सिक्किम गोर्खा युद्धको छोटो
कैरन
1642 मा सिक्किममा एउटा नयाँ
व्यवस्थापन आयो र नामग्याल वंशको शुरुआत भयो। नयाँ राज्य गठन हुँदा यसको आयतन
वर्तमान समयको भन्दा निकै ठूलो थियो। उत्तरमा छुम्बी घाँटी तिब्बत, दक्षिणमा तितालिया (हाल बंगलादेश), पूर्वमा तैगुनला पास र पश्चिममा अरुण नदी थियो।
हुनत त्यस समय कुनै निश्चित सीमारेखा नभएको र देशको सीमाना केही तलमाथि भइरहने देखिन्छ।
सिक्किमको माथि जनाइएको सीमानाले भने वर्तमान नेपालको विजयपूर, चैनपुर, तराईमा मोरङ र हाल
बिहार राज्यमा पर्ने किसनगञ्जसम्म रहेको बुझिन्छ। अर्कोतिर यसको सीमाना तितालिया भनेपछि
हालको बंगलादेशको केही भाग, जलपाइगढी, सिलगढी, बाग्राकोट, लाभा, कालेबुङ जिल्ला समेटिएको हो।
पृथ्वीनारायण शाहले नेपाल
एकीकरणको सफल अभियान चलाए र सन 1765 सम्ममा नेपालको अधिकतर साना साना राज्यहरूमाथि
विजय हासिल गरेर एक देशमा परिवर्तन गराए। उनले आफ्नो विजय अभियान अरुण नदीसम्म जारी
राखेको देखिन्छ। अरुण नदी पारीको भूभागलाई भोटेको देश भनी उल्लेख गरेको नेपालको
अभिलेखहरूमा पाइन्छ।
जनवरी १७७५ मा राजा पृथ्वीनारायण
शाहको देहावसान पछि नेपालको शासनको बागडोर राजा प्रताप सिंह शाह अधीन आयो। उनको शासनकालको
प्रारम्भिक वर्षमा पहिलोपटक सन १७७५मा गोर्खा सेनाले सिक्किममा आक्रमण गर्यो। हमला एकाध नभएर निरन्तर
भएको थियो। अरुण नदीको किनारमा युद्ध निकै पटक भएको थियो। यसको साथै युद्ध अघि बडेर
विजयपूर पुग्यो।
सिक्किमे सेनालाई युद्ध
थाम्न कठिन भइरहेको मात्र नभएर उनीहरू यो गरम औल लाग्ने ठाउँ भएको र भोटे लामा उच्च
स्थानमा अभ्यस्त हुनाले हावापानी सहन नसक्ने भयो। फलस्वरूप सिक्किमले उसको सेना यहाँबाट सरेर ताप्लेजुङ ल्याए। यसपछि गोर्खा
सेनाले विजयपूर सहजै कब्जा गरे।
बिजयपुर जिते पछि गोर्खा सेनाले ताप्लेजुङमा हमला
गरे। यहाँ भएको पहिलो आक्रमण सिक्किमे सेनाले सफलता पूर्वक प्रतिकार गर्न सक्यो। दोस्रो
हमला अझ ठूलो फौजसहित भयो। यही हमलामा सिक्किमको
युद्धको नेतृत्व गरिरहेको सेनापति गम्भीर रुपमा घाइते भयो। यसपछि तिब्बतले मध्यस्थता सिक्किम नेपालको युद्ध रोक्ने पहल गर्न
एक प्रतिनिधि टोली पठायो। उनीहरू वालुङ सिङ्स्याको बाटो भएर आएका थिए। नेपालको तर्फबाट राजा प्रतापसिंह शाहको प्रतिनिधित्व
गर्दै एक टोली सामेल भयो। सिक्किमबाट पेमायाङ्छे गुम्बाको लामाहरू गएका थिए राजाको
प्रतिनिधि भएर।
यसमा भएको सम्झौता अनुसार
गोर्खाले आक्रमण नगर्ने भयो। सिक्किमको सीमानामा केही परिवर्तन गरेर पश्चिममा कन्काइ
नदी सीमा तोकियो। ईलाम क्षेत्रको कन्काइ नदी र अरुण नदीको भूभाग गोर्खा भूमि भनेर मान्यता
दिइयो। गोर्खा प्रतिनिधिले सिक्किमबाट क्षतिपूर्तिको पनि माँग गरे। युद्धमा
दुवैतिर निकै हताहत भएको थियो। नेपालतिर हताहत हुनेहरूमा ब्राह्मण जातिका पनि थिए।
चार ब्राह्मणहरूको हत्या भएको सिक्किमले क्षतिपूर्ति ४००० रुपियाँ दिनुपर्ने भयो। उपरान्त
दुवै राज्यले एकार्कामाथि हमला नगर्ने शर्त राखियो। जुन राज्यले यो सम्झौता भंग गर्नेछ
त्यो राज्यले १०० धार्नी सुन दण्ड दिनुपर्ने प्रावधान राख्यो। यो सम्झौता १७७५ मा भएको
थियो।
यो सम्झौता अनुसार
ताप्लेजुङ ईलाम सबै सिक्किमको इलाका भएको थियो जहाँ गोर्खालाई अतिक्रमण गर्न पाबन्दी
थियो। तर नेपालले यी दुवै स्थानहरूमा हमला गरेर सम्झौताको खुला रुपमा उलंघन गरे। गोर्खा
सैनिकले यी दुवै ठाउँ आक्रमण गरेर कब्जामा लियो।
गोर्खाहरूले गरेको यो अतिक्रमणको
विरुद्ध सिक्किमले फेरि तिब्बतलाई सहायता माग्यो। गोर्खाले सम्झौता भंग गरे बापत उनीहरूलाई
तोकिएको हर्जाना रकम तिर्नुपर्ने वाध्यता गराउनको निम्ति तिब्बतबाट आए। उनको साथमा
सिक्किमको पनि एक प्रतिनिधि गए। तर गोर्खाले सन्धिको कुनै शर्त मानिलिन खारेज
गरिदियो। सय धार्नि सुन सिक्किमलाई क्षतिपूर्ति दिनु मानेन। अझ यताबाट गएका दुवै
प्रतिनिधिको हत्या गरिदिए।
गोर्खा सैनिकहरू ताप्लेजुङ
ईलाम जितेर सिक्किमको आन्तरिक क्षेत्र रेलिङ, च्याखुङ र नाम्चीसम्म
आए। गोर्खा सेनाको अर्को फौज टिस्टा नदी पार गरेर उत्तर सिक्किम छिरे। उनीहरूले उत्तर
सिक्किमको चुङथाङमा आक्रमण गरे। त्यस समय चुङथाङ
उक्त क्षेत्रको प्रशासनिक केन्द्र थियो।
सिक्किमले यी दुवै फौजलाई
परास्त गरेर यताबाट धकेल्न सफल भएको थियो।
यसपछि नौ सालसम्म झडप भएन।
तर १७८९ मा पूर्ण आलेले नेतृत्व गरेको सैन्य दलले रेलिङ, च्याखुङ र नाम्चीसम्म हमला गर्दै आयो। अर्को
फौजी दस्ता नियाब्रुम हुँदै टिस्टा तरेर
चुङथाङ पुग्यो। यी दुवै सैन्य हमलालाई सिक्किमले चुनौती दिँदै उनीहरूमाथि प्रतिकारात्मक
आक्रमण गर्यो। गोर्खा सैनिकहरूले निकै क्षति बेहोर्नु परेपछि फर्केर जान बाध्य बनिए।
यसपछि पनि गोर्खा आक्रमण
भने रोकिएन। जहरसिंहको नेतृत्वमा रहेको सेना सिंगलिला पर्वत र कलेज खोलाको किनार
पछ्याउँदै राजधानी रापदेन्सेमा हमला गर्न सफल भयो। रापदेन्से राजदरबारमा हमला
हुँदा राजा तेन्जिङ नामग्याल, उनको सानो छोरा फुनसोक
नामग्याल र परिवारका अन्य बडो मुश्किलले भागे। उनीहरूले आफ्नो लुगा धरी राम्ररी
नलगाई भाग्नु परेको थियो। रापदेन्सेबाट उनीहरू तल ओमछु आए। कहिले ओडारतिर त कहिले
कता जङ्गलमा बास भए। उनीहरू भोकभोकै भएर भागेर ज्यान जोगाउन लाग्नु पर्ने अवस्थामा
पुगे।
यही विकट स्थितिमा
भुटानले राजपरिवारलाई सहयोगार्थ १२ सय रुपियाँ, लत्ता कपडा र राशनपानी
पठाए। छोग्याल यसपछि तिब्बत गए आफ्नो बालख राजकुमारलाई साथ लिएर।
टिस्टा नदीदेखि दक्षिण र पश्चिमको
सम्पूर्ण इलाकामा गोर्खाको शासन चल्न थाल्यो। रापदेन्से दरवारमा गोर्खा सेनापति जोहरसिंहले
मुख्यायल बनाएको थियो।
१७८९ मा गोर्खा सेनाले
तिब्बत आक्रमण गरेर टासी लुन्पोसम्म पुग्यो। तिब्बत गोर्खाको अधीन जाने भय देखेर चीनले
हस्तक्षेप गर्ने निर्णय लियो। चीन सम्राटले तुङ्थाङको तेतृत्वमा एक विशाल सैन्य
टोली गोर्खा राज्यमाथि हमला गर्न पठायो।
चीनले सिक्किमलाई पनि यस युद्धमा
सामेल हुन भने। यो युद्ध सिक्किमको पनि हितमा भएको कारण सैनिक दल तयार गरे। यो सैनिक
दल लिम्बू,मगर, लेप्चा, जिम्दार र भोटिया
जस्ता सम्प्रदायबाट गठित थियो।
सिक्किमको सैन्य दलमा सबैभन्दा
सफल अभियान लेप्चा दलले चलाएको थियो।
सिक्किमले फेरि आफूले
गुमाएको भूभाग लगभग सबै जित्न सकेको थियो।
चीनले गरेको हमला भने चीनले
चाहेको जस्तो सफलता हासिल गर्न सकेन। सैनिक हताहतको संख्या पनि चीनको बडी भयो। वास्तवमा
चीन र गोर्खाको युद्धमा चीन पराजित भएको थियो। तर गोर्खा शासनले चीन जस्तो ठूलो
राष्ट्रसित दीर्घकाल युद्ध गर्न राष्ट्रहितमा नरहेको बुझ्यो। यसैले सन्धि गर्न उत्सुकता
देखायो। चीनले पनि सहर्ष स्वीकार्यो।
सिक्किमले चीनलाई यो सन्धिमा
सिक्किमको सम्पूर्ण पुरानो इलाका फर्काउनु पर्ने प्रावधान राख्नुपर्ने अनुरोध
चडायो। गोर्खा प्रतिनिधिले चीनको नेतृत्व टोलीलाई झुक्याएर भन्यो सिक्किमको सबै
पुरानो इलाका फर्काइसकेको छ। सिंगलीलादेखि टिस्टा नदी बिच भूमिमात्र हो भनेर
बताए। वास्तवमा सिक्किमले अरुण नदी सीमाना राखेर त्यसदेखि पूर्वतिरको सबै भूभाग उसको
हो भन्ने दावी गरेको थियो। तर गोर्खाहरूको चतुर्याइँको अघि उसको केही चलेन।
चीन गोर्खा बीचको सन्धि र
सिक्किमको सीमाना तोकिए पनि गोर्खाले सन्धिको उलंघन गरेर फेरि सिक्किममा आक्रमण
गर्यो। गोर्खा सेना सिक्किमको विभिन्न क्षेत्र कब्जा गर्दै अघि बडन थाल्यो।
गोर्खा सेना यतिबेला
विभिन्न युद्ध मोर्चामा तल्लीन थियो। पश्चिमतिर कुमाउँ, गडवाल, हिमाल प्रदेश विजय
अभियानमा थियो। गोर्खा राज्यभित्र पनि समय समयमा उठेको विद्रोह दमनको कार्य थाम्नु
परेको थियो। यही कालमा इस्ट इन्डिया कम्पनीको अङ्ग्रेजी सेनासित पनि भिडन्तमा
पर्यो। यी विविध अभियानको क्रममा सिक्किम पूर्ण नियन्त्रणमा आउन सकेको थिएन। सिक्किमलाई
गोर्खा आक्रमणको खतरा र राज्य गुमाउने जोखिम भने कायमै थियो।
गोर्खा र अङ्ग्रेजको युद्ध
सिक्किमले थाहा पाए पछि उसले इस्ट इन्डिया कम्पनी सरकारलाई गुहार माग्यो। त्यतिबेला
सिक्किम र अङ्ग्रेज हुकुमतको सम्बन्धमा मधुरता आउन लागेको थियो।
सिक्किमको अनुरोधलाई ध्यानमा
राखेर सुगौली सन्धिमा प्रावधान बनायो।
अङ्ग्रेज र गोर्खाको युद्ध
नालापानी र सिन्धुली गढीमा भएको हो। पूर्वीय क्षेत्रमा भएको थिएन।
१८१६ मा भएको सुगौली सन्धिले
सिक्किमको सीमाना पश्चिममा मेचीनदी र दक्षिणमा महानदी तोकिदियो।
पछि गएर सिक्किम र अङ्ग्रेजको
सम्बन्धमा ह्रास आए र अङ्ग्रेज शासनले तराई क्षेत्र सिक्किमबाट खोसेर उनीहरूको
आफ्नो बनाए।
१८३५ र १८६५ सालमा
दार्जिलिङ र बिजनबारी रेलिङ क्षेत्रपनि अङ्ग्रेजले लगे। दार्जिलिङ लैजाँदा पट्टा बनाएर
लगेको थियो तर बिजनबारी रेलिङ लैजाँदा कुनै पट्टा बनाएन। दार्जिलिङको तिरो रकम तोकिएको
थियो तर बिजनबारीको कुनै रकम तोकिएन।
( सन्दर्भ र प्रामाणिक
स्रोत पछि अर्को विस्तारित लेखमा राखिनेछ।)
Comments
Post a Comment