दान्तेको संसार
अलिघियरी दान्तेको जन्म ई 1265मा भएको थियो र मृत्यु ई1321मा। यसबेला किपलर, कोपर्निकस, गेलिलियो कोही पनि जन्मेका थिएनन् जसले पृथ्वीको खगोलिय धारणामा परिवर्तन ल्याएका थिए। यसैले दान्ते त्यसबेला प्रचलित टोलेमीको सिद्धान्तमा रहेका थिए। उनको भूगोल धारणा अहिलेको भन्दा फरक देखिन्छ । आफ्नो कृति "डिभाइन कमेडी" मा यही प्राचीन अवधारणामा आधारित विश्व उनले देखाएका छन्।
पृथ्वी स्थिर देखिन्छन् र घाम लगायत अन्य ग्रहहरू पृथ्वीको परिक्रमा गर्छन। घाम एक ज्योतिपुञ्ज तारा नभएर ग्रहनै मानिएको छ। नौ ग्रहहरूमा जुन, घाम, मर्करी, भिनस, जुपिटर, मार्स, सेटर्न, आठौंमा स्वर्गका स्थिर ताराहरू र नवौँमा क्रिस्टलाइन हेवन वा प्राइमम मोबाइल। यी सबै ग्रहहरू पृथ्वीको परिक्रमा गर्छन।
आकाशका सबै ग्रहहरूलाई स्वर्गका स्तर दिइएका छना। चन्द्रमा पहिलो स्वर्ग, मर्करी दोस्रो , भिनस तेस्रो, सूर्य चौथो, मार्स पाँचौं , जुपिटर छैटौ, सेटर्न सातौँ, तारामण्डल आठौ, प्राइमम मोबाइल नवौँ र ईम्पिरियम दशौँ स्वर्ग।
उत्तर हेमिस्फेयर र दक्षिण हेमिस्फेयर छुट्टयाइएको भए पनि मान्छेको आवादी उत्तरी हेमिस्फेयरमा मात्र रहेको देखाइएको र दक्षिणी भाग पूर्णत जलमग्न रहेको देखाइएको छ। यही जलमग्न दक्षिणी भागमा पर्गेटरी पर्वत रहेको छ जसबाट चडेर मृताम्मा आफ्नो पापबाट मुक्त हुनसक्छ । यस्तो पर्वत उत्तरमा माउन्ट जायोन भनिएको छ। पर्गेटरीमा मानवजातिलाई प्रवेश निषिद्ध छ तर जायोनमा उ जान सक्छ।
उत्तरी हेमिस्फेयरको भूस्थल पश्चिममा अफ्रिकाको मोरोक्को र पूर्वमा गगां नदी सम्म देखाइएको छ। घाम यही गगां नदीबाट उदाउँछ र मोरोक्कोमा पुग्दा अस्ताउँछ। अमेरिका, अस्ट्रेलिया जस्ता देशहरूका अस्तित्व देखिन्न। ईजराइललाई संसारको मध्यभाग मानिएको छ।
इण्डियाका मानिसहरू बप्तिस्मा नलिएका भनिएको छ। इण्डियामा आगोको गोला बर्सिन्छ भनेर लेखिएको छ। अलेकजाण्डरले त्यो आगोको गोलालाई पैतालाले थिच्नु पर्छ भनेका थिए'रे।
Comments
Post a Comment