हिगलको र मार्क्सको कुरा
उत्तराधुनिक सिद्धान्तका किताबहरू पढदा एउटा प्रसङ्ग इतिहासको अन्त पनि आउँछ। यही इतिहासको अन्त शीर्षकमा फ्रानसिस फुकुयामाको किताब विश्व प्रसिद्ध रहेको छ । यो किताब प्रकाशित भएको त झन्डै तीन दशक हुनलाग्यो तर यस किताबको अझ पनि प्ररासंगिकता समाप्त भएको छैन ।
यो किताब हिगलको दर्शनमा आधारित छ। त्यसो त यो किताबले सम्पूर्ण विश्वको राजनीतिलाई समेटेको छ। देशको नीति निर्धारक, राजनीतिज्ञ र विश्वमा घटिरहेको घटनाक्रमको जानकारीको निम्ति यो किताब एक श्रेष्ठ सन्दर्भ ग्रन्थ हो ।
किताबमा हिगल र मार्क्सवादमा रहेको द्वन्द्ववादको विषयमा पनि निकै लेखिएको छ । द्वन्दवाद राम्ररी बुझ्नलाई हिगलको सिद्धान्त जान्नु पर्ने आवश्यकता हुन्छ । यसको निम्ति हिगलको Phenomenology of Spirit अति महत्त्वपूर्ण स्रोत ग्रन्थ हो।
हिगलले विश्वको इतिहासलाई नयाँ प्रकारले व्याख्या गरेको छ। उनले मानव समाजलाई दुई भाग गरेर हेरेका छन, दास र मालिक । मालिकलाई कुनै समस्या छैन र उ आत्मसन्तुष्ठ छ किनकि उसको सेवा पुर्याउने उसको दास छँदैछ। यसैले मालिक वर्ग परिवर्तनकारी हुदैनँँ, उसलाई परिवर्तनको खाँचो छैन । दुख र कष्ट त दास वा नोकर नोकर्नीलाई छ। यसैले यहीँ तल्लो वर्गको मान्छेले प्रयाश गर्छ उसको दुख कसरी घटने। कसो गर्दा उसको जीवन सहज हुन्छ । यही आफ्नो दुख घटाउने प्रयाशबाट नयाँ नयाँ तकनिक बिकास भयो, समाजमा परिवर्तन भयो र इतिहास कायम भयो वा इतिहासको गतिमा परिवर्तन आयो । हिगलले अर्को के कुरामा विचार गरेको रहेछ भने मान्छे आफूलाई आफ्नो परिचयको सकंट भइरहेको हुन्छ । उसको यही परिचयको संकट उदघाटनले उसलाई अन्य प्राणी जगतबाट अलग गराउँछ किनकि अन्य पशुमा परिचयको संकट हुदैन । मान्छेको यही चेतनाले उसलाई प्रकृतिबाट अलग वा पलायन गराउँछ। मान्छेले यसैैैैले आफ्नो परिचय र आत्मसम्मानको निम्ति संघर्ष गर्छ। प्राचीन कालमा राजा वा ठूला ठूला सामन्ती बीचको युद्ध यसैकारण पनि हुन्थ्यो । समाजमा आफ्नो उपस्थिति देखाउन एवम आफ्नो प्रभुत्व देखाउन उसले युद्ध निम्त्याउँछ । आफ्नो शान देखाउने प्रयासले मानव समाज एकार्कामा भिडन्त हुन्छ।
हिगलको दर्शनले भन्दछ मान्छेले नयाँ समाज वा राष्ट्र निर्माण गर्न निरन्तर प्रयाश गरिबस्दछ। तर यो प्रयास अनन्त नभएर एक निश्चित व्यवस्थामा स्थिरता आउनेछ । यही हो इतिहासको अन्त।
यो निरन्तर प्रयासको प्रक्रिया द्वन्दात्मक रुपमा हुन्छ । एउटा विचारको प्रचलन पछि त्यो विचार सफल वा असफल छ त्यसमाथि विचार हुन्छ । हिगलले यसलाई अमूर्त(abstract) र विरोधी(negative ) बिचार भनेको छ। यस विचारको द्वन्द्व बाट एक ठोस (concrete ) प्रत्यय विकास हुन्छ । फेरि पुनः यसको शिलशिला अघि बडछ। यसलाई थेसिस, एन्टिथेसिस र सिन्थेसिस त्रय प्रमेय पनि भनिन्छ ।
हिगलको दर्शनलाई जर्मन आदर्शवाद भन्दछ । यसमा बुझिनु पर्ने कुरा के छ भने ख्रिष्टान धर्मले झै यस दर्शनले समाजको निम्न वर्गको उन्मुक्तिको कुरा गर्दछ। तर धर्ममा मरेपछि मात्र मुक्ति पाउदँछ भने हिगलले जीवन कालमा नै मुक्तिको कुरा गर्दछ।
हिगल उन्मुक्त प्रजातन्त्रको समर्थनमा रहेछन किनकि उनी मान्दछन उन्मुक्त liberal ) प्रजातन्त्रमा मात्र मानव जीवन सन्तुष्ट हुनसक्दछ।
कार्ल मार्क्स र हिगलमा गहिरो सम्बन्ध छ। हिगलको यही द्वन्दवादी दर्शनको आधारमा मार्क्सले उनको विचारधारा निर्माण गरेको छ । हिगलको दर्शन नबुझी मार्क्सवाद बुझन गाह्रो पर्छ। कार्ल मार्क्सलाई हिगलको सर्वोत्कृष्ट व्याख्याता पनि भन्दछ। कार्लमार्क्सकै व्याख्याले गर्दा हिगल व्यापक चर्चामा आउन लाग्यो । यद्यपि कार्लमार्क्सले आफ्नो लेखनमा हिगलको व्यापक आलोचना पनि गरेका छन।
हिगलको मालिक र दासको द्विचर सम्बन्ध मार्क्समा आएर वर्ग द्विचर बन्दछ - बुर्जुवा र सर्वहारा।
हिगलले समाज परिवर्तन अथवा इतिहासमा मोड सामुहिक ईच्छा वा चेतना ( Spirit) को कारण हुन्छ भनेको छ। मार्क्सले (Spirit) सामुहिक ईच्छाले होइन आर्थिक कारणले हुन्छ भनेको छ।
हिगलको अनुसार आदर्श राष्ट्र उन्मुक्त प्रजातन्त्रमा मात्र हुन सक्छ भनेको छ जहाँ सबैै नागरिकको समान अधिकार हुन्छ र समाज भेदभाव रहित हुन्छ। मार्क्स उन्मुक्त प्रजातन्त्रको विरोध गर्दै भन्छ शासनमा बुर्जुवाको कुनै भूमिका हुनुहुँदैन र पूर्णतय सर्वहाराको शासन हुनुपर्छ । समाजको निम्नतम वर्गले गरेको शासननै न्याय पूर्ण हुन्छ।
हिगल मानवीय उद्वेग वा उद्दीपन महत्त्वपूर्ण ठान्छन् समाजमा हुने धेरै घटनाहरूको निम्ति । निम्नवर्गको इच्छाशक्ति र सृजनात्मकतानै इतिहास परिवर्तनको कारण मान्छ। तर मार्क्सको दर्शनमा मानवीय भावनाको कुनै स्थान छैन । मान्छेमा त्यसप्रकारको वैचारिक परिवर्तनको अपेक्षा राखिन्छ । परिवार भावना मात्र हो। निजी सम्पत्ति हुनु हुदैन र सबै सार्वजनिक हुनुपर्छ । व्यक्तिवादी धारणा नकारिन्छ।
मार्क्सको प्रसिद्ध राजनैतिक नारा "Workers of all the world, unite " पनि हिगलको विचारमा आधारित देखिन्छ । हिगलले भनेका थिए इतिहास दासबाट प्रेरित छ र उनीहरूले मात्र परिवर्तन गर्न सक्छ । श्रमिक समाजको निम्नतम वर्गमा आउदँछ र उनीहरू मात्र परिवर्तनको पक्षमा आउन सक्दछ। यसैले मार्क्स आव्हान गर्दछ।
बीशौँ शताब्दी मार्क्सवादी धारणाले पूर्ण प्रभावित थियोे र विश्वको आधा भागमा मार्क्सवादबाट प्रेरित शासन व्यवस्था थियो । तर सोभियत सघंको विघटनको साथै मार्क्सवादको अवसान प्रारम्भ भयो । सोभियत सघं विघटन पछिको रसियामा कम्युनिस्ट पार्टी खोल्न प्रतिबन्ध लगाइयो। चिनमा कम्युनिस्ट शासन रहे तापनि अर्थव्यवस्था पूँजीवादी छ। भियतनाममा पनि शासन कम्युनिस्ट रहे पनि अर्थव्यवस्था पूँजीवादी राखियो । जाक डेरिडाले भनेको छ मार्क्सवाद मरेर प्रेत बनिसकेको छ। तर प्रेत दृश्य /अदृश्य भएर रहन्छ र यो अमर रहन्छ । यसैले मार्क्सवाद मरे तापनि यसको भय हामीसित रहनेछ । वास्तवमा उनको भनाइको अर्थ हो एउटा विचारधाराको रुपमा मार्क्सवाद सधैं रहनेछ र पूर्णतय समाप्त हुनेछैन ।
फ्रानसिस फुकुयामा बताउँछ अहिले समकालीन समयको घटना परिघटनालाई व्याख्या गर्दा हामीलाई मार्क्सवाद होइन तर हिगलको दर्शन सहायक देखिन्छ । वर्तमान समय भइरहेका धेरै राजनैतिक परिवर्तन र घटनाक्रम हिगलको सिद्धान्तले मात्र सटीक विश्लेषण गर्न सक्दछ।
Comments
Post a Comment