मृत्युको आभास
वर्षायाममा गान्तोक सिलिगुडीको यात्रा जोखिमपूर्ण हुन्छ। बाटो बिग्रेको हुन्छ । हिड्दा हिड्दै पहिरो जाने खतरा रहन्छ । त्यो दिन विहानदेखि पानी परिरहेको थियो । मलाई मनमा सन्त्रास त थियोे तर सिलिगुडी जानू पर्ने बाध्यता पनि थियो ।(जुलाई 1996)
गान्तोकबाट विहान सात बजे निस्केका थियौँ । गाडीमा हामी दुई मात्र - ड्राइभर अनि म। झरी झरिरहेको थियोे मुसलधारे त होइन तर एकनासे धारा बहिरहेको। बत्तीस माइलको फरेस्ट पार्क काटेपछि हामीले देख्यौं केही गाडीहरू रोकिरहेका थिए । एक पाखाबाट ढुगां झर्दैथिए। ड्राइभरले गाडी रोकेर हेर्न थाले । मैले भने चाडो हिडिहाल नत्र पहिरो आए हामी अडकिनेछौ। उसले फेरि तेज गतिमा गाडी चलाएर पहिरो काटियो। उतापट्टिको एक व्यक्तिले लामो जिब्रो निकालेर भने कसो ढुंगाले लागेन गाडी नाघेर गयो । तपाईंहरू भाग्यले बाचे आज उनले भने।
त्यतिबेला देखेँ सबै निमटारको बगरमा हेरिरहेका थिए । मैले देखेँ खोलामा एक अधबैंसे मान्छेको वस्त्रविहीन लाश थियोे ।केही पुलिसहरू त्यहाँ उभिरहेका थिए । सायद त्यो लास माथि कतै बाट बगाएर ल्याएका थिए।
सिलिगुडी पुग्न ढिलो हुन्छ भनेर फेरि ड्राइभरलाई हिड्नु लगाएँ।
सिलिगुडीको सुवुक बजारसम्म फेरि सामान्य रुपले आइपुग्यौ। सुवुकको बाटोमा प्रवेश गरेर केही दुरी तय गरे पछि हामीले एक बीभत्स दृश्य देख्यौं । बाटोको छेउमा एक दस बाह्र वर्षको बालकको लाश थियो । शिरबाट खुन बगिरहेको थियोे । उसको हात खुट्टा फैलिएको थियोे । आँखा तर खुलेको एक तमाश निर्निमेश हेराइ। यो बालकलाई कुनै वाहनले कुच्याएर मारेको स्पष्ट थियो । मनमा एक विषाद रह्यो । त्यतिबेला मैले ड्राइभरलाई हेरे मलाई अचम्भ लाग्यो उसको अनुहार कुनै भाव थिएन मानौ केही भएकै छैन । माथि बत्तीस माइलमा लास देख्दा पनि उसले कुनै भाव देखाएको थिएन । मलाई यसले झन विचलित बनाएको थियो । मन खिन्न भइरहेको थियोे । आज कस्तो सयोंगमा हिडिएछ लागिरहेको थियोे । त्यहाँ हामीले केही गर्न सक्ने केही थिएन ।
त्यो दृश्यबाट फेरि हामी ओझेल भएर सुबुकको बाट पार गर्न लागेका थियौँ र अब सालुगढा पुग्न केही दुरी मात्र तय गर्नु थियोे । दाहिने पट्टिको बिजुली पोस्टमा एक व्यक्ति झुन्डिएको देखेँ। पहिला त सम्झे किन झुन्डिएको भनी। तर राम्ररी हेर्दा थाहा उ निष्प्राण थियो । सायद उ कुनै बिजुली कर्मी थियोे र मर्मतिको काम गर्दा बिजुलीको करेन्ट लाग्यो। उसको मृत्यु त्यतिबेलै भयो । निकै नजिकबाट हेर्दा थाहा भयो उसको हात तारमा टासिंएको थियो र शिर लत्रिएको थियोे । उसले कालो वस्त्र लगाएको थियोे । भोलिपल्ट सुनचरी दैनिक समाचार पत्रमा यस बिजुली कर्मीको इलेक्ट्रिक्युसन भएको खबर छापिएको थियो । मृतक एक स्थानीय बगांली समुदायको व्यक्ति रहेछ र पश्चिम बगांल बिजुली परिषदको अस्थायी कर्मचारी रहेछ। तर सुबुक रोडमा त्यो दुर्घटनामा परी मृत्यु भएको बालखको खबर भने छापामा आएन।
मैले ड्राइभरलाई भने कस्तो लोदर दिनमा हिडनु परेछ। मलाई एकदम डर लाग्यो । हामीलाई केही हुनुथ्यो। के कुराले टर्यो अथवा यस्तो दृश्य बारबार देख्नुपर्यो। तर ड्राइभरले नसुनेको जस्तै गरेर एकोहोरो गाडी चलाइरह्यो।
त्यो दिन हामी सिलिगुडी मै बस्यौं । बेलुका मैले फेरि सोधेँ के तिमीलाई केही भएन? उसले सहजमा जवाब दियो केही भएन। यो केही होइन । मलाई उसको कुरा सुनेर झन डर लागेको थियोे । कस्तो खाल्को मान्छे भावना शून्य लाग्यो।
अर्को दिन गान्तोक फर्केर आयौँ। हप्ता दिन पछि उसले आएर मलाई भन्यो सर मलाई ट्रान्सफर गरिदिनोस म ट्रक चलाउनु पर्यो। शिम्फेडको एउटा ट्रक थियोे । मेरो गाडी चलाउन अर्को ड्राइभर आए र उसले ट्रक चलाउन थाल्यो।
जनवरी महिनामा पूरा सिक्किममा जाडो हुन्छ विशेष गरि माघेमेला समयमा । जाडो निकै भइरहेको थियोे । त्यो सिम्फेडको ट्रक सिलिगुडीबाट समान लिएर जोरथाङ गएको थियोे ।
अर्को दिन हाम्रो कार्यलयमा खबर आयो त्यो ड्राइभरको अचानक मृत्यु भयो। त्यो साझँ निकै जाडो थियो । बेलुका आगो पुरा तापेर ड्राइभर ओछ्यान लागेको थियोे त्यतिनैबेला उसलाई स्ट्रोक भयो। कुनै उपचार गर्ने समय पाएन। उसलाई निकै समय अघिदेखि उच्च रक्तचापको रोग थिएछ। दवाई केही लिदैन थिएछ। रक्त चाप अधिक हुनेहरूले आगो ताप्न हुदैन । रक्त चाप अत्यधिक बडने र स्ट्रोक हुने भय रहन्छ। उसलाई त्यही भएको थियो।
गान्तोक सिलिगुडी हाम्रो त्यो यात्राको पछि छ महीना (जुलाई 1996-जनवरी 1997)पनि उसको जीवन काल रहन सकेको थिएन ।
Comments
Post a Comment