट त्यो खोल्सामा झर्ने सिडी रहेछ। विहड बनबीच रहेको यो ठाउँ ध्यान र चिन्तनको निम्ति उपयुक्त रहेको अन्दाज लगाउन सकिन्छ ।

अजन्ताको भ्रमणपछि हामी एलोरा गएका थियौं । यो मन्दिर एक विशाल चट्टानलाई काटेर बनाइएको रहेछ।

हाम्रो समूहमा दिल्ली, हरयाना, उत्तरप्रदेश, हिमाल प्रदेशकाहरु पनि थिए। उनीहरूको आग्रहमा सिर्दी मन्दिर जाने भयौं । त्यतिबेला यो मन्दिर एउटा सानो गाउँ जस्तो ठाउँमा थियो। त्यहाँ भएका सबै पसलहरु साईबाबाको नाममा राखिएको थियो। मन्दिरमा भीड थिएन त के दर्शनको लागि हाम्रै समूह मात्र थियो। यो स्थानमा म फेरि 2012 को जनवरी महीनामा पुग्दा छक्कै परेँ। यति विशाल शहरमा परिणत भइसकेछ त्यो सानो गाउँ । मन्दिर पहिला अलग खुला ठाउँमा थियो अहिले कता हो कता भित्र रहेको जस्तो देखिँदो रहेछ। दर्शन गर्नेहरूको अत्यधिक भीड। धेरै लामो पक्ति मान्छेहरुको। हामीसित महाराष्ट्र सरकारका अधिकारीहरु थिए उनीहरूले विशेष प्रवेश पत्र निकालेर हामीलाई सहज प्रवेश दिलाए ।

सस्थांनमा गेस्ट फेकल्टीमा एक परन्जपे नाम भएको पनि थिए। उनी नर्मदा आन्दोलनको प्रमुख सामाजिक कार्यकर्ता मेधा पात्करको सहयोगी रहेछ। ठूलाठूला बाधँ निर्माण र पर्यावरण सुरक्षाको मुद्दामा उनको सक्रिय भूमिका रहेछ। परिचयको शिलशिलामा म सिक्किमको भने पछि उनले मसित केही नेपाली भाषामा बात मारे। बोल्न त त्यति नआउदो रहेछ तर भाषा राम्ररी बुझ्दोरहेछ। मलाई अचम्भ लाग्यो र कहाँबाट भाषा सिके जिज्ञासा राखेँ। तर स्पष्ट जवाब भने दिएन। उनले मलाई उनले लेखेको किताब पनि दिए। यही क्रममा नेपाली भाषाको मान्यता संघर्षको प्रश्न पनि निस्क्यो । मैले भने नेपाली भाषाले मान्यता पाउनेछ । हाम्रो समूहमा पश्चिम बगांल सरकार अधीन खाद्य विभागको एक दार्जिलिङ निवासी अधिकारी पनि थिए। उनी भोटिया थियो। नेपाली भाषा मान्यताको कुरा उठ्ने बित्तिकै ऊ जुरुक्क उठेर नेपाली भाषाको कुरा गर्न पाउँदैन भने । निकै ठूलो स्वरमा भनेको कारण सभागृहमा चकमन्नता छायो सबैले उसलाई हेरे।

लन्च टाइममा ऊ मेरो छेउ आएर निहुँ खोज्न थाले। उनको भनाइ थियो नेपालीले भाषा कहिले पाउने छैन र यसको म बिरोध गर्छु । उसले अझ भन्यो तपाई यहाँ ट्रेनिङ गर्न आएको हो कि नेपाली भाषा मान्यताको संघर्ष गर्न आएको ? मैले जवाब दिए उखान छ नेपालीले भाषा र भोटेले ल्हासा कहिले पाउँदैन भन्ने। तर भोटेले ल्हासा पाउँछ पाउँदैन त्यो थाहा छैन तर नेपालीले भाषा अवश्य पाउँछ।

बेलुका खाना खाने बेला ऊ निकै मदपान गरेर मतिर आएको थियो। म दिल्लीबाट आएका योजना विभागका केही अधिकारीहरुसित केही बातचित केही हस्यौली गर्दै केही मदपान गरिरहेको थिएँ । कुटला जस्तै ऊ चिच्याइरहेको थियो। सबै मिलेर उसलाई लगेर उसको कोठामा लगे।

अर्को दिन परान्जपेले भाषाको महत्त्व बारे छोटो भाषण राखे र भने नेपाली भाषा एक समृद्ध भाषा हो। भारतमा ठूलो संख्यामा यो बोली बोल्ने सदस्यहरु छन। यसैले नेपाली भाषा मान्यताको मागँ नाजायज होइन ।

यो अप्रिल महीनाको घटना थियो र अगस्त महीनामा मान्यता पायो । त्यतिबेला मैले त्यो अधिकारीलाई सम्झेँ।

केही वर्ष पछि म एक विभागमा स्थानान्तरण भएर जाँदा मैले आफ्ना कनिष्ठ कर्मचारीहरुमा दुई भोटे महिलाहरु पाएँ। दुवै दार्जिलिङका थिए र सिक्किमवासीसित विहे भएका। सिक्किमको भोटेहरु नेपाली बोल्दा केही भिन्न लवजमा बोल्छन् तर दार्जिलिङका भोटेहरुमा त्यो लवजको भिन्नता देखिँदैन। मैले ती मध्ये एकलाई सोधेँ उनीहरू नेपाली भाषा मान्यतालाई कसरी लिन्छन् । उनको जवाब थियो यो उनीहरूको मुद्दा होइन , केही सरोकार छैन । मलाई लाग्यो त्यो पूणेको घटना र यो झण्डै चारपाँच वर्षपछिको यो महिलाको प्रतिक्रिया खासै फरक थिएन।

अगस्ट २०, 1992 मा नेपाली भाषा संवैधानिक मान्यताको निम्ति भारतका दुवै सदनहरूले प्रस्ताव पारित गरेपछि मुख्य मन्त्री नरबहादुर भण्डारीलाई बधाई चढाउन हजारौंको संख्यामा उनको सरकारी निवासमा जानेहरूको भीडमा म पनि  थिएँ । उहाँलाई खादा अर्पण गर्दै गर्दा उहाँले भन्नू भयो " रात भरी भरी खटिएको काम आयो होइन । तपाईंलाई पनि बधाई !" भनेर मैले लगाइदिएको खादा फेरि मलाई लगाइदिनु भएको थियो।

Comments

Popular posts from this blog

अगमसिहं गिरी (युद्ध र योद्धा ) आलोचना

             युद्ध र योद्धा : एक पठन                          पेम्पा तामङ      अगमसिहं गिरी भारतीय नेपाली साहित्यमा सर्वाधिक चर्चामा रहेको कवि हो। उनलाई मूलतः स्वछन्दतावादी कवि र जातीय कवि भनेर आलोचकहरूले चिनाएका छन भने कही कही अस्तित्ववादी भनी परिचय दिएको छ। उनका प्रारम्भिक कविताहरू भावनात्मक र करुणामय थिए यसैले उनलाई दुखवादी पनि भनिएको  हो। गिरीका कविताहरू आम चलनको भाषामा लेखिएका र प्रतीक र बिम्वको जडान थोरै रहेका छन। सरल , सहज र बोधगम्य रहेको हुनाले आम पाठकबीच लोकप्रियता बडी रहेको थियो। जीवन , मृत्यु , दुख , बिरह उनका कविताको भावलहरी रहेको छ। कल्पनाको निर्बाध उडान र जीवन परान्मुख रहेको मानिन्छ। जीवनलाई यसरी हेर्ने दृष्टि छायावाद र स्वछन्दतावा भनेर चिनिन्छ। हुनत छायावाद र स्वछन्दतावाद यी बाहेक अन्य पनि हुन। स्वच्छन्दतावादको प्रवर्तक विलियम वर्डस्वर्थको लेखन सिद्धान्त कविताको भाषा आम मानिसको बोलीको शैलीमा हु...

Circle of Karma -Bhutanese novel review

Circle of Karma   Authored by Kunzang Choden, a native of a small village in Bumthang District in  north-central Bhutan, Circle of Karma is the first English novel to emerge from the land of the druk (Bhutan),   the mythical dragon. Published in 2005, the novel instantly courted fame far and wide, and has since been translated into several languages. The novel had been short listed for the prestigious Elle Prix des Lectrices too. Choden was born in the year of the druk , or the year of the dragon, corresponding to 1952 in the Gregorian calendar. Since Choden was born into a prosperous family, her parents sent her to a convent school in Kalimpong when she was nine years of age. Choden recounts the initial difficulty she encountered in the school because, as is prevalent in Bhutan, she did not have a surname attached to her first name. Moreover her father’s name was Kunzang Dorje and the Reverend Mother of her school refused to believe that the father an...

Remika Thapa's Farak Baato

 Two novels of  Puspa Rai                         Pempa Tamang   “Farak Baato”  or “Different Road”  is the title of the critical  book  written by Dr. Remika Thapa. As the title suggests Remika highlights the alternative  point of view proposed by Ms Puspa Rai in her two fictional works namely “Bholiko Pratikshya” or “Waiting for Tomorrow” and “Madhyantar” or “Interval”. Dr. Remika maintains that Bholiko Pratikshya is the first feminist novel in Indian Nepali Language and consequently Puspa Rai has become the first feminist novelist  in Indian Nepali writings.   The two novels can be called duology as the second novel follows the theme of earlier one. The main characters of the fictions are women in both the novels.  The first novel “Bholiko Pratikshya” is about women’s  independence in choice of her existence and her life. It is about the motherhood outsid...