Skip to main content

        शुभकामना सन्देश

 

              सिक्किम बहुल जाति र  बहुल संस्कृतिले सुसज्जित सुन्दर राज्य हो। धार्मिक र सांस्कृतिक सहनशीलता यो राज्यको मूल धर्म रहेको "लो मेन छोङ सुम" ऐतिहासिक दस्तावेजले प्रमाणित गर्छ। दस्तावेजले बताएको छ सिक्किम तीन जातिको भूमि हो। यी तीनै जातिको भाषा संस्कृति र सभ्यता भिन्न भिन्न थिए। भिन्नतालाई स्वीकारेर सहयोग र सौहार्दता शिरोपर गरेर एक नयाँ भविष्य निर्माणको  सिक्किम गठन ऐतिहासिक प्रामाणिक दस्तावेजले बोलेको छ सिक्किम तीन प्रमुख जातिको पुण्य भूमि हो। राष्ट्रवादले भन्छ एक देशमा एक जाति। राष्ट्रवादले जातिलाई विशेष भूमिसित जोडेर हेर्छ। यसरी राष्ट्रवादी धारणा "वसुधैव कुटुम्बकम" अर्थात विश्वका सबै मानिस एकै मानव सन्तान हो भन्ने मानवतावादी विचारको उलंघन गर्दछ। राष्ट्रवादी धारणा युरोपमा वीशौँ शताब्दीको प्रारम्भमा जन्मेको हो। तर सिक्किमले यहाँ बसोबास गर्ने सबै जातिलाई एक नजरले हेरेर आएको देखिन्छ। सिक्किमले आफ्नो महानता यसरी पनि परिचय दिएको थियो।

सिक्किमलाई पवित्र भूमि मानिएको छ र यसलाई ईन्द्रकिल भनेर सम्बोधन गर्ने गरिन्छ। यही कारण यहाँ धेरै ठूलाठूला रिम्पोचे र महागुरुहरूले आशीर्वाद दिएका छन यही भूमिमा अवतरण गर्नु भएर।

सिक्किमको तीन प्रमुख जाति लेप्चा भोटिया र नेपाली भनेर चिनिन्छ। यही तीन जातिमा नेपाली समूहमा पर्ने राई जाति सिक्किमको एक बहुसंख्यक जाति हो। आफ्नो परिश्रम, लगनशीलता, प्रतिभा र धैर्यता एवम एक समृद्ध संस्कृति सम्पन्न भएको हुनाले सिक्किमेली समाजको विकासमा राई जातिले दिएको उल्लेखनीय योगदान ज्यादै महत्त्वपूर्ण छ। धार्मिक परम्परा, कृषि उत्पादन, राजनीति, जनस्वास्थ्य सेवा, प्रशासनिक सेवा सबै क्षेत्रमा राई जातिको उपस्थिति सिक्किममा सबल रहेको सर्वमान्य छ।

व्यक्तिलाई जसरी आफ्नो परिचयको निम्ति नाम चाहिन्छ कुनै जाति समूहको निम्ति पनि उसको सामुहिक परिचयको निम्ति परिचयात्मक चिन्हको आवश्यकता पर्दछ। जुन व्यक्ति जुन समूहभित्र पर्दछ उक्त व्यक्ति आफ्नो समूहभित्र उसको परिचय र उसको सुरक्षा खोज्दछ। एक व्यक्ति यसरी आफ्नो समूहसित जोडिन्छ। व्यक्तिलाई चिनाउने काम यसरी समूहले पनि गर्दछ। समकालीन समयमा बदलिँदो वातावरण, जनसंख्याको विस्फोट एवम वैश्वीकरणको होडमा परिचयको सङ्कट  बडेको छ। यही सङ्कटको समाधान जात जातिको सङ्घटन भएर आएको छ। अखिल किरात राई संघको गठन सिक्किमेली राई समुदायको सुरक्षा, संस्कृतिको सम्वर्धन र परम्परा निर्वाहको निम्ति भएको हो। आफ्नो यही महान कार्यलाई अघि बडाउने अभियानका पाइलाहरूमा आफ्ना अग्रज प्रतिभाहरूको सम्मान र उनीहरूको स्मृति एवम योगदानको संरक्षण अनि युवा पुस्तालाई प्रेरणा महत्त्वपूर्ण हुन्छन।

अखिल किरात राईले "महागुरु टीकाराम राईको जीवनी र अन्य टिपोट" प्रकाशित गरेर एउटा ठोस ऐतिहासिक काम गरेका छन। महागुरु टीकाराम राई जस्तो दिव्यपुरुषबाट हामी सबैले प्रेरणा लिनुपर्ने हुन्छ। मलाई लाग्छ पुस्तकले राई जाति मात्र होइन समस्त सिक्किमेली समूहलाई लाभ पुर्याउनेछ।

यहाँहरूलाई यति विशिष्ट पुस्तक प्रकाशनको निम्ति शुभकामना व्यक्त गर्न चाहन्छु।

 

 

पेम्पा तामाङ

गान्तोक

सिक्किम 

Comments

Popular posts from this blog

अगमसिहं गिरी (युद्ध र योद्धा ) आलोचना

             युद्ध र योद्धा : एक पठन                          पेम्पा तामङ      अगमसिहं गिरी भारतीय नेपाली साहित्यमा सर्वाधिक चर्चामा रहेको कवि हो। उनलाई मूलतः स्वछन्दतावादी कवि र जातीय कवि भनेर आलोचकहरूले चिनाएका छन भने कही कही अस्तित्ववादी भनी परिचय दिएको छ। उनका प्रारम्भिक कविताहरू भावनात्मक र करुणामय थिए यसैले उनलाई दुखवादी पनि भनिएको  हो। गिरीका कविताहरू आम चलनको भाषामा लेखिएका र प्रतीक र बिम्वको जडान थोरै रहेका छन। सरल , सहज र बोधगम्य रहेको हुनाले आम पाठकबीच लोकप्रियता बडी रहेको थियो। जीवन , मृत्यु , दुख , बिरह उनका कविताको भावलहरी रहेको छ। कल्पनाको निर्बाध उडान र जीवन परान्मुख रहेको मानिन्छ। जीवनलाई यसरी हेर्ने दृष्टि छायावाद र स्वछन्दतावा भनेर चिनिन्छ। हुनत छायावाद र स्वछन्दतावाद यी बाहेक अन्य पनि हुन। स्वच्छन्दतावादको प्रवर्तक विलियम वर्डस्वर्थको लेखन सिद्धान्त कविताको भाषा आम मानिसको बोलीको शैलीमा हु...

Circle of Karma -Bhutanese novel review

Circle of Karma   Authored by Kunzang Choden, a native of a small village in Bumthang District in  north-central Bhutan, Circle of Karma is the first English novel to emerge from the land of the druk (Bhutan),   the mythical dragon. Published in 2005, the novel instantly courted fame far and wide, and has since been translated into several languages. The novel had been short listed for the prestigious Elle Prix des Lectrices too. Choden was born in the year of the druk , or the year of the dragon, corresponding to 1952 in the Gregorian calendar. Since Choden was born into a prosperous family, her parents sent her to a convent school in Kalimpong when she was nine years of age. Choden recounts the initial difficulty she encountered in the school because, as is prevalent in Bhutan, she did not have a surname attached to her first name. Moreover her father’s name was Kunzang Dorje and the Reverend Mother of her school refused to believe that the father an...

Poetry of Puja Upadhyay

             दुई शब्द भूमिकाको                           पेम्पा तामङ      नेपाली साहित्यमा सर्वाधिक लोकप्रिय विधा कविता हो र सर्वाधिक रचना यसैमा देखिन्छ। कविता एक यस्तो विधा पनि हो  जसले कवि अनि रसिक दुवैलाई आकर्षित गराउँछ। कविलाई अनिवर्चनीय आनन्द बोध गराउँदछ कविता सृजनामा। यसैले पनि कवि शब्द सुधाको धारा बहाउन चञ्चल रहन्छ। हुनत कविता व्यक्ति र समाजमा जोडिने एक सेतु पनि हो। नेपाली कविताको पहिलो कविता मानिने सुवानन्ददासको लेखनलाई हेर्नु हो भने कविता एउटा त्यस्तो सशक्त माध्यम हो जसको सहाराले एक निरीह व्यक्ति सर्वशक्तिमानसित  संवादमा रहनुसक्दछ।   कुनै पनि कविताले व्यक्तिलाई एकदेखि अनेकमा पुर्याउने क्षमता राखेको हुन्छ। कविता एक परम्परा निर्वाह हो। कुनै पनि कवि अनेकौं पुस्ताको प्रतिविम्ब हुन्छ , चाहे त्यो रूपमा होस , विचार वा दर्शनमा होस या फेरि फगत भाषिक परम्परामा। तर कुनै कविताले परिचय त्य...