Skip to main content

Tamang Women

तामाङ महिलाको पहिचान 

केथरिन मार्च अमेरिकाको कोर्नेल विश्वविद्यालयमा एन्थ्रोपोलोजीको प्रोफेसर हुनुहुन्छ । नियमित सेवाबाट अवकाश पछि उहाँ हाल यही विश्वविद्यालयमा ईमेरिटस प्रोफेसर रहनु भएको छ। उहाँको अनुसन्धानको मुख्य विषय नेपालमा तामाङ महिला रहेको थियो । उहाँको अध्ययन अनुसन्धानको क्षेत्र एसियाको साहित्य , धर्म र संस्कृति रहेको छ। लैङ्गिक अध्ययन पनि उहाँको प्रमुख अध्ययन अनुसन्धान भित्र पर्दछ।

केथरिन मार्च 10- 12 वर्ष अघि गान्तोकमा आयोजित एक अन्तर्राष्ट्रिय कार्यक्रममा आउनु भएको थियो उहाँको पति डेविड होमबर्गशसित। उहाँसित छोटो परिचय भएको थियो मेरो ।  त्यतिबेला उहाँ तामाङ वस्त्र स्यामा र ग्या मा नै लगाउनु भएको थियो ।
हालै उहाँले नेपालको जनजाति महासघंले आयोजना गरेको भरचुल कार्यक्रममा नेपाली भाषामा वार्ता दिनु भएको थियो जो उहाँले सामाजिक सञ्जालमा साझा गर्नु भएको थियो । उहाँको यो वार्ता नारीवाद, जनजातिको अध्ययनको दृष्टिबाट अत्यन्तै महत्त्वपूर्ण लाग्यो ।
यो वार्तामा उहाँ भन्नुहुन्छ पारम्परिक तामाङ समाज पितृ समाज भएतापनि पितृसत्तात्मक समाज होइन । महिला समस्या भनेको पितृसत्ता हो। यसबाट नारीवादको अध्ययनको एउटा नयाँ पाटा खुलेको स्पष्ट देखिन्छ ।  
पारम्परिक तामाङ समाजमा तामाङ महिलाको कस्तो अवस्था थियो यो पनि यस वार्ताबाट धेरै बुझिँदो रहेछ।

भारतीय तामाङ समाजमा तामाङ महिलाहरूको जीवन यही अनुरुप मैले कहि देखेको छुइनँ। यहाँ इन्टरसेक्सनल सिद्धान्तको कुरा गरिएको छ। यही सिद्धान्तको प्रभावले तामाङ समाज र महिलामा व्यापक परिवर्तन आएको छ। 

यो केृथरिन मार्चले नेपालीमा बोलेको वार्ता हो। यसलाई सच्याउने गरेको छुइनँ जतिसक्दो जस्ताको त्यस्तै राखिदिएको छु। 

लेख निकै लामो छ। तर यो हाम्रो निम्ति एक नयाँ ज्ञान भएको छ। मलाई लाग्छ यो हाम्रो यतातिरको लैङ्गिक अध्ययनमा परेका विद्यार्थी शोधार्थी एवम
 हितकारीहरूको निम्ति उपयोगी रहनेछ ।

सबैजनालाई दाजुभाइ दिदीबहिनी आखिरमा अहिले तपाईंहरू मध्येमा भाइबहिनी मात्र होला । मेरो त उमेर गएर रिटायर भइसकेको मान्छे । तिमीहरूले मलाई यस्तो धर्म गर्नु भएको छ बोलाएकोमा। अनि म सबैजनालाई नमस्कार , फ्याफुजी, सेवारो, च्याचलो, टासी डिले, ज्याजलापो सबै भन्न चाहन्छु ।
यस्तो टक प्रोग्राम यस्ता छलफल गर्नु पाएकोमा धेरै खुशी लागिरहेको छ।
गोविन्दजी, सुखबीरजी, अनि नेसनका सबै नेताहरू जुन मध्येमा मलाई एकदम खुशी छ हाम्रो पुरानो विद्यार्थी डा ओम गुरुङ पनि हुनुहुन्छ। अनि सबैलाई नेसनको कांममा अनि नेपालको जनजातिको अधिकार अनि मौकाहरू बडाउनको लागि धेरै ठूलो ठूलो धन्यवाद भन्न चाहन्छु । हाम्रो विद्यार्थीहरूमा मुक्तसिंह लामा, बीना प्रधान, डम्बर चेम्जोङ अलिन लिम्बू यिनीहरू चाहिँ उत्थानको शक्ति हो। हुन चाहिँ यो उत्थानमा गुरु सा घुर चेला पो चिनी भन्नू पर्नेछ । तपाईहरू अहिले भने चाहिँ मलाई भन्दा धेर थाहा हुन्छ । मेरो विषय चाहिँ त्यतातिर होइन जस्तो छ। किनकि मैले राजनीतिमा त्यति त हेरेन। म त गाउँमा बस्ने केटी हुँ। अनि मेरो मातृकाभाषा (मातृभाषा) पनि अङ्ग्रेजी हो। आखिर मातृकाभाषा (मातृभाषा)  चाहिँ तीनटा छ , अङ्ग्रेजी , जर्मन र फ्रेन्च । तर त्यसकारण तपाईंहरूबाट म सहयोग माग्छु मेरो अहिलेको भनाइमा। पहिला कुरा किनकि कस्तो छ भने म गाउँमा सिकेको छु नेपाली भाषा  । अनि अहिलेको टक प्रोग्राम जस्तै शब्दहरू लैङ्गिक,  यौनिक, लैङ्गिकता, आन्दोलन, अधिकार अब त गाउँमा बस्दा शब्दकोषमा रहेनथ्यो। म गाउँमा बस्दा। म गाउँमा बस्दा महिला शब्द पनि सुनेन। त्यतिखेर आमा, दिदीबहिनी , छोरी, बुहारी ! बज्यै, नातिनी त्यस्तो त महिला भनेको त्यतिखेरको म अनुसन्धान गर्थे  गर्दा म 30 सालमा आएको छु 32 सालमा सेर्पा गाउँको सोलखम्बुमा बसेँ। पूर्व 3 नम्बर भन्थे मान्छेहरू । अनि त्यसपछि बसाइँ सरेर पूर्व एक नम्बर धादिङ नुवाकोटमा आएको छु। त्यतिखेर महिला भनेको शब्द चाहिँ खालि शौचालयमा मात्रै अनि शौचालयको पनि शब्दै थिएन । त्यस्तो कुरा पनि त्यस्तो शब्द पनि एक फेन्सी, मडर्न ठाउँमा होटलमा मात्र भेट्थ्यो। महिला नारी त्यस्ता शब्दहरू पनि ती क्षेत्रमा मात्र सुनिन्थ्यो।
म तपाईंहरूसँग एउटा निवेदन गर्न चाहन्छु  किनकि यो मेरो मातृकाभाषा (मातृभाषा) होइन । गाउँमा सिकेको कारणले अहिले तपाईंहरूले सम्झेको जस्तै महत्त्वपूर्ण कुरा  अनि माथिको कुरा बारे छलफल गर्न टाइम टाइममा म तपाईंहरूको साथी (सहयोग )  माग्छु शब्दको बारेमा ।
प्रथम कुरा हो हामीले च्यालेन्ज गर्नु पर्छ भने त्यो महिला शब्द भनेको। महिलाको श्रेणी के हो? what does it mean to be a woman ? महिला भनेको के मतलब ? के कारण हो?  एउटा पुरानो फोटो राखेको छु। तामाङ महिला तामाङको लुगा स्यामा बुन्दै गरेकी। अब उसको दृष्टिबाट हेर्ने कोशिश गरेको छु। महिला भनेको के हो?
तामाङ महिला भनेको के हो? तामाङ भनेको के हो? त्यतिखेरको एउटा category मा भनेर शब्द थिएन । अब तामाङ भाषामा महिला भन्न खोजेको छ भने नुवाकोट धादिङ तिर तामाङ भाषामा आम्मामा, आमाहरू भन्थे । माथि रसुवातिर तिनीहरू चाहिँ अलिकति फरक भन्थे । तर आम्ममा अब त्यो त महिला होइन । अब महिला भनेको सबै आमा होइन कुनैकुनै छोरी पनि हुन्छन् कुनैकुनै नातिनी हुन्छन् कुनैकुनै श्रीमती पनि हुन्छन् । त्यसकारण त्यतिबेला आइडिया पनि हुर्केको थिएन । महिलाहरूले आफ्नै चाहिँ आफ्नो दृष्टिबाट एउटै श्रेणी हुने एउटै अधिकार हुने झन group  बनाएर collectivity  झै महिलाहरूको collectivity  कुनमा के जगमा बनाएको छ?  त्यतिखेरको बाट what does it mean to be a tamang woman ? अब तामाङ भाषामा खोज्न मन लागेको छ भने चाहिँ त्यो तामाङस्या भन्थ्यो। स्या को अर्थ चाहिँ स्वास्नी हो। म त्यसमा सोचेको छु त्यतिखेरको नेपाली भाषामा मैले महिला चाहिँ त्यति सुनिनँ त्यो शौचालयको साइनबोर्डको context  बाहेक । मैले के सुनेको छु स्वास्नीमान्छे , छोरीमान्छे अब त्यस्तो अब ती शब्दबाट त्यसको collectivity  के जग के हो? आफ्नै चाहिँ पहिचान कि स्वास्नीको थ्रु बाट अनि स्वास्नीमान्छेको इन्ट्रेस्टहरू च्यालेन्जेजहरू डिफिकल्टिजहरू समस्याहरू के थियो भने स्वास्नी मान्छेको कलेक्टिभिटि भयो । आम्मामा तामाङ भाषामा आमा भएको हुनाले कसरी त्यसको एकता बनाएको छ भन्न खोजेको हो । अनि तामाङस्या हुनलाई त्यसको अर्थ के हो सबैले भन्थे खोज्थे तामाङस्या हुनलाई तामाङ स्वास्नी हुनलाई त्यो एउटा तामाङ थर रुई मा जन्मेको हो। एउटा तामाङस्या हुनलाई आफ्नो थर चाहिँ तामाङको थर हुने खोजेको हो। केटी मान्छे अघि थरमा जन्मेको तिनीहरूको कलेक्टिभिटि दुईवटा थिए । एउटा चाहिँ बुसिङको रुपबाट थिए । यो शब्द दाजुभाइको शब्द हो। दाजुभाइले भन्थे आफ्नो चेलीबेटी । बुसिङ भनेको चेलीबेटी हो। अनि सबै तामाङस्या चाहिँ  कसैको चेलीबेटी भएर आफ्नो थरको पहिचान भइरहन्थ्यो। अर्को छ अननिन्छेन। अननिन्छेनको अर्थ चाहिँ त्यस्तो शब्द नेपालीमा छैन । छोरीमान्छे जुन एउटै थरमा जन्मेको छ भने यिनीहरू एकजनाले अर्कोलाई अननिन्छेन भन्थे । बुसिङ जस्तै हो तर केटीमान्छेको दृष्टिबाट । छोरीमान्छेको दृष्टिबाट। जुन तामाङ छोरीमान्छेहरू सबै एउटै भए भने आफूलाई अननिन्छेन भन्थे ।
मान्छे मरेर गयो भने बत्ती बाल्नु पर्थ्यो अननिन्छेनले।  छोरा मान्छेले केश काट्नु पर्ने र अन्य महत्त्वपूर्ण काम गर्नुपर्थ्यो। 
तामाङस्या हुनलाई  what does it mean to be a tamangshya? It means to be बुसिङ in relation to your brothers in your clan and to be अननिन्छेन  in relation to your sisters in your clan. अब अर्को चाहिँ तामाङ भाषा बोल्ने , तामाङ परम्परा मान्ने, तामाङ लुगा र गहना लाउने जस्तो रहेको थियो । तर त्यो चाहिँ अब महेन्द्रजीले भने जस्तो पहिचानको कुरा कलेक्टिभिटिको कुरा चाहिँ बाहिरको दृष्टिबाट पनि विचार गर्नुपर्छ अनि भित्रको दृष्टिबाट पनि लिएर हेर्नु पर्ने हो। तामाङस्या आफ्नो चाहिँ तामाङजातिभित्र बुसिङ या अननिन्छेन हुने हो। आफ्नो थरको आफ्नो भाषा बोल्ने आफ्नो स्यामा बुनेर लाउने तर बाहिरबाट हेर्दा त्यस्तो इज्जत कुरा थिएन । कतिले तामाङ पनि भन्थेन। त्यतिखेर भोटे भन्थे । 
म तामाङ गाउँमा गइसकेपछि मेरो पछि चाहिँ अननिन्छेन पर्नेहरूले महिलाहरूले मलाई स्यामा ग्या सबै बुनेर दिएको छ अनि मलाई लाइदिएको छ। अनि त्यसको भोलिपल्ट मलाई लाज लागेर मैले त मेरो पुरानो लुगा लगाएर निस्केँ। अनि तिनीहरू सोधे हामीले बुनेर दिएको लुगा किन लाउँदैनौँ? तिमी यहाँ हाम्रो पहिचान , हाम्रो भाषा हाम्रो बारेमा सिक्नुकोलागि आएको हो भन्छौ तर हामीले दिएको लुगा चाहिँ लाउदैनौ भनेर । अनि त्यहाँ देखि चाहिँ दिनको दिन लुगा लगाएर हिडेको छु। अनि एकदिन ती गाउँका केटी साथीहरूसित बजारतिर लाग्थे त्रिसुली लाग्थे। त्रिसुली लाग्दा जब जब पहाडबाट निस्के पछि ब्याँसीमा जब राम्रा केटाहरू बाहुन गाउँको जग्गा पर्यो।त्यहाँ एउटा ठूलो बाहुन गाउँ छ। चुक्से भनेको गाउँ। चुक्से पुग्दा एकजना महिलाले हामी चाहिँ त्यतिखेर एउटा ग्रुप चाहिँ त्यस्तै दश बारह जनाको ती माथि तामाङ गाउँको केटी साथीसित हिडेको। त्यो एकजना बाहुन केटी चाहिँ खेतमा काम गर्थी अनि उसले कराएछ साथीहरूलाई ए हेर हेर एकजना कुइरेले भोटे लुगा लाएर आएछ। अनि त्यो सुनेर मलाई मेरो मनमा चित्त दुख्यो । किनकि त्यो साथीहरूले दिएको लुगा अनि फेरि पनि झन मलाई त केही हुँदैन तर तिनीहरूलाई हेपेको हो। जहाँ गए पनि त्यतिखेर तामाङहरू भनेर मान्छेले हेप्थे। अनि त्यसकारण मैले भने यो भोटे लुगा होइन तामाङ लुगा हो। अनि त्यहाँ देखि माथिको बाहुन केटीले ए हेर त्यो कुइरेले हाम्रो भाषा बोल्दो रैछ हेर्न हौ। अनि त्यहाँ देखि मलाई सोधेको छ अब त्यस्तो लुगा किन लाइस? मैले साथीले दिनु भएको कारणले लाएको भने । त्यहाँ देखि त्यो बाहुन केटीले ए तिमीलाई सुहाउँछ त । तर त्यस्तो टोपी चाहिँ ? तामाङ लुगा लगाएको थिएँ तर टोपी चाहिँ जिन्स क्लोथको टोपी लाएर हिडेको थिएँ । त्यतिखेरको तामाङ महिला मध्येमा नेपाली बोल्ने धेरै थिएनन्। तर एकजना मलाई   चाहिँ सासू पाराङ माइली सासू पर्ने आङी पाराङ चाहिँ अलि अलि बोल्थ्यो। अनि उसले त्यो केटीलाई कराएर उसले त्यो त्यो हाम्रो हामीले दिएको हाम्रो इज्जत देखाउनलाई लुगा लगाएको छ । त्यो टोपी लाएको चाहिँ आफ्नो पहिचान नबिर्सिनुको लागि लाएको छ भन्यो । त्यतिखेर तामाङस्या हुनलाई आफैंले सम्झिनु पर्छ आफै चाहिँ आफ्नो समाजभित्र आफू चाहिँ तामाङस्या मात्र थिएन। कि आमा थियो कि दिदी हो । बुसिङ हो कि अननिन्छेन हो कि । त्यो थरको हो कि अर्कै थरको हो कि ? मोक्तान हो कि दोङ हो कि के हुनेथ्यो। तर बाहिर गयो भने भोटे वा भोटेनी।
मैले के भन्न खोजेको छु भने त्यो श्रेणी हुनलाई category , a united category, a single category त्यो woman भनेर बित्तिकै धेरै समस्या छन्।  अनि भित्रबाट हेर्दा सबै एउटै डोकोमा हालेर बोक्न पाएन महिला भनेर ।सारा सुलेरीले उसको चाहिँ किताबमा उसले लेखेको छ Mythless Day मा। त्यो पाकिस्तानको केटी हो। उसले इगंलिसमा लेखेको छ। इगंलिसमा भन्छु Pakistan was a place where the concept of woman was not available in this part of vocabulary. We were too busy for that just living conducting precise negotiations with what is meant to be a sister or a child or a wife or with as a servant. Yes once in a while we naturally thought about ourselves as a woman but only in some perfunctorily biological way that we happened  on for chance or else it was hugely practical joke we thought hidden somewhere away ourselves.
  व्यवहारमा हामीले सबभन्दा पहिले When we say women what is we referring to त्यो चाहिँ  के हो?  अब त्यतिखेरको मेरो आइडिया चाहिँ त्यो प्रोग्रामको चारवटा शब्दबाट अर्गनाइज गरेको छु  -  जनजाति, लैङ्गिकता, अधिकार , आन्दोलन। लैङ्गिकता - जब हामी जस्तो हामी चाहिँ तामाङ जनजाति मध्येमा लैङ्गिकताको कुरा उठाउँछौ भने हामीले त्यो शुरु देखि त्यो दुईवटा दृष्टि चाहिँ सोच्नै पर्छ। भित्र पट्टिको कस्तो छ आफ्नो थरको आफ्नो दाजुभाइको आफ्नो बाजेहरूको बज्यैहरूको तामाङ हुने तामाङस्या हुने तामाङ महिला हुनेको अर्थ के हो त्यो एउटा प्रश्न हो। अर्को प्रश्न चाहिँ बाहिर त्यो नेपाली समाज, अन्यको दृष्टिबाट तामाङस्या हुने तामाङस्या हुने के हो? अब त्यतिखेरको केटीहरूमा महिला अधिकार कुरा उठेको थिएन  महिला विकासको कुरा थियो । महिला विकास चाहिँ खस आर्यको महिलाको अंशमा परेको छ। महिला हुने के हो, महिलाको समस्या के हो , त्यो विकास गर्न को लागि के गर्न पर्छ त्यसको एजेन्डा completely अन्यको दृष्टिबाट बनाएको छ। त्यो बाहुन छेत्रीको सबभन्दा ठूलो समस्या चाहिँ विवाह, अंश अनि प्रतिसत्ता (पितृसत्ता) । बाहुन छेत्री महिलाहरूको जीवन समस्याबाट यिनीहरूले Idea of Nepalese woman बनाएर आफ्नै चाहिँ दृष्टिबाट बनाएको छ। यिनीहरूले महिला विकासको योजना बनाउँदा यिनीहरूको मनमा सबभन्दा मुख्य भनेको बुहारीको पहिला थियो । अन्यको दृष्टिबाट खस आर्यको दृष्टिबाट बुहारीको समस्याहरू फिल्ममा पनि उठेको छ। श्रीकृष्ण श्रेष्ठको बुहारी (फिल्म )मा। बुहारीको समस्या चाहिँ नेपाली woman problem भनेर stereotyped बनाएछन। म तपाईंलाई एक फेर हाम्रो बसेको तामाङ गाउँमा एउटा टीम आएको छ। अहिले तर मेरो याद छैन । समय पुगेन खोज्नलाई तर मेरो विचारमा UNDP को Theme होला । श्याम थापाले चलाएको हो। यिनीहरूले बुहारीको फिल्म चाहिँ गाउँतिर खिचेर कति दुख छ देखाउनको लागि आएको छ। यिनीहरूको logic के थियो भने हाम्रो बुहारीको यति दुख जीवन छ भने झन तामाङ दुखी जातिको बुहारीको झन दुख हुन पर्छ भनेर फिल्म बनाउन आएको छ। काठमाडौबाट बुहारीको रोल खेल्नलाई एकजना नेपाली एक्ट्रेस लिएर आएको छ बाहुन केटी । अरु सबै रोलहरू गाउँको मान्छेले खेलेको छ। सासू ससुरा लोग्ने सबै खेलेको छ। त्यो फिल्ममा डक्यु ड्रामा देखाउनु थियो । बुहारीको कस्तो दुख छ, कति धेरै काम गर्नु पर्छ, सबभन्दा बिहान उठनु पर्छ। सबैभन्दा धेरै भारी बोक्नुपर्छ । छोरा हुनुपर्छ (छोरा जन्माउनु पर्छ) भनेको छ।  हाम्रो गाउँमा बसेको तामाङ गाउँमा त्योभन्दा सबभन्दा धेरै पहिला देखि साथी पनि हो co researcher co-author पनि हो सूर्यमान तामाङ चाहिँ उसको ससुराको रुपमा राखेछ। अनि उसलाई बुहारीलाई पिट्न लगाएको गाली गर्न लगाएको धेरै काम गर्न लगाएको हो। अनि त्यो सूर्यमानले बुझेन। त्यो किन यस्तो बुहारीलाई कल्ले यस्तो गर्छ? कल्ले यति धेरै दुख दिन्छ ? बुहारी चाहिँ माया रुपले राख्नु पर्छ भनेर त्यो फिल्मवालासँग कुरा गर्न एकदम कोशिश गरेको छ। तर त्यो दुईवटा चलनभित्र परम्परा different culture  भएको त्यो फिल्म मेकर्सले बुझेन। तामाङ दृष्टिबाट बुहारी चाहिँ चाङ भनेर एकदमै फरक छ। चाङ भनेर बुहारी चाहिँ बुहारी हो तर किनकि तामाङ गाउँमा मामाको छोराछोरी र फुपूको छोराछोरीसँग बिहे चल्छ। त्यसकारण त्यो बुहारी आफ्नै मामा या फुपूको घरमा पुगेर बुहारी हुने हो। उसको जीवन चाहिँ माइत र मामाको घर बिचमा परेको छ।
( हामी)  लैङ्गिक अनुसन्धानमा पढाउने मान्छेहरूलाई सन्तानको कुरा बुझाउँदै हामीले बुझेको संसारमा  प्रतिसत्ता (पितृसत्ता) भनेको सबै सन्तान चाहिँ  patrilinial सन्तान चाहिँ  प्रतिसत्ता (पितृसत्ता) होइन । सन्तान चाहिँ भागपट्टिमा लाग्दा पनि महत्त्वपूर्ण प्रश्न के हो जीवनभरिको छोरीमान्छेको आफ्नो सन्तानसँग आफै जन्मेको सन्तानसँग कति सम्बन्ध गइरहन्छ। जीवनभरि गइरहन्छ भने कुनै कुनै समाजमा जीवन भर गइरहन्छ। तामाङ समाजमा जीवनभरि गइरहन्छ। बिहे गरे पछि नाम बदलिँदैन थर पनि बदलिँदैन। जीवनभर पूजा गर्नु पर्ने हो। आफू चाहिँ माइतमा गएर पूजा गर्नु पर्ने हो। अन्यको बिहे गर्ने बित्तिकै त्यो त्यही सन्तानमा लगेर जान्छ। त्यही देवता मान्नु पर्छ।
(तामाङमा) सन्तान भनेर लोग्नेपट्टिको भएता पनि पछि त्यो छोरीमान्छेको (माइतीमा) हक भइरहन्छ । तामाङको उखान छ एउटा घर बनाउनलाई दुईवटा थाम(स्तम्भ )  जस्तै दाज्यु बहिनी बस्नुपर्छ भन्छ । समस्या के हुन सक्छ जब जस्तो केटीमान्छे लोग्नेको घरमा जानुपर्छ भने तामाङमा पनि भन्छ। तामाङ महिलाको दुईवटा घर हुन्छ।  जन्म घर र बिहे घर  तर टाढो हुँदैन । त्यतिबेलाको तामाङ केटीहरू एकैदिनमा घरबाट माइत गएर एकैदिनमा यात्रा गर्न सकेन भने बिहे गर्न मानेको थिएन । They would refuse to marry far away. तिनीहरूको जीवनभरि चाहिँ आफ्नो माइतमा गइराख्ने, त्यहाँ पूजा गर्नु थियो त्यहाँको अंश पाउनु थियो  , अंश  (अर्थात ) जो (पेवा ) । अन्यको बुहारीको दुख जस्तै देख्ने थिएन । यिनीहरू बिहे गरेको घरमा मामा फुपू आफ्नै नाताको आफ्नै माया गर्ने नाताको बिहेमा पुग्थे। टाढा गएनन् । 
(तामाङ ) महिलाको दृष्टिबाट मुख्य प्रश्न दुईवटा छन बिहे गरेर आफ्नो जन्म सन्तानको सम्बन्ध continue गरिरहन्छ कि break हुन्छ,  काटेको हुन्छ ? दुलहा डोलामा बोकेर गएर त्यहाँ नचिनेको घरमा लगेको हो कि आफ्नो चाहिँ नाताभित्र नजिकको मान्छे बिहे गरेको हो कि ? अनि socially कतिको टाढो बिहे गर्छ र physically कतिको टाढो बिहे गर्छ? 
खस आर्य सम्बन्धि र तामाङ महिलाहरूको चलन कतिको फरक छ? तामाङमा लैङ्गिक दृष्टिबाट महिला र पुरुष आमाहरू र बाहरू मध्येमा दाजुभाइ दिदीबहिनीहरू मध्येमा बडी चाहिँ समानता र समता छ थियो ।
महिला भनेर महिलाको दुख यदि हामीले अधिकारको कुरा गर्छौ भने हामीले थाहा पाउनु पर्ने हो महिलाको पहिलाको अधिकार के थियो ? महिलाको समस्या के थियो थाहा पाउनुपर्ने हो । अनि नेपालको situation मा अधिकार भनेर त्यो केन्द्रीयको शब्द केन्द्रीयको concept स्वरूपबाट त्यो पनि अन्यको उच्च जातको दृष्टिबाट बनाएको थियो । उच्च जातको मान्छे चाहिँ यिनीहरू धेरैले पश्चिमीलाई हेर्थे। अधिकारको कसरी सेवा गर्ने हो कानुनले संविधानले स्थानीयको दृष्टिले  महिलाको कसरी सेवा गर्ने हो, दाजुभाइ दिदीबहिनी सम्बन्धबाट स्थानीयको society बाट ? राष्ट्रिय दृष्टिबाट त्यो उहिलेको तामाङको महिलाको अधिकार किनकि नेपालको कानुन हिन्दू दृष्टिबाट बनाएको थियो तर त्यसको अन्तर्गत तामाङ महिलाहरूको यिनीहरूको उहिलेको अधिकार चाहिँ घटेर गएको थियो । म दुईटा example दिन्छु त्यो सबभन्दा चाहिँ तिनीहरूको जग्गामा । जो,  तामाङ भाषामा जो भाषामा जो भन्छ। तामाङमा जो चाहिँ  महत्त्वपूर्ण कुरा हो। मैले survey गर्दा त्यो धेरै जस्तो जो यदि मार्केट भेल्यु बाट हिसाब गर्यो भने त्यो महिलाहरूको धन सम्पत्ति र पुरुषहरूको धन सम्पत्ति बराबर थियो । फरक किसिमको थियो । सबभन्दा धनी जग्गा भएको घरमा त्यो भएन। तर साधारण घरमा बराबर थियो । किनकि त्यतिबेला तामाङ महिलाले पाउँथ्यो जो। उहिले चाहिँ  महिलाहरूले जो मा जग्गा पनि पाउँथिन। 
राष्ट्रिय कानुन अनुसारले, नयाँ संविधानले बाहेक नयाँ संविधान अहिले पनि enforce भएको छैन, कुनै न कुनै केसहरूमा देखिन्थ्यो जुनमा तामाङ महिलाहरू अथवा तामाङ जग्गाहरू जो बाट किनेर आफ्नो नाममा राखेको छ कि दाजुभाइ बाहरूले दिएका छन्। 
यसकारण हामीले अधिकारको विचार गर्दा अधिकारको पदानुक्रम भन्नू पर्छ। सबभन्दा तल पुरानो तामाङहरूको उहिलेको अधिकार विलेर गएको छ बाहुन छेत्रीको विशेष अधिकार बनाउनलाई। उच्च जातको शिक्षित केन्द्रीय महिलाहरूको अधिकार बडाउनलाई बेलायत युएसलाई हेरेर तिनीहरूको त्यसबाट सच्याउन कोशिश गरेका छन। त्यसकारण अब दुई तिरको loss पायो । तामाङ महिलाहरू पनि अन्यको कानुन चाहिँ माथि बाट impose गरेको कारणले यिनीहरूको उहिलेको हक पनि घटेर गएको छ अनि त्यो उच्च जातिको महिलाको झन अहिले पश्चिमी हेर्दा आफ्नै पनि पुरानो हक हराएको छ। तर यस्तो अधिकार प्याज जस्तो होइन । बाहिरबाट निकालेर संविधानको कुरा, त्यसपछि मुलुकी ऐन त्यसपछि स्थानीयको कानुन अनि भित्र पनि  त्यो शक्तिको छ महिलाहरूको अधिकार तामाङ लिम्बूको त्यो पनि भन्न मिल्दैन । बदलेर समय अनुसार बदलेर गएको छ। 
त्यसको एउटा नमुना मात्र भन्छु। म 32 देखि 35 सालसम्म तामाङ गाउँमा बसुञ्जेल average age at first marriage 25-26 वर्ष थियो तामाङ महिला मध्ये त्यतिखेर । राष्ट्रको statistics अनुसारले छेत्री बाहुन मध्येमा average age at first marriage for girls was eleven. त्यहाँ देखि कानुन भएर त्यो अन्यको age चाहिँ बडेर गएको छ।  तामाङको चाहिँ घटेर गएको छ।
जति यिनीहरूको contact बडेको छ बाहुन छेत्री समाजसँग उतिकै उनले चाहिँ copy गरेर अनि त्यो copy गर्दा पनि loss भएको छ। त्यसकारण त्यो आन्दोलनमा सोच्दा यदि हामीले समानता समता अनि न्यायलाई लैङ्गिक दृष्टिले हेर्छौ भने त्यो हामीले चाहि अधिकारको पदानुक्रमको सोच्नु हुँदैन । मेरो दृष्टिमा मेरो अनुसन्धानको लैङ्गिक दृष्टिबाट intersectionality theory को प्रत्यक्ष देन छ। तर हामीलाई थाहा छ category of being a woman  आफ्नो त्यो कुन प्रसङ्गमा चल्छ त्यसबाट त्यसको complexity उठछ। अब आफ्नो पहिचान महिलाको मात्र होइन नेपालीको मात्र होइन अब आमाको मात्र होइन छोरीको मात्र होइन त्यस्तो धेरै कुरा चाहिँ intersect दोबाटोमा काट्छन। म एउटा नमुना दिन मात्र दिन्छु नछुने। जुन चाहिँ अछुत हुनलाई को बारेमा दलित महिला अछुत हुनेको एउटै कुरा हो बाहुन महिनावारी चाहिँ छाउपाडीमा बस्ने पनि अलग्गै हो। तर त्यसको सम्बन्ध पनि छ। तामाङ जातिको महिलाहरूले महिनावारी त मानेन अनि अछुत हुने कुरा पनि मानेनन्। तर यिनीहरू मासिने जातको भएको कारणले यिनीहरूलाई पनि लैङ्गिक दृष्टिबाट तामाङ जाति महिला हुनु कारणले दुईटा दृष्टिबाट दलेको थियो  सरकारले । एउटा चाहिँ रकम गर्नु पर्ने भारी बोक्नु पर्ने , हुलाकी हुनु पर्ने , खानीमा काम गर्ने । तर त्यसको सट्टामा पनि यिनीहरू राणा र शाहको दरबारमा काम गर्नु पर्थ्यो । त्यो घरि चाहिँ घरको काम थियो । तर यिनीहरूले सेक्सुएल काम पनि गर्नु परेको थियो ।
जुन हामीले हाम्रो कलेक्टिभिटि चाहिँ woman हो भने हाम्रो समस्या झन जनजातिको झन गाह्राे पर्छ। किनकि it is not just inside outside question ।. Inside outside को question  पनि छ बाहिरबाट तामाङ महिलाहरू हेपिएको थियो । यिनीहरू exploited गरेको थियो । यिनीहरूको अधिकार पनि हकहरू घटेर गएको छ। तर पनि यिनीहरूले लैङ्गिक forum मा आफ्नो शरीरको आफ्नो इज्जतको आफू चाहिँ उद्देश्यहरूको कारणले यदि हामीले आन्दोलन गर्नै हो भने त्यसको strategy चाहिँ अलिक फरक हुनु। कुन जगबाट विभिन्नता कुन जगबाट समावेशीकरण गर्बे हो त्यो चाहिँ महिलाको दृष्टिबाट त्यो कुराहरू चाहिँ अलि फरक देखिन्छ ।

Comments

Popular posts from this blog

अगमसिहं गिरी (युद्ध र योद्धा ) आलोचना

             युद्ध र योद्धा : एक पठन                          पेम्पा तामङ      अगमसिहं गिरी भारतीय नेपाली साहित्यमा सर्वाधिक चर्चामा रहेको कवि हो। उनलाई मूलतः स्वछन्दतावादी कवि र जातीय कवि भनेर आलोचकहरूले चिनाएका छन भने कही कही अस्तित्ववादी भनी परिचय दिएको छ। उनका प्रारम्भिक कविताहरू भावनात्मक र करुणामय थिए यसैले उनलाई दुखवादी पनि भनिएको  हो। गिरीका कविताहरू आम चलनको भाषामा लेखिएका र प्रतीक र बिम्वको जडान थोरै रहेका छन। सरल , सहज र बोधगम्य रहेको हुनाले आम पाठकबीच लोकप्रियता बडी रहेको थियो। जीवन , मृत्यु , दुख , बिरह उनका कविताको भावलहरी रहेको छ। कल्पनाको निर्बाध उडान र जीवन परान्मुख रहेको मानिन्छ। जीवनलाई यसरी हेर्ने दृष्टि छायावाद र स्वछन्दतावा भनेर चिनिन्छ। हुनत छायावाद र स्वछन्दतावाद यी बाहेक अन्य पनि हुन। स्वच्छन्दतावादको प्रवर्तक विलियम वर्डस्वर्थको लेखन सिद्धान्त कविताको भाषा आम मानिसको बोलीको शैलीमा हु...

Circle of Karma -Bhutanese novel review

Circle of Karma   Authored by Kunzang Choden, a native of a small village in Bumthang District in  north-central Bhutan, Circle of Karma is the first English novel to emerge from the land of the druk (Bhutan),   the mythical dragon. Published in 2005, the novel instantly courted fame far and wide, and has since been translated into several languages. The novel had been short listed for the prestigious Elle Prix des Lectrices too. Choden was born in the year of the druk , or the year of the dragon, corresponding to 1952 in the Gregorian calendar. Since Choden was born into a prosperous family, her parents sent her to a convent school in Kalimpong when she was nine years of age. Choden recounts the initial difficulty she encountered in the school because, as is prevalent in Bhutan, she did not have a surname attached to her first name. Moreover her father’s name was Kunzang Dorje and the Reverend Mother of her school refused to believe that the father an...

Remika Thapa's Farak Baato

 Two novels of  Puspa Rai                         Pempa Tamang   “Farak Baato”  or “Different Road”  is the title of the critical  book  written by Dr. Remika Thapa. As the title suggests Remika highlights the alternative  point of view proposed by Ms Puspa Rai in her two fictional works namely “Bholiko Pratikshya” or “Waiting for Tomorrow” and “Madhyantar” or “Interval”. Dr. Remika maintains that Bholiko Pratikshya is the first feminist novel in Indian Nepali Language and consequently Puspa Rai has become the first feminist novelist  in Indian Nepali writings.   The two novels can be called duology as the second novel follows the theme of earlier one. The main characters of the fictions are women in both the novels.  The first novel “Bholiko Pratikshya” is about women’s  independence in choice of her existence and her life. It is about the motherhood outsid...