Skip to main content

डुवर्स डायरी


डुवर्स डायरी 


1978-79 मा मेरो एक मित्रको पिता स्वर्गवास भएको थियो । मित्र अनि उनको परिवारको शोकमा सहभागी बन्न म पुगेको थिएँ सामसिङ कमान, डुवर्समा। जाडोको महीना थियो । केही अन्य मित्रहरू साथमा थिए गान्तोकबाट मसित साथ लागेका । साझँ पर्न अघि पुगेका थियौँ । बाघ पुल काटेर गएको त्यो मेरो पहिलो यात्रा थियो । साथीहरू ढुवर्सको चिया बगान, त्यहाँको जनजीवन, जनजातिहरुको चर्चा खुबै सुनाउँथे हामीलाई । सन्थाल, बोडो , टोटो, राजवंशी आदि आदिवासीहरुको बारे बताउँथे। फुटबल खेलेको , नदीमा माछा मार्न गएको , बस्तीमा चियाकमानमा हात्तीको झुन्ड आएको र हात्तीलाई खेद्न थाल, टिन, शंख तथा कराएर चिच्याएको भागेको प्रकरण चाखलाग्दो लाग्थ्यो । कहिले काहिँ भने त्यहाँको गुण्डागर्दी, ग्याङ्गफाइट, छुरी हानाहान जस्ता हिंसात्मक घटनाहरु पनि सुनिन्थ्यो। जब म बाघपुल काटेर डुवर्स क्षेत्र प्रवेश गरियो मैले साथीहरूले सुनाएको त्यही कुरा मनमा आइरहेको थियो । तर उनीहरूले मलाई के सुनाएका थिएनन् रहेछ भने बाग्राकोट पार गरेर भित्र प्रवेश गरे पछि बाटाका किनार किनार देखिने असंख्य झोपडीनुमा घरहरु, साना साना बग्रेल्ती नानीहरू बाटोको छेउछाउमा खेलिरहेका, गरिबीको नांगो प्रदर्शनी। चियाबगानका असंख्य कार्मचारीहरु शिरमा कुम्लो बोकेर घर फर्किरहेका । कालो कालो अनुहार , बदन छरितो , हाडे परेको देखिने तर मलाई त्यो दृश्य सुन्दर लागिरहेको थियो । श्रंगारविहीन अनुहारहरू । पुरुषहरु थोरै देखिएका थिए त्यो बेला। मैले सुनेको थिएँ अधिकतर पुरुषहरु भट्टिपसलमा मस्त हुन्छन मातेर फर्कन्छन साँझ घर र आफ्नी स्वास्नी र छोराछोरीलाई कुटपिट गर्छन। हुनत वास्तविकता त्यस्तो नहुन पनि सक्छ । हाम्रो स्वभाव नै त्यस्तो गरिबलाई अपराधी दोषी ठहर्याउँछौँ।
समतल क्षेत्र नाघेर केही उजालो चडन थालेपछि निकै हरियाली देखिएको थियो । ड्राइभरले हामीलाई बतायो अब सानसिङ कमान जाने बाटो लागेका छौँ। अपरान्ह चार बजेतिर सानसिङ कमान पुग्यौं । चियाकमानको विचमा साथीको चियाकमान कम्पनीले आवंटन गरेको घर रहेछ। उनको स्वर्गीय पिता कमानमा कर्मचारी रहेको कारण कमानको नियम अनुरुप आवास प्रदान गरिएको । घर फराकिलो थियो । साथी सेतो वस्त्रमा थियो । यति टाढाबाट आइदिएको साथी खुशी देखिएको थियो हामीलाई देखेर ।
एक रात त्यहाँ बिताएर अर्को दिनको विहानको बसमा चडेर सिलिगुडी आउने त्यसपछि गान्तोकको गाडी पकडिने विचार गरेका थियौँ । बस माल बजारमा आइपुग्दा निकै होहल्ला सुन्यौं । बजारमा बस बिस्तार गुडिरहेको थियो । बाहिर चालिस पचास जना स्थानीय मानिसहरु हातमा हक्कीको डण्ठा, क्रिकेट ब्याट , लौरो र कसैले रड बोकेर बसतिर कुदिरहेका देख्यौं । मैले बाहिरतिर हेरेर सम्झेँ कुनै दंगा फसाद हुँदै हो। यो ठाउँमा यस्तो दंगा आम बात हुन जस्तो पनि लाग्यो । तर त्यो भीड हाम्रो बसतिर आएको देखेँ। यतिकैमा बसभित्र उनीहरू ठूलो हल्ला गर्दा पसेका देखेँ। यसपछि उनीहरू बस यात्रीहरु माझ कसैलाई खोजे जस्तो देखियो । बसभित्रका एकदिई यात्रीहरुलाई घुस्सीले हिर्काउन लागे कसैलाई थप्पड हिर्काए। मसित आएको एक मित्रको शिरमा हक्कीको लौरोले हिर्काए। बसको खिडकीबाट हात छिराउँदै पिटन थाले । म ड्राइभर सिटको पछिल्लो सिटमा थिएँ । एकदुई जना मतिर पनि आइरहेको देखेँ। मैले सम्झेँ अब कुटाइ खाने मेरो पालि आएछ। मलाई लाग्यो हामी सबै यही मारिनेछौँ। यही पिटापिटको बिच एक बस यात्री उठेर सोधे ती आक्रमणकारीहरुलाई। बात सबै बंगाली भाषामा हुँदैथ्यो यसैले बुझिएन । तर हामीतिर फर्केर सोधे के तपाईंहरु यिनीहरूसित झगडा परेको थियो ? कहाँबाट आउनु भएको हो? हिजो कस्तो गाडीमा आउनु भएको थियो ? मैले भने हामी एक जीपमा आएका थियौं । हाम्रो कसैसित झगडा वा बातचित नै भएन। अनि त्यो व्यक्तिले फर्केर उनीहरूलाई बताए यिनीहरू जीपमा आएका रहेछन बसमा होइन । तिमीहरूसित झगडा गर्ने यिनीहरू होइनन् । यति कुरा भए पछि त्यो भीड उस्तो हल्ला गर्दै बसबाट झरे ।
मलाई त्यतिबेला एउटा आश्चर्य के लाग्यो भने छेवैमा पुलिस तैनाथ थियो तर हस्तक्षेप गरेनन् । नेपाली / गैर नेपाली दुवै समुदाय त्यहाँ थियो । तर उनीहरू तमाशा मानेर हेरिरहेका थिए हामीले कुटाइ खाएको । त्यो एकल व्यक्ति हाम्रो सहायताको निम्ति अघि आए। त्यो भीडसित जुझे र हामीलाई बचाए। बसमा अरु पनि नेपाली अनेपाली भाषी थिए तर उनीहरू अघि आएनन् ।
यो घटनाको प्रकरणमा हाम्रो मित्रहरूको अर्को हुल जिम्मेवार रहेछ । अर्को हुलमा एक शिक्षकसित केही विद्यार्थीहरु पनि सामसिङ आएका थिए हाम्रो पछि । उनीहरू बसमा आएका थिए। शिक्षक बंगाली मूलको कलकत्तावादी थियो । ऊ सिक्किममा शिक्षण पेशामा संलग्न थियो । विद्यार्थीहरुको प्यारो र निकै लोकप्रिय थियो । सधैं हुल बाँधेर हिडने, मदपान पनि निकै गर्ने । 
माल बजार आइपुग्न अघि कुनै विषय लिएर बसको हेल्परसित भनावारी भएको रहेछ। बहस निकै चर्का चर्की पछि एक विद्यार्थीले युवा जोश देखाएर हातापाइ भइहाल्यो । त्यो एक हुल विद्यार्थी माँझ कुटाइ खाएर त्यो स्थानीय बस हेल्पर आफ्नै ठाउँमा बाहिरबाट आएकाबाट आघात हुनु असहनीय भयो । हुनसक्छ उसले आफ्नो शुभचिन्तकहरुलाई सहयोग माग्यो। यसप्रकारको चेतना पहाडवासी या नेपाली / गोर्खाली समूह भन्दा तराईक्षेत्रका कुनै पनि जाति समूहमस अधिक रहेको देखिन्छ ।  उनीहरू प्रतिक्रिया जनाउन आफ्नो एकता देखाउन उद्धत रहन्छन् । 
अर्को दिन यसैले बस ढुकेर बसेको रहेछ र हामी बसबाट आउँछ हामीलाई त्यही समूहको सम्झी आक्रमण गरेको रहेछ।
बंगाली शिक्षक यसप्रकारको अवस्थामा के कस्तो हुनसक्छ पूर्ण जानकारी रहेको कारण बेलुका उनीहरू माझ उचित रणनीति बनाएर यहाँबाट निस्कने योजना बनाएको थियो । उसले बुझ्यो उनीहरूलाई त्यसै छाडने छैन । प्रतिकार हुनेनै छ र त्यो प्रतिकार हिणसात्मक हुनेछ । शिक्षकलाई आफ्नो र विद्यार्थीहरुको चिन्ता रह्यो । चाँडै निस्केर जानलाई एउटा जीप रिजर्भ गरियो गान्तोकसम्म जाने । अर्को बिहान यता उता गर्दा अघिल्लो साँझ निकै मदपान गरिएको कारण चाँडै उठन त सकिएन। बिहान आठ बजे उनीहरू हिँडे। तर उनीहरूलाई भाग्यले साथ दिएको थिएन। माल बजार आइपुग्ने बित्तिकै एउटा ठूलो समूहले आक्रमण गरेछ । शिक्षकले दिमाग लगायो उनीहरू बाँच्ने सबैभन्दा असल उपाय उनीहरू सोझै पुलिस थानामा शरण लिनु पर्नेछ । गाडी सोझै थाना परिसरभित्र लगियो । थानामा पनि त्यो उग्र भीड आएको थियो । केही रकम तिरेर पुलिस सुरक्षा दिइने भयो । यसपछि उनीहरु बागपुल सम्म सुरक्षित आएर गान्तोक सकुशल आउन सके ।
घटनाको सबै विस्तृति सम्झेर मलाई धेरै कुरा अस्पष्ट लागेको थियो । डुवर्सवासीहरु किन उग्र छन ? किन एउटा साधारण घटनालाई त्यति ठूलो रुप दिइएको ? अचिनारुहरुप्रति यतिको घृणा ?  गैर नेपाली समूह नेपाली अनुहारप्रति वितृष्णा ? के डुवर्सको चरित्र यही हो? त्यतिबेला मैले डुवर्सबाट लिखित प्रकाशित थोरै मात्र साहित्य पढेको थिएँ। यसैले मेरो संज्ञानबाट बाहिरको विषय भयो । सिक्किममा पनि झगडा हुन्छ तर त्यसप्रकारको हुल बाँधेर दंगा गर्ने ढंगमा हुँदैन । चुनावको बेला प्रतिद्वन्द्वीहरु माझ कहिलेकाहीँ हुन्छ तर अरु सामान्य समयमा होइन । यस्तो ठूलो रुप पनि लिएको हुँदैन । यसैले मलाई डुवर्सको यो चरित्र बारे जान्ने कौतुहलता बनेको थियो । उन्मादी भीडको आक्रमणमा परेको यो मेरो पहिलो अनुभव थियो । मलाई लागेको थियो मान्छे कति सहजै अकारण मारिने रहेछ। हिंसा र हत्या मानवीय गुण हो भनेर मलाई चेतना रहे तापनि यो त्यति सहजमै भइहाल्छ भन्ने कुरा मलाई बिश्वास गर्न अप्ठ्यारो परिरहेको थियो । 
साधारणत डुवर्सतिर हाम्रो जाने कुनै त्यस्तो काम पर्दैन र म त्यति घुमन्ते पनि नरहेको कारणले होला अथवा त्यस्तो कुनै संयोग पनि नपरेर म धेरै लामो समयसम्म डुवर्सतिर गइनँ। 1990 मा भारतीय नेपाली भाषा राष्ट्रिय परिषद्को एक सभा कसलचिनीमा हुने भयो । यो भ्रमण छोटो र सुरक्षित भएको मलाई लाग्यो । यसमा कुनै खतराको अवसर छैन भन्ने पनि भयो । तर दार्जिलिङबाट स्वर्गीय घिसिङले भनिरहेको थियो नेपाली होइन भाषाको नाम गोर्खा भाषा हुनुपर्छ र भाषा मान्यता हुन्छ भने गोर्खा भाषाको मान्यता हुनुपर्छ । डुवर्स क्षेत्रमा घिसिङको समर्थन गर्ने ठूलै जमात भएको कारण हाम्रो त्यो सभामा गडबडी हुँदैन भन्न सकिँदैन थियो । डुवर्सबाट पनि त्यसप्रकारको सूचना नआएको होइन । यसैले डुवर्सको बाटोमा जाँदा गाडीको लस्कर बनाएर जानू पर्ने कुरा पनि भयो । लस्करमा हिँडे सुरक्षा हुन्छ भनियो । 
गान्तोकबाट हिडदा लस्करमा हिडने सुझाव भएको थियो तर बाटोमा सबै छुटिए। कसैले अबेर गरे कोही कता कता भएर आउने भए । हामी डुवर्स प्रवेश गर्दा हामीले थाहा पायौं हाम्रो गाडी एउटै मात्र थियो लस्करमा पछि कोही थिएन। हाम्रो मनमा भय जाग्यो । साथीहरूले गाडी चाँडो चलाउने सुझाउ दिए चालकलाई । बाटोमा कसैले गाडीमा ढुंगा हानिदेला वा गाडी रोकेर हामीमाथि हमला होला भन्ने सन्त्रास बन्यो । मलाई त्यतिबेला बाह्र वर्ष अघिको घटनाको स्मरण पनि भयो । त्यतिबेला हामीलाई हमला गर्ने गैर नेपाली समुदाय थियो भने यसपालि हाम्रै समूहको मान्छेले हामीलाई हमला गर्नेछ ।
हामी सकुशल पुगेका थियौँ । हाम्रो मनको भय मात्र थियो । कुनै अप्रिय घटनाको सम्मुखीन नभइ कालचिनी पुग्न पाएकोमा लामो सास फेरेका थियौँ ।
मलाई यसपालि डुवर्सवासीहरुसित भेटघाट , चिनापर्ची हुने कुराले म निकै उत्साहित भएको थिएँ । यो कार्यक्रम निकै ठूलो र धेरै डेलिगेटहरु विभिन्न क्षेत्रबाट आएका थिए। ती सबै अतिथिको व्यवस्थापनको निम्ति सबै व्यस्त देखिन्थे । उनीहरू कसैको फुर्सद थिएन । व्यवस्था राम्रो गरिएको थियो त्यो सुदुर ठाउँमा । डुवर्सको जनजीवन बारे प्रत्यक्ष ज्ञान हासिल गर्ने मेरो प्रयास विफल रह्यो । स्थानीय वासिन्दासित अधिक सम्पर्क जोडने अवसर मिलेन।
2004 मा मेरो एक आफन्तसित बीरपाडा जाने अवसर मिल्यो। केही विसञ्चो थिएँ त्यतिबेला मलाई ।  स्वास्थ्य ठिक थिएन । घरमा एक घरेलुु सहायकको अत्यन्तै आवश्यकता परेको थियो । सम्झेँ एक पन्थ दो काज , घुनाइ पनि हुने भयो भने घरको लागि घरेलुु सहायक पनि ल्याउने ।
मैले मेरो निजी गाडी लगेको थिएँ । मेरो आफन्तसित सिक्किमको राजभवनमा चालक गर्दै गरेको एक चिनारु पनि आएको रहेछ । वास्तवमा यही चालकलाई एक घरेलुु सहायक चाहिएको रहेछ। उसको आफन्तहरु रहेछन डुवर्समा। मूलत ऊ त्यहीको रहेछ। बीरपाडामा उसले खबर गरेको रहेछ।
यो समयसम्ममा मैले डुवर्सका लेखकहरुले लेखेका लेखहरु निकै पढिसकेको थिएँ ।  कविता , कथा, लेखादि र ती लेखनहरुबाट मैले डुवर्सको जनजीवनको एक छवि मेरो मनसपटलमा बसेको थियो । ती रचनाहरुबाट बुझिन्थे डुवर्समा गरिबी व्याप्त छ विशेषगरी त्यहाँका आदिवासी समूहमा। अशिक्षा , बेरोजगारी , चिया श्रमिकहरुको शोषण र उनीहरूको दयनीय जीवन। गोर्खाल्यान्ड आन्दोलनबाट त्यहाँका निमुखा गोर्खा समुदायको समर्पण तर पछि गएर उसलाई त्यो आन्दोलनबाट अलग गरिनु। केही लेखन आदिवासी नेपाली बिच आपसी समन्वय सौहार्दता पनि रहेको देखिन सकिएको थियो । डुवर्सको साहित्य फरक फ्लेभर रहेको मलाई लागेको हो। यद्यपि आदिवासी केन्द्रित लेखन भने देख्न पाएको थिइनँ। मलाई लागेको आदिवासीलाई समेटेर राम्ररी लेखेको कथा शमशेर अलीद्वारा लिखित एउटा कथा लाग्यो जो उनको 2014 मा प्रकाशित "सोल्दा ती गोर्खा मोल्तो बियोनी" कथा संग्रहमा संकलित छ। तर शमशेर अली डुवर्सेली होइन । मलाई अर्को खटकेको कुरा हो जुन घटना मैले पहिलोपटक डुवर्स जाँदा देखेको थिएँ त्यसको छेउछाउ समेटिने कुनै लेखन नदेखिनु। डुवर्सेली लेखनमा त्यसप्रकारको प्रसङ्ग नदेख्दा मलाई लाग्यो जो मसित घटना घट्यो त्यो विरल र अपवाद हुन्। नभन्दै प्रदीप गुरुङका केही कथाहरूमा गोर्खाल्यान्ड आन्दोलनको समय भएको हत्या र हिंसा बारे अवश्य देखेको हुँ। त्यतिबेला भएको हत्या र अपहरणको चित्रण सफलताको साथ गरेको छ। तर यो एक विशेष काललाई समेटेर लेखिएको हो र आम सामान्य रुपमा घटिरहने प्रकरण वा त्यो सामान्य समाजको प्रकरण अनुरुप होइन । कथाकार प्रदीप गुरुङ आफ्नो पेशामा मात्र डुवर्स रहेका हुन र स्थायी निवास भने कालिम्पोङमा रहेको छ। यसैले उनलाई डुवर्स निवासी वा डुवर्सेली साहित्यकार भन्न असमञ्जसता रहन सक्छ ।
ड्राइभर भाइ सिक्किममा काम गर्न अघि डुवर्समा सवारी चलाएको रहेछ यसैले जताततै चिनाजानी। पहिला ऊ बाग्राकोट बजारमा कसैको घर गयो। निकै समय बितायो। म दिक्दार भएर गाडीमा बसिरहेको थिएँ । निकै विसञ्चो भइरहेको थियो । मलाई लागिरहेको थियो कहिले ठेगानामा पुग्ने र बिसाउने भनेर । ऊ भने काका, मामा , साथी भन्दै कहिले कसको घर कहिले कसको गर्दै झण्डै एक घण्टा लगायो। 
गाडीमा एकलै पर्खिरहेको बेला मेरो मन बाग्राकोटको चिनजानहरुमाथि डुल्यो। त्यतिबेला मेरो स्मृतिमा बद्रीनारायन प्रधान र सुखमन मोक्तान आए । बद्रीनारायण सित त व्यक्तिगत साक्षात हुने अवसर मिलेन। तर उनले लेखेका केही अवश्य पढेको हुँ। उनले माक्सिम गोर्कीको प्रख्यात उपन्यास "आमा" नेपाली भाषामा अनुवाद गरेको भन्ने जानकारी थियो तर पढन जुटेन। सोभियत संघ विघटन अघि गोर्बाचेँभकै कालमा सोभियत रसियाबाट माक्सिम गोर्कीका केही कृतिहरु प्रकाशित भएको थियो । त्यही श्रंखलामा मैले तीनवटा किताब किनेको थिएँ । आमा, फोमागोर्देयेभ (उपन्यास ) र एक गोर्कीका प्रतिनिधि कथाहरुको संकलन। यो अङ्ग्रेजी अनुवाद मैले पढिसकेको थिएँ । यसैले पनि फेरि नेपाली अनुवाद पढन आकर्षित भइनँ। पछि उनको "च्याखुङ डायरी " भने चाख मानेर पढेँ। 
सुखमन मोक्तानसित मेरो व्यक्तिगत परिचय रहेको हो। डुवर्स क्षेत्रको एक दमदार ट्रेड युनियन नेता । गोर्खाल्यान्ड आन्दोलनमा सक्रिय सहभागी । हाल भारतीय गोर्खा परिसंघको राष्ट्रिय अध्यक्ष । उनको भाइ किशोर मोक्तान सिक्किममा कर्मक्षेत्र बनाएर बसेका छन्। सिक्किमको एक वरिष्ठ पत्रकार ।
हामी सिलगढीबाट बिहान 6 बजेतिर हिडेका थियौँ । बीरपाडा सोझै गए डेढ घण्टामा पुगिँदो रहेछ।  हामी बीरपाडा साढे एघाह्र बजे तिर मात्र पुग्यौं । जाडो महीना भए तापनि घाम लागिरहेको थियो र जाडो भएको थिएन । बीेरपाडामा एउटा दोकानमा पसेर चिया खाजा खाए पछि छेवैको चिया कमानमा जाने भयौं जो हाम्रो गन्तव्य थियो ।
चिया पिउँदै गर्दा मलाई किताबसिंह राईको सम्झना भयो । लाग्यो एकजना त रहेछ मैले चिनेको यो ठाउँमा । उनी सायद बीरपाडा कलेजमा प्राध्यापक थिए । धेरै अघि उहाँसित परिचय हुने क्रममा मलाई बताइएको थियो उहाँ एक कवि साहित्यकार मात्र नभएर सक्रिय समाजसेवक र शिक्षाविद पनि हुन्। एकपटक उहाँ डुवर्स क्षेत्रको शिक्षा समस्या लिएर बंगालको मुख्य मन्त्री ज्योति बसुसित टेबल टक गरेका थिए। यो कुरा उनीहरूले सगर्व सुनाएका थिए। पत्र पत्रिकामा किताबसिंह राईका कविता र लेखहरु छिटपुट पढेको हुँ। मलाई त्यतिबेला किताबसिंह राईको अनुहार आँखा अघि आएको लागेको थियो । गोरो सूर्याकार हँसिलो अनुहार । केही चिम्से आँखा । मझौला कद। शिरमा थोरै केशराशी। 
कमान्डर जीप थुप्रै गुडिरहेको देखियो । पुराना गाडीहरु अनि वाहनको क्षमता भन्दा धेरै सवार भएको । हुनसक्छ 12 वा पन्द्रह जना पनि। कति झुन्डिएर यात्रा गरिरहेको । ड्राइभरले बताए यो गाडी रामझोडा गएको हो। बीरपाडा बजार मुख्य बजार हो। बीरपाडा सानोतिनो शहरनुमा बजार लाग्यो मलाई । कलेज पनि रहेछ। साना साना होटल तर खासै स्तर र साफ सफाई रहेको भने होइन । केही सिकसिक लाग्दो । बजार निकै भीड। बजारको सिरानमा रेलको बाटो रहेछ। दुवैतिर साना साना किरानी पसलहरु। हामी यसप्रकारको दृश्य भारतको विभिन्न प्रान्त र क्षेत्रमा देख्छौँ। आम भारतीय मोफसल बजारहरु जस्तै फोहोर र अस्तव्यस्तता । ध्वनि प्रदुषणको व्यापकता । निकै गरम लागेको थियो मलाई । बिहान चिसो भएकोले स्वेटर ज्याकेट लगाएको थिएँ । ज्याकेट खोलेर राखेँ। केही चिसो पिउने मन भएको थियो तर स्वास्थको ख्याल गर्दै पिउनलाई रोकेँ। 
बीरपाडा बजारबाट दलमोर चिया कमान जाँदा भने निकै हरियाली देखिँदो रहेछ । बजार काट्न लागेपछि साना साना घरहरु । कच्चा बाटो । मैले लगेको सानो कार थियो । कारको लागि ठिक थिएन। त्यति टाडो छैन रहेछ दलमोर। केही क्षणमा प्रवेश भयो दलमोर चिया कमान क्षेत्रभित्र । 
एक चिया कमानको आवास गृहमा थामियो हाम्रो गाडी । घरबाट सबै परिवार निस्केर ड्राइभरलाई एकएक गर्दै अँगालो हालेर स्वागत जनाए । सबै प्रसन्न मुस्कान भरिएको अनुहारहरू । हामीलाई पनि सत्कारको साथ घरको दलानमा लगिएको थियो ।
परिवारसित बातचित भए। मीठा मीठा परिकार बनाएर राखिएका थिए । भोजनको समाप्ति पछि मैले चिया फेक्ट्री हेर्ने मनसाय जताएँ। छेवैमा थियो पाचँ हिडेर पुगिने । फेक्ट्रूूी पुरानो लाग्यो। साफ सफाई पनि नभएको । मैले अडकल काटेँ चिया कमानको आर्थिक अवस्था स्वस्थ छैन । भित्र कामदारहरु थिए । एक कामदारसित परिचय भयो उनी युनियन लिडर रहेछ। मसित हात मिलाएर भन्यो म एक दलित हुँ। उनले दलित शब्द यसरी प्रयोग गरेर भने कि उनी गर्वित छ त्यो पहिचानसित। मलाई खुशी लाग्यो । म व्यक्तिगत रुपमा जातलाई महत्त्व दिदिनँ। जात र जातीय चेतनाले हामीलाई कति साँघुरो र असहनशील बनाएको हुन्छ यसको चेतना मलाई मेरो आफ्नो डेढ महीने विदेश प्रवासबाट संज्ञान आयो । त्यो समयमा मलाई थाहा भयो जातबिना पनि बाँच्न सक्ने रहेछौं भन्ने कुरा ।
उसले म सिक्किमको हुँ भन्ने साथ मनिता मंगरकी नाम लियो । मलाई बताइयो मनिता यही हाम्रै ठाउँकी चेली हो र हाम्रै काखमा हुर्केकी हुन। सिक्किममा बिहे भएर गएर अहिले चेयरपर्सन भएकोमा हामी खुशी छौँ । हाम्रो नाक उँचा गरिदिएकी छ। सिक्किम प्रजातान्त्रिक मोर्चाले मनिता मंगरलाई  दलको एक उम्मेदवार बनाएको थियो नाम्चेबुङ समष्टिबाट। चुनावमा विजयी भएर विधान सभाकी सदस्या हुन पुगेकी थिई। 
फेक्ट्रीका ती कामदारहरु मलाई राजनैतिक रुपमा निकै सक्रिय रहेको लाग्यो । उनीहरू वाम समर्थक युनियनमा थिए । मैले श्रमिकहरुको समस्याबारे जान्ने जिज्ञासा राखेँ। उनीहरूले बताए कमानमा तीन प्रकारका कामदारहरू छन। स्थायी , अस्थायी र बदलिमा सीमित समयको आउने । तलब थोरै रहेछ दैनिकी हिसाबले 120 रुपियाँ जति । मशीनमा काम गर्नेहरुको भने केही बडी । अफिसमा थोरै कर्मचारी थिए र हाम्रो यजमान ती मध्ये एक थिए । आटा, कोइला, ग्यास सिलिन्डर कसैले जस्ता सुविधाहरु रहेछन। 
उनीहरूसित  अलग भएर म त्यहाँको अनेपाली र बाहिरबाट आएका माथिल्लो दर्ताको अधिकारीहरुसित बात मार्ने मनसाय भयो । मैले आफ्नो परिचय दिए पछि खुला रुपमा बात भयो । लेखा अधिकारी , सहायक प्रबन्धक दर्जाका अधिकारीहरु कुराकानी गर्दा एक भिन्न चित्र मेरो अघि आयो । कमानको आर्थिक स्थिति कमजोर रहेछ। उत्पादनमा कमी आएको छ। गुणात्मकता पनि सही भएको छैन । श्रमिक असन्तुष्टिको जल्दोबल्दो समस्या छ। कमान बन्द हुनेको कगारमा छ। यो कुरा निम्न दर्जाका कामदारहरुको भन्दा भिन्न थियो ।  उनीहरूले भन्थे कमान भरपुर लाभमा छ। मालिकहर मालामाल छन। तर श्रमिकहरुलाई उचित तनखा दिइरहेको छैन । ती युनियन नेताहरूले मलाई बताए केन्द्र सरकारले एउटा कानुन पास गर्दैछ जस अनुसार प्रत्येक श्रमिकलाई महीनाको १८ हजार तलब दिनु पर्नेछ । (यो १८ हजार उनले दैनिक ६ सय रुपैयाँको हिसाबले भनेका थिए। २०१९ मा मात्र भारत सरकारले दैनिक न्युनतम मजदुरी १७८ रुपैयाँ तोक्यो। हाल भारतको केराला मात्र त्यस्तो राज्य हो जहाँ दैनिक न्युनतम मजदुरी ६०० रुपैयाँ राखिएको छ।) यसबाट कमान प्रबन्धक उम्कनु पाउँदैन किनकि यो सरकारको हुकुम हो। दलमोर चियाबगान उति ठूलो थिएन । चिया बगान पनि सुकौरो लागेको जस्तो देखिन्थ्यो । हुनपनि वर्षदिन पछि खबर आएको थियो कमान बन्द भयो भनेर ।
पश्चिम बंगाल सरकारले भूमि उपयोगको निम्ति जमिनको वर्गीकरण गरेको छ। कृषि भूमिमा खेती र कृषकको गृह निर्माण हुन सक्छ । प्लान्टेसन भूमिमा चिया बगान वा त्यस्तै वाणिज्यिक खेती हुनसक्छ । यो निजी वा सरकारी जमिन हुनसक्छ। यस्तो भूमिमा पक्का गृह निर्माण गर्न दिइँदैन । निर्माण वाणिज्यिक खेती कै उपयुक्त रुपमा मात्र सम्भव हुन्छ । बन भूमि सरकारी संरक्षणमा रहन्छ ।  भारत सरकारले 1980 मा पारित ऐन अनुरुप सबै बन भूमिको उपयोग अन्य कार्यको निम्ति प्रतिबन्ध गरिएको छ। यसैले बन भूमिको स्वामित्व केन्द्र सरकार अधीन आउँछ। उद्योग भूमिमा उद्योग निर्माण गर्न सकिन्छ । 
अपरान्ह तीन बजेतिर हामी रामझोडा कमानमा गयौं । एक सुकिलो वस्त्रावरण गरेको युवक भेट्यौं । उनको चालढाल हेर्दा लाग्थ्यो उनी शिक्षित हुन भनी। जान्नमा आयो उनी बीरपाडा कलेजबाट डिग्री हासिल गरेर केही समय शिक्षक काम गरेको रहेछ। सायद त्यो अस्थायी नियुक्ति थियो । हाल उनी बेरोजगार रहेछन। एक जनजाति आदिवासी महिला बिहे गरेको रहेछ। महिला कमानमा स्थायी श्रमिक। सानो घर भए पनि स्वच्छ राखेको देखेँ । दलमोर चिया बगान प्लान्टेसन भूमि अन्तर्गत पर्छ। भूमि पश्चिम बंगाल सरकार अधीन हुन्छ र लिजमा दिइएको हुन्छ । 
उनीसँगको बातचितमा उनले त्यस क्षेत्रको हिंसात्मक परिवेशको बारे निकै जानकारी भयो । उनले बताए कमान बजारमा झैँ झगडा भइबस्छ। त्यो कुनै पनि कारणले हुनसक्छ । चाहे आपसी दुश्मनी होस या कुनै महिलाको बारे होस । कमान क्षेत्रमा मदपानको अधिक चलन छ यसैले पनि कलह मच्चिन्छ। कुनै बेला पञ्चायतबाट प्राप्त साना साना ठेकादारीमा पनि त्यस्तो हुन्छ। उनले मलाई बतायो आफू बाँच्नुको लागि पनि हिंसात्मक विधि अपनाउनु पर्छ यहाँ । यो ठाउँको जीवन नै यस्तो छ। यहाँ बहुसंख्यक आदिवासी छन तर उनीहरू पिछडिएका छन विकासको सहभागितामा । विकासको लाभ आदिवासीले भन्दा अन्यले अधिक उठाइरहेका छन। उनीहरूमा शिक्षाको पनि कमि छ। धेर जसो गरिब छन। आमा बाबुले छोराछोरी लालन पालन गर्न सक्दैन यसैले बालखमै यिनीहरू टाढा टाढा अर्काको घरमा भाँडा नाझ्न पुग्छन। कति त्यतिकै मर्छन मारिन्छ नभए पनि रात दिन प्रताडित भएर जीवन धान्ने गरेका हुन्छन। कति बलात्कार हुन्छन्  कसले सुनिदिने यिनीहरूको चित्कार!
रामझोडाबाट फर्केर आउँदा ड्राइभरले बतायो यो मान्छे एक नम्बरको गुण्डा हो। उसको काम दादागिरी गर्नु झगडा गर्नु । धेरै दुश्मन बनाएको कारण यो मान्छे बीरपाडा, माल, चाल्सातिर जाँदा एकलै कहिले जाँदैन । कोही न कोही उसको साथमा हुन्छ । पोहोरपरार तुर्सा खोलामा पिकनिक खानु गएको बेला मर्डर भएको थियो । लास अर्को दिन खोलामा भेट्टाइएको थियो । कतिजनाले शंका गर्छ यो मर्डरमा पनि ऊ इनभोल्भ छ। एउटा कमानमा हडताल हुँदा मेनेजर पिट्नेहरुमा यो मान्छे पनि थियो ।
बेलुकी साझँ पर्दा बास बस्ने ठाउँमा आइपुगेका थियौँ । एउटी सिकुटी काली र कुपोषणको सिकार भएकी जस्ती १३-१४ वर्षकी किशोरी ठिटी देखेँ। लामो लामो केश तर जटा परेको राम्ररी नकोरिएको। हामीसित जान तयार छिन रे। ऊ केही दिन अघिसम्म त्यही एक स्थानीय व्यापारी परिवारको घरमा थिए। दुई तीन महीना काम गरे। पारिश्रमिक पनि नदी घरबाट खेदिएकी रहिछ। उसको दोष वर्तन धुँदा एक प्लेट फुटेछ। प्लेट फुटायो भनेर केश जगट्याएर घरबाट निकालिएकी रहिछ। अति दरिद्र परिवार । हामीलाई भनियो उसको केशमा जुम्राको घारी छ। सुकेनाशको बिमारले भेटाएको जस्तो छ। हामीलाई नै विचार गर्न लगाए। मैले बात गरेँ उसलाई जबर्जस्ती जानू भनेको हो कि उ स्वेच्छाले जाने भनेको । उसले भनी जान्छु । यहाँ बसेर के गर्नु? आमा बाबुले अर्काको घरमा काम गर्नु पठाइहाल्छ।
हाम्रो यजमानको परिवारमा पति-पत्नी र उनीहरूको दुई छोरीहरू र एक छोरा थिए । सबै बेरोजगार । डुवर्स क्षेत्रमा त्यसबेला सम्म बेरोजगारीको ठूलो समस्या रहेको थियो ।
दिउँसोको भोजन गरे पछि हामी सिलगढी फर्केका थियौँ।
यसपछि भने वर्षमा एकपल्ट डुवर्स जाने शिलशिला कायम भयो । हाम्रो घरेलुु सहायिकालाई हामी एक महीना बिदा दिन्थ्यौँ घर जानलाई। उसलाई घर पुर्याउनु जाने गर्थे । यद्यपि म फर्किहाल्थेँ सिलगढी। एक साल सहायिकाको बाबुले बताए पञ्चायतले उनीहरूको घर बनाइदिने भएको छ। पक्का घर हुन्छ रे ठूलो पनि। पर बडा कमानमा जमिन छ त्यही बनिन्छ। अहिलेसम्म यो परिवार बसेको घर टहरा जस्तो मात्र थियो अनि धेरै सानो । मलाई आश्चर्य लाग्थ्यो कसरी अटाउँछ पाँच जनाको परिवार । टहरा ठूलो वर्षा वा हावा कुनै पनि थाम्न नसक्ने खाल्को थियो । केही समय अघि हात्तीले एक छेउ भत्काइदिएको पनि थियो । त्यो ठाउँमा वर्षैपिच्छे हात्तीले ताण्डव मच्चाउने । 
उसको पञ्चायतले घर बनाउनेछ भन्दा मैले अडकल काटेँ सायद यो इन्दिरा आवास योजना अन्तर्गत बनाउने होला । भारत सरकारको ग्रामीण मन्त्रालयको एउटा योजना थियो जस अन्तर्गत अनुसूचित जाति र अनुसूचित जनजातिका गरिब परिवारहरुको निम्ति घर निर्माण गरिन्थ्यो । यो त्यतिबेला डेढ लाख लागतको घर हुन्थ्यो । दुई कोठा, भान्सा घर, शौचालय सबै बनिन्थ्यो। पक्का घर, च्यादर, ईटा वा ढुंगाको देवाल लगाएर बनिएको। म स्वयम् सिक्किममा जिल्ला विकास अधिकारी रहँदा धेरैको घर निर्माण गरेका थियौँ । मैले सम्झेँ उसले त्यस्तै एक घरमा बस्न पाउँनेछ। यसले उनीहरूलाई धेरै सुविधा पुर्याउनेछ र घरवारविहीन रहनुको पीडाबाट मुक्त गराउँनेछ।
२०११ मा सिक्किम लगायत उत्तर बंगालमा निकै ठूलो भुइचालो गयो । यसले सिक्किममा जनधनको निकै क्षति पुर्यायो। यही भुइचालोले उसको घर पनि क्षति पुर्याएको खबर आयो । दुई तीन महीना पछि म गएँ। त्यो नयाँ घर हेर्न कस्तो बनाएको रहेछ र कतिको क्षति पुर्याएछ बुझ्नलाई। धेरै क्षति रहेछ भने केही आर्थिक सहायता पनि दिने। त्यतिबेला खबर यो पनि आएको थियो देवाल लडेर उसकी पत्नी घाइते भएकी छ र अस्पतालमा भर्ना भएकीछ। फोन गरेर पत्ता लगाउँदा थाहा लाग्यो त्यस्तो गम्भीर चोट लागेको होइन रहेछ तर छिमेकीले अस्पतालमा भर्ती हुनु सरकारले पैसा दिन्छ भन्यो रे। यसैले अस्पतालमा बसे । मेडिकल रिपोर्ट बनाउन पञ्चायतले सहायता गरे।
म घर हेर्न र सहायिकालाई घर पुर्याउन पुगेँ। घर हेर्दा म छक्क परेँ।  घर इन्दिरा आवास योजना कै आकार र नापमा बनिएको रहेछ। तर त्यो घर घर नभएर एक अलिक ठूलो टहरानै थियो ।  ढोका थिएन। दुईवटा कोठा रहेछन तर राम्ररी पार्टिसन नगरिएको । छानामा भाटाहरु काठ वा फलामको नभइ बाँसको लगाएको । एकापट्टि देवाल रहेछ ढुंगाको। सिमेन्टले बाँधेको थिएन सुखा थियो । मेरो हिसाबमा त्यो घरको निर्माण लागत ३० हजार भन्दा बडी होइन । मैले उसलाई सोधेँ कागजमा घर जिम्मा लिएको सही गरे? उनले सबै कागजमा सही गरेको बताए ।
उसकी पत्नीले मलाई भुइचालो जाँदाको अनुभव र पर्खाल भत्केर चोट लागेको कुरा सुनाई। खुशी हुँदै यो पनि भनी १३०००० रुपैयाँ पाउछु भनेको छ। मलाई लाग्यो त्यत्रो रकमले यो परिवारमा कत्रो उज्यालो छर्ने हो। छोरी झन खुशी भएकी थिई। अब ऊ कमानमै बस्ने हामीसित नआउने पनि भई। त्यो पैसाले दोकान खोल्ने । यद्यपि मेरो मनमा आशंका थियो के यो परिवारले त्यो पूर्ण रकम पाउँला? ईन्दिरा आवासको नाममा टहरा बनाएर दिनेले लाख रुपियाँ सक्लो देलान् ?
हुनपनि त्यस्तै भएछ। मलाई फोन आयो त्यो हाम्रो सहायिकाबाट। उसकी आमाले २० हजार मात्र पाइन् रे। यसमा धेरै जनाले सघाएका छन रे र सबैलाई दिनुपर्नेछ ।
यो केटी चतुर थिई र उसलाई शान्त गराउन पञ्चायतले उसलाई एक तालिम केन्द्रमा मनोनित गरिदिए। तालिम छ महीनाको निम्ति थियो । शिल्प पनि हासिल गर्ने र मासिक ५०० रुपियाँ भत्ता पनि पाउने ।

Comments

Popular posts from this blog

अगमसिहं गिरी (युद्ध र योद्धा ) आलोचना

             युद्ध र योद्धा : एक पठन                          पेम्पा तामङ      अगमसिहं गिरी भारतीय नेपाली साहित्यमा सर्वाधिक चर्चामा रहेको कवि हो। उनलाई मूलतः स्वछन्दतावादी कवि र जातीय कवि भनेर आलोचकहरूले चिनाएका छन भने कही कही अस्तित्ववादी भनी परिचय दिएको छ। उनका प्रारम्भिक कविताहरू भावनात्मक र करुणामय थिए यसैले उनलाई दुखवादी पनि भनिएको  हो। गिरीका कविताहरू आम चलनको भाषामा लेखिएका र प्रतीक र बिम्वको जडान थोरै रहेका छन। सरल , सहज र बोधगम्य रहेको हुनाले आम पाठकबीच लोकप्रियता बडी रहेको थियो। जीवन , मृत्यु , दुख , बिरह उनका कविताको भावलहरी रहेको छ। कल्पनाको निर्बाध उडान र जीवन परान्मुख रहेको मानिन्छ। जीवनलाई यसरी हेर्ने दृष्टि छायावाद र स्वछन्दतावा भनेर चिनिन्छ। हुनत छायावाद र स्वछन्दतावाद यी बाहेक अन्य पनि हुन। स्वच्छन्दतावादको प्रवर्तक विलियम वर्डस्वर्थको लेखन सिद्धान्त कविताको भाषा आम मानिसको बोलीको शैलीमा हु...

Circle of Karma -Bhutanese novel review

Circle of Karma   Authored by Kunzang Choden, a native of a small village in Bumthang District in  north-central Bhutan, Circle of Karma is the first English novel to emerge from the land of the druk (Bhutan),   the mythical dragon. Published in 2005, the novel instantly courted fame far and wide, and has since been translated into several languages. The novel had been short listed for the prestigious Elle Prix des Lectrices too. Choden was born in the year of the druk , or the year of the dragon, corresponding to 1952 in the Gregorian calendar. Since Choden was born into a prosperous family, her parents sent her to a convent school in Kalimpong when she was nine years of age. Choden recounts the initial difficulty she encountered in the school because, as is prevalent in Bhutan, she did not have a surname attached to her first name. Moreover her father’s name was Kunzang Dorje and the Reverend Mother of her school refused to believe that the father an...

Poetry of Puja Upadhyay

             दुई शब्द भूमिकाको                           पेम्पा तामङ      नेपाली साहित्यमा सर्वाधिक लोकप्रिय विधा कविता हो र सर्वाधिक रचना यसैमा देखिन्छ। कविता एक यस्तो विधा पनि हो  जसले कवि अनि रसिक दुवैलाई आकर्षित गराउँछ। कविलाई अनिवर्चनीय आनन्द बोध गराउँदछ कविता सृजनामा। यसैले पनि कवि शब्द सुधाको धारा बहाउन चञ्चल रहन्छ। हुनत कविता व्यक्ति र समाजमा जोडिने एक सेतु पनि हो। नेपाली कविताको पहिलो कविता मानिने सुवानन्ददासको लेखनलाई हेर्नु हो भने कविता एउटा त्यस्तो सशक्त माध्यम हो जसको सहाराले एक निरीह व्यक्ति सर्वशक्तिमानसित  संवादमा रहनुसक्दछ।   कुनै पनि कविताले व्यक्तिलाई एकदेखि अनेकमा पुर्याउने क्षमता राखेको हुन्छ। कविता एक परम्परा निर्वाह हो। कुनै पनि कवि अनेकौं पुस्ताको प्रतिविम्ब हुन्छ , चाहे त्यो रूपमा होस , विचार वा दर्शनमा होस या फेरि फगत भाषिक परम्परामा। तर कुनै कविताले परिचय त्य...