Skip to main content

diary १

सिक्किम डायरी -१
असामान्य लाग्ने घटना सिक्किममा सामान्य रुपमा घटिरहेको हुन्छ। यही असमान्य घटनाको पहिलो प्रकरण यहाँ राखिरहेछु।
2016 को जुन महीनामा एउटा गाडीले मेरो खुट्टा हिर्काएर फ्राक्चर गरिदिए पछि मेरो घरको बाटोमा अति चनाखो भएर हिड्ने गरेको छु। केही दिन अघि बाटो काट्दै गर्दा एक स्कुटर तेज गतिमा आएको देखेँ र त्यसलाई बाटो छोडन पछि सरेँ। तर म छेउ आइपुग्न १५ फिट अघि लडखडाएर लड्यो। स्कुटर र ड्राइभर चिप्लिएर मदेखि दस फिट जति टाढा सरेर आए। मैले हतार हतार गएर उसलाई उठाएँ। उठाउँदा थाहा पाए ऊ केही पुड्को रहेछ र खुट्टा छोटो जिउ लामो भएको शरीर रहेछ।  स्कुटर रोक्दा खुट्टा भुइँमा राख्न मुश्किल हुँदो रहेछ। यसैले सहजै लडेको अनुमान लगाएँ। 
कतै चोटपटक लागे कि भनेर हेरेँ । केही भएको थिएन। मैले हात समातेर उठाए पछि उठे। अनि आँखा फारेर मलाई भने "पैसा निकाल्नोस।" मैले भनेँ "किनँ?" उसले भन्यो स्कुटर बनाउनु पर्छ। मैले भनेँ "स्कुटर तपाईंले लडाउनु बनाउनु चाहिँ मैले ?" उसले फेरि भन्यो " मैले तपाईंलाई जोगाएँ। मैले स्कुटरले हिर्काएको भए के हुन्थ्यो ? यो जोगाएको पैसा दिनोस। "
लौ नसकिने रहेछ भनेर म बाटो लागेँ।
केही समयपछि हेरेँ पर पुगेर, ऊ स्कुटर फेरि स्पिडमा कुदाएर गइरहेको थियो।
(सिक्किममा यस्तो मानसिकता भएको व्यक्ति मैले निकै नै देखेको छु।)

Comments

Popular posts from this blog

अगमसिहं गिरी (युद्ध र योद्धा ) आलोचना

             युद्ध र योद्धा : एक पठन                          पेम्पा तामङ      अगमसिहं गिरी भारतीय नेपाली साहित्यमा सर्वाधिक चर्चामा रहेको कवि हो। उनलाई मूलतः स्वछन्दतावादी कवि र जातीय कवि भनेर आलोचकहरूले चिनाएका छन भने कही कही अस्तित्ववादी भनी परिचय दिएको छ। उनका प्रारम्भिक कविताहरू भावनात्मक र करुणामय थिए यसैले उनलाई दुखवादी पनि भनिएको  हो। गिरीका कविताहरू आम चलनको भाषामा लेखिएका र प्रतीक र बिम्वको जडान थोरै रहेका छन। सरल , सहज र बोधगम्य रहेको हुनाले आम पाठकबीच लोकप्रियता बडी रहेको थियो। जीवन , मृत्यु , दुख , बिरह उनका कविताको भावलहरी रहेको छ। कल्पनाको निर्बाध उडान र जीवन परान्मुख रहेको मानिन्छ। जीवनलाई यसरी हेर्ने दृष्टि छायावाद र स्वछन्दतावा भनेर चिनिन्छ। हुनत छायावाद र स्वछन्दतावाद यी बाहेक अन्य पनि हुन। स्वच्छन्दतावादको प्रवर्तक विलियम वर्डस्वर्थको लेखन सिद्धान्त कविताको भाषा आम मानिसको बोलीको शैलीमा हु...

Circle of Karma -Bhutanese novel review

Circle of Karma   Authored by Kunzang Choden, a native of a small village in Bumthang District in  north-central Bhutan, Circle of Karma is the first English novel to emerge from the land of the druk (Bhutan),   the mythical dragon. Published in 2005, the novel instantly courted fame far and wide, and has since been translated into several languages. The novel had been short listed for the prestigious Elle Prix des Lectrices too. Choden was born in the year of the druk , or the year of the dragon, corresponding to 1952 in the Gregorian calendar. Since Choden was born into a prosperous family, her parents sent her to a convent school in Kalimpong when she was nine years of age. Choden recounts the initial difficulty she encountered in the school because, as is prevalent in Bhutan, she did not have a surname attached to her first name. Moreover her father’s name was Kunzang Dorje and the Reverend Mother of her school refused to believe that the father an...

Poetry of Puja Upadhyay

             दुई शब्द भूमिकाको                           पेम्पा तामङ      नेपाली साहित्यमा सर्वाधिक लोकप्रिय विधा कविता हो र सर्वाधिक रचना यसैमा देखिन्छ। कविता एक यस्तो विधा पनि हो  जसले कवि अनि रसिक दुवैलाई आकर्षित गराउँछ। कविलाई अनिवर्चनीय आनन्द बोध गराउँदछ कविता सृजनामा। यसैले पनि कवि शब्द सुधाको धारा बहाउन चञ्चल रहन्छ। हुनत कविता व्यक्ति र समाजमा जोडिने एक सेतु पनि हो। नेपाली कविताको पहिलो कविता मानिने सुवानन्ददासको लेखनलाई हेर्नु हो भने कविता एउटा त्यस्तो सशक्त माध्यम हो जसको सहाराले एक निरीह व्यक्ति सर्वशक्तिमानसित  संवादमा रहनुसक्दछ।   कुनै पनि कविताले व्यक्तिलाई एकदेखि अनेकमा पुर्याउने क्षमता राखेको हुन्छ। कविता एक परम्परा निर्वाह हो। कुनै पनि कवि अनेकौं पुस्ताको प्रतिविम्ब हुन्छ , चाहे त्यो रूपमा होस , विचार वा दर्शनमा होस या फेरि फगत भाषिक परम्परामा। तर कुनै कविताले परिचय त्य...