एउटा किताबको कुरा 😁
कहिलेकाहीँ म आफूले पढेको पुस्तकमाथि केही लेखेर साझा गर्ने गरेको छु। मलाई लाग्थ्यो यसले जसले उक्त पुस्तक पढेको छैन उसलाई सूचनासम्म भए पनि हुन्छ र जसले पढेको छ उसलाई एक थप विचार प्राप्त हुनेछ। सबैलाई स्वीकार्य हुन्छ जस्तो लाग्थ्यो । तर मेरो मेसेन्जरमा केही टिप्पणी आए र लेखमाथि टिप्पणी देखिए ( ज्यादै थोरै नगन्य नै भए पनि😀) । मलाई झसङ्ग बनायो पुस्तक चर्चा आएको सबैलाई मनोरञ्जन वा ज्ञान दिनेछ भन्ने होइन रहेछ, कसैलाई चिडाउँदो पनि रहेछ। 😁😁
पछिल्लो एक महीनामा तीन चारवटा पुस्तक पढे तापनि आफ्नो पठन अनुभूति राख्ने जाँगर चलेन। तर यो किताब केही फरक रहेको हुनाले नराखी मनले मानेन। 😄😄😄
लगभग एक हप्ता भयो 2024 मा अन्तर्राष्ट्रिय बुकर पुरस्कार जित्ने उपन्यास "Kairos" पढिसकेको। यद्यपि यसको प्रभाव अझै बसिरहेको छ मनमा। मलाई यस्तै प्रभाव पारेको थियो ओल्गा टोकरजुकको अन्तर्राष्ट्रिय बुकर पुरस्कार जित्ने उपन्यास "Flights" ले। पाँच छ वर्ष अघि पढिएको उक्त उपन्यास पछि यस श्रंखलामा "Kairos" अझ बडी मन पराएँ। ओल्गा टोकरजुकको उपन्यास सम्पूर्ण युरोप समेटेर लेखिएको थियो अर्थात युरोप महादेशलाई एक सभ्यता र एक सिङ्गो संस्कृति रहेको बताइएको थियो। यसको ठिक विपरीत Kairos उपन्यासको लेखिकाले भने पूर्व जर्मनीलाई मात्र सीमित गरेर लेखेकी रहिछ। मलाई लाग्यो यो यथार्थको नजिक छ। हुनुपनि युरोपीय देश घुम्दा त्यहाँ एउटा देशदेखि अर्को देश पुग्दा भिन्नता देख्न सकिन्छ। सबै युरोपीय देश एकै जस्तो देखिँदैन। हुनत एक जाति एक देश ( one nation one state) अवधारणाको जन्मदाता युरोप नै हो। पछि गएर यसको चर्को विरोध अन्ना हारेन्डले गरेकी हुन। यद्यपि ब्रेक्जिटको घटनाले बताएको छ युरोपले भने जस्तो होइन। नभन्दै नेपोलियनको युरोपबारे विचार युरोपका देशहरू मासेर एक देश एक सम्विधान बनाउने रहेको इतिहासमा उल्लेख गरिन्छ।
काइरोज उपन्यासमा मुख्य कथा ५३ वर्षीय पुरुष हान्स र १९ वर्षीय युवती केथरिनाको प्रेम र विछोडको कथा छ। दुवै पूर्व जर्मनी अर्थात जिडिआरको निवासी हुन। ऐतिहासिक उपन्यासमा बाहेक अन्य उपन्यासमा तारिख जनाउने आवश्यकता पर्दैन र दिइएको हुँदैन पनि। तर यो उपन्यासमा भने घटनाको शुरुआत जुलाई 1986 भने स्पष्ट जनाएको छ। यसले पाठकलाई लाग्छ यो यथार्थ घटनामा आधारित रहेछ भनेर तर यसो होइन। लेखिकाले तारिख तोकेको पूर्व जर्मनीको अन्तिम तीन वर्षको समय देखाउनलाई हो। नोभेम्बर 1989मा बर्लिन पर्खाल तोडियो र पूर्व र पश्चिम जर्मनी विलय भयो। तारिख दिइनुको उद्देश्य यही हो, र कुनै वास्तविक घटना जोडेकी होइन।
उपकथाको रुपमा सम्पूर्ण जर्मनी, समाजवादी पूर्व जर्मनी, सोभियत रसिया रहेको छ जो कथा भन्दा पनि इतिहास हुन। मलाई मूल कथा भन्दा यही इतिहासको प्रकरण बडी चाखलाग्दो लाग्यो। बर्लिन पर्खालको पतन एक समय विश्वको ठूलो खबर थियो। फुकुयामाको प्रसिद्ध पुस्तक इतिहासको अन्तमा ( End of History and the Last Man) पनि यस घटनाको विश्लेषण छ। फुकुयामाले आफ्नो किताबमा भनेको छ हजारौं लाखौं पूर्वी जर्मन शरणार्थी बनेर पश्चिम जर्मनीमा गए। यसो हुनुको कारण थियो देशलाई सोभियत रसियाबाट सहयोग बन्द हुनु अनि आर्थिक संकट आइलाग्नु। जेन्नी एर्पनबेकको उपन्यासमा भने पूर्व जर्मनीको नागरिक यसरी शरणार्थी बनेर पश्चिम जर्मनी गएको दृश्य देखाइएको छैन। यसैले फुकुयामाको लेखाइलाई एर्पनबेकको कहानीले विश्वसनीयताको प्रश्न घेरामा राखेको देखिन्छ।
त्यतिबेला मलाई लागेको थियो बर्लिन पर्खाल भत्काएर दुई जर्मनी देशहरू एक हुनु विश्वको निम्ति राम्रो सङ्केत हो। पश्चिम जर्मनी पुञ्जीवादी देश थियो यसैले धनी भएको सम्झन्थ्यौँ। पूर्वी जर्मनी साम्यवाद भएको कारण अविकसित र गरीब लाग्थ्यो। तर यसो होइन रहेछ। हामी भ्रामक सूचनाको सिकार भएका रहेछौं भन्ने कुरा यो उपन्यासबाट बुझेँ। पछिल्लो साल मैले एन एपलबमले लेखेकी इतिहास (Iron Curtain : The Crushing of Eastern Europe) पुस्तक पढेको थिएँ। उक्त इतिहास पुस्तक पूर्वी युरोपेली देशहरूको साम्यवादिकरनबारे थियो। सोभियत रसियाले गरेका हस्तक्षेपबारे विश्लेषण थियो। उनलेे यसमा बताएकी थिई कसरी पूर्वी युरोपेली देश जसमा पूर्व जर्मनी पनि थियो सोभियत रसियाको प्रभावमा आएर गणतन्त्र त्यागेर एकतन्त्रीय शासनमा प्रवेश गर्यो। वाक स्वतन्त्रता समाप्त गरियो र जनताको मौलिक अधिकार छिनियो। टोकरजुकको इतिहासको प्रतिसमालोचना जस्तो देखिँदो रहेछ काइरोज उपन्यास। हुनत टोकरजुक एक ईङ्गल्यान्डको यहुदी परिवारबाट आएर पोल्यान्डवासीसित बिहे भएकी विदुषी हुन। काइरोजको उपन्यासकार जेनी एरपनबेक पूर्व जर्मनी ( हाल एकीकत जर्मनी) को मूल वासिन्दा हुन। एरपनबेकले यहाँ लेखेकी छ पूर्व जर्मनी पश्चिम जर्मनीसित एकीकत हुँदा सबै जर्मनी एक भएन तर पूर्ब जर्मनी पश्चिम जर्मनी भयो। यसले गर्दा उनीहरूको देश नै खोसियो। उनलेे पात्र हान्सको मनस्थिति देखाउँदै प्रख्यात नाटककार ब्रेख्टको उल्लेख गर्दै लेखेकी छ हिटलरको समयमा देश असहनीय भए पछि ब्रेख्ट आफ्नो देश छोडेर प्रदेश जानू परेको थियो। तर अहिले उनीहरू कहीँ गएको छैन तर देशले उनीहरूलाई छोडेर गएको छ। समाजवादी देश पूर्व जर्मनी र पुञ्जीवादी पश्चिम जर्मनीको धरातलीय भिन्नता हान्स र केथरिनाबाट देखाइएको छ। हान्सको जन्म हिटलर कालमा भएको हो। जर्मनी विभाजन हुँदा उसले रोज्न सक्ने थियो पश्चिम जर्मनीमा बस्नलाई, तर उसले पूर्व जर्मनी नै मन परायो। उसले देख्यो पश्चिम जर्मनीमा हिटलर बितेर गए पनि नाजीवाद मरेको थिएन। हान्स नाजीवादको विरोधमा थियो। समाजवादी देश पूर्व जर्मनी भने नाजीवाद र फासीवादको विरोध गर्थ्यो। यही कारण उसले आफ्नो देश मान्न पूर्व जर्मनीलाई रुचायो।
आफ्नो उन्नाइस वर्षको जीवनमा उसले भिखारी देखेकी थिइन। समाजवादी देशहरूमा भिखारी कोही हुँदैन। जब ऊ पहिलोपटक पटक पुञ्जीवादी देश पश्चिमी जर्मनीको कोलोन शहरमा पुगी उसले त्यहाँ भिखारीहरू देखिन। भिखारी देख्दा ऊ विचलित हुन्छे।
हान्स एक विवाहित पुरुष हो। उसकी श्रीमती र एक पुत्र सँगै छ। विवाहित भएको कारण उसले केथरिनासितको प्रेम सार्वजनिक गर्न सक्दैन गोपनीय राखेको हुन्छ। केथरिनाको साथीहरूले भने उसलाई सम्झाउँछ हान्स विवाहित मात्र नभएर धेरै उमेर खाएको हुनाले उनीहरूको जोडी मिल्नेछैन। केथरिनाको प्रेमी हान्स केथरिनाको पिता भन्दा उमेरले १० वर्ष ठूलो छ। तर ऊ ज्यादै प्रेम गर्छिन् हान्सलाई र छोडन सक्दिन।
हान्सकी पत्नीले जब थाहा पाउँछे उसको पति एक युवतीसित गहिरो प्रेममा फसेको छ उसलाई घरबाट निकाल्छिन। हान्स आफ्नो एक मित्रको एक कोठे फ्लेटमा आश्रय लिन पुग्छ। घरको खर्चको देखभाल सबै पत्नीको जिम्मामा थियो। हान्ससित पैसा थिएन। यही कारण घरबाट निकाल्दा पत्नीले ५०० मार्क दिन्छिन् पति हान्सलाई।
पछि हान्सले थाहा पाउँछ केथरिनाले उसलाई धोखा दिएकीछ। यसकारण फाटो आउँछ। हान्स दुखी हुन्छ। हान्स केथरिनालाई क्षमा दिन सक्दैन। ती दुईको प्रेम विलाएर जान्छ।
केथरिना हान्स बिना जिउन नसक्ने जस्तो भएकी हुन्छ। यसैले ऊ हान्सलाई छोड्न सक्दिन। तर उसलाई थाहा हुन्छ हान्सले उसलाई क्षमा दिनेछैन।
उपन्यासमा देखाइएको छ जब दुई राष्ट्रको विलय भयो पूर्व जर्मनीकाहरूले ठूलो विपत्तिको सामना गर्नु पर्यो। हान्सकी पत्नी एक वैज्ञानिक संस्थामा रसायनशास्त्री थिई। उसले काम गरिरहेकी संस्थामा १७ हजार कर्मचारी थिए। संस्था नै विघटन हुने भयो। धेरै कामबाट निकालिए र बेरोजगार हुन पुगे। हान्सकी पत्नीलाई आउटडेटेड भनिन्छ।
समाजवादी सत्तामा बजार भाव नियन्त्रणमा हुन्थ्यो। सबै कुरा सस्तो थियो। तर जब पुञ्पुजीवादी शासन लागू भएर बजारीकरण भयो सबै वस्तुको मोल आकासिएर गयो। छोइनसक महङ्गो हुन थाल्यो। घर भाडा अचानक अत्यधिक बडेर गयो। केथरिना र उसकी आमाको बचत राशी सबै आधा भन्दा बडी घटेर गयो।
मलाई काइरोज उपन्यास आफ्नै स्मृति पनि जोडिएको लाग्यो यसैले थप आकर्षण भयो। यो त्यस्तो पहिलो उपन्यास जो मेरो निजी स्मृतिसित जोडिएको पाउन सकेको।
केथरिना त्यतिबेलाको पश्चिमी जर्मनीको शहर कोलोनमा जान्छिन। कोलोन शहर यसमा रहेको प्रसिद्ध केथेड्रल हाल प्रमुख पर्यटकीय गन्तव्य हो। यसको निर्माणमा ६ सय वर्ष लागेको थियो। यहाँ म पुगेको थिएँ। छेउमा गएर हेर्दा मलाई यो विशाल गिर्जाघर खासै आकर्षक चाहिँ लागेको थिएन। निक्खुर कालो ढुङ्गाले निर्माण गरिएको अनेक चुच्चो बुर्जाहरू रहेेछन आकाश छेडला जस्तो। कसरी बनाए होला जस्तो पनि लाग्यो त्यो अग्लो बुर्जाहरू, टेक्ने अडिने ठाउँ छैन। भित्र रङ्गीन ऐनाको टुक्राहरूले झ्यालहरू सजाइएको।
केथरिनाले जब पहिलोपटक यो गिर्जाघर देख्छिन उसलाई आकर्षित गर्छ
"But lo !
There by the light of the moon
The giant fellow !
He looms black and sallow !
'Tis the cathedral of Colloon."
अर्को प्रसङ्ग केमेरा हो। उपन्यासमा एउटै मात्र केमेराको उल्लेख छ। केमेराको नाम भोइकल्यान्डर। भोइकलान्डर केमेरा १९७६ तिर मसित थियो एकमित्रबाट सापटी लिएको। एकडेढ वर्ष यसको प्रयोग गरेको हुँ। मेेरो पुरानो स्मृति बल्झाइदियो।
सोभियत रसिया कालमा स्टेलिनको शासन विवादास्पद छ। एन एपलबमले सोभियत रसियाकालमा स्थापना गरेको बदनाम श्रमशिविरको इतिहास (Gulag : A History)(यो किताबले पुलिट्जर पुरस्कार जितेको थियो) सम्मा र युक्रेनको १९३३-३४को प्रायोजित अकालको दुई इतिहास पुस्तक (Red Famine : Stalin's War on Ukraine) पढन जुरेको थियो। यी दुवै पुस्तकमा १९३७-३८ को पर्जिङ्ग (purge) को चर्चा छ। तर कति मारिए यसको निश्चित सङ्ख्या भने दिएको थिएन। तर काइरोज उपन्यासमा भने जेनी एर्पनबेकले स्पष्ट उल्लेख गरेकी रहिछ। त्यतिबेला सोभियत रसियाको कम्युनिस्ट दलमा १३८ पोलिटब्युरो सदस्य चुनिएका थिए। यही १३८ सदस्य मध्ये ९८ सदस्य स्टेलिनले हत्या गरिदिएछ। ख्रुस्चेभको डायरीमा यस सूचना रहेको उनले बताएकी छ।
हान्सले युवा प्रेमिका केथरिनालाई रसियाको राजधानी मस्को भ्रमणमा लगेको दृश्य अति रोचक लाग्यो। मस्को शहरबारे नेपाली अङ्ग्रेजी र हिन्दीमा विभिन्न लेखकहरूबाट वर्णन गरेका चित्रण पढिएको हो। जेन्नी एर्पनबेकको यो उपन्यासमा तर जुन चित्र वा दृश्य आउन सकेको छ त्यति कै सुन्दर कसैले लेखेको पढन पाएको जस्तो लाग्दैन। मस्को शहरको भव्यता र सौन्दर्यको अनुपम शब्द चित्र यसमा देखिन सकिँदोरहेछ। लेखन जीवन्त पाठक स्वयं त्यहाँ उपस्थित रहेको जस्तो बनाउने।
कला वा साहित्यबारे एर्पनबेकले हान्स मार्फत विचार राखेकी रहिछ। पात्र हान्स एक प्रतिष्ठित उपन्यासकारको रुपमा देखाइएको छ।
कला भनेको विषय वस्तु काटेेर सुकाएर कुनै नयाँ वस्तु बनाएको जस्तो होइन यो त एक प्रक्रिया हो उत्पादित वस्तु होइन। (Contents are not cut and dried, art is a process, not a product.)
कलात्मक सौन्दर्य सत्यसित बुनिएको हुनुपर्छ। (Beauty needs to be interwoven with truth)
कला लेखनमा सुखद अन्त राखिनुपर्छ भन्ने छैन। (Certainly art has nothing to do with happy ending )
हेङ्गोभरको चर्चा धेरै हुन्छ विशेषगरी अधिक मदपान गर्नेहरू माझ। अघिल्लो साँझ मदपान गरे पछि अर्कोदिन विसञ्चो रहनु टाउको दुख्नु र आफूलाई चङ्गा महसुस नलाग्नुलाई हेङ्गोभर भन्छौं। यसबाट मुक्तिको निम्ति फेरि बिहान केही मात्रामा मदपान गर्ने सुझाव दिन्छ। यही हेङ्गोभरको रसायन विज्ञान अथवा यसो हुनुको कारण यहाँ बताइएको रहेछ।
What qualitative differ ence can be caused by the quantitative addition of C3H6 is taught by experi ence if we consume ethyl alcohol, C2H6O, in any drinkable form without addition of other alcohols, and on another occasion take the same ethyl alcohol but with a slight addition of amyl alcohol, C5H12O, which forms the main constituent of the notorious fusel oil. One's head will certainly be aware of it the next morning, much to its detriment; so that one could even say that the intoxication, and subsequent "morning after" feeling, is also quantity trans- formed into quality, on the one hand of ethyl alcohol and on the other hand of this added C3H6.
Comments
Post a Comment