Skip to main content

Posts

Showing posts from June, 2021

अन्नको इतिहास 2

         अन्नको इतिहास                            मनुष्य  जाति पृथ्वीमा  भएदेखि लाखौ वर्षसम्म आहारको निम्ति पूर्णतय प्रकृतिमा निर्भर थियो । भोक मेटाउन शिकार र बन जङ्गलमा पाइने फलादि बटुलबाटुल गर्थ्यो। जताततै घनघोर जङ्गल थियो। जङ्गलमा अनेकौं प्रकारका पशुप्राणी थिए । थोरै परिश्रम गरेर धेरै खाद्यान्न सङ्ग्रह गर्न सक्थे। बन जङ्गलबारे उसको ज्ञान अपार थियो । अनेकौं प्रकारको वृक्ष, तरुलता, फलफूलको ज्ञान भएको कारण उसको खानपिनमा कुनै समस्या मात्र नभएर थरीथरीका आहार उपभोग गर्न सहज भएको  थियो । प्रशस्त पौष्टिक आहार उसले सहज रूपमा पाउन सक्थ्यो । यस समयको मानव जीवनको चित्रण यो कविताले देखाउँछ " नजरले भ्याएसम्म भूमि थियो असीमित , असीमित भूमिभित्रको – छहरा छङछङ हरियो वनस्पतिका सुगन्ध , गिट्ठा , भ्याकुर र कन्दमूल सबै चर्ची आएको जिमीभूमि , वारि , स्वाँरा , अलैँचीबारी , खेतपाखो , खर्क बनजङ्गल , जगर बगर तित्या ढाली महभीर , तोतामैना , मोम खयर साल सरङ्गा कठैया , सखुव...

नाट्यशास्त्र

नाट्यशास्त्रका केही रोचक प्रसङ्ग 1.नाट्यशास्त्र भरतमुनिले लेखेको भनिन्छ । तर कोपिला वात्स्यायनको मत अनुसार भरतमुनि एक व्यक्ति नभएर स्कूल अफ थट्स वा वैचारिक समूहको नाम हो ।  2. भरतमुनिका सय पुत्र थिए । ती सबैजना नाट्यकार र कलाकार थिए । उनीहरूका नाटकमा ब्राह्मणहरूप्रति व्यंग्य हुन्थ्यो । ब्राह्मणहरूको नाटकमा उपहास गरे भनेर तिनीहरूलाई श्राप दिएर शुद्र बनाइदिए । 3. नाट्यशास्त्रलाई पञ्चमवेद भनिन्छ । यो ग्रन्थमा लेखिएको छ वेद नारी र शुद्रलाई पढन वा वाचन गर्न वर्जित थियो । यसैले नाट्यशास्त्रको रचना गरियो। नाट्यशास्त्र पाठ गर्न, नाट्य अभिनयमा भागिदार हुन सबै जातीय समूहलाई स्वीकृत थियो । नाट्यशास्त्रलाई भारतको पहिलो समावेशी ग्रन्थ भन्न सकिन्छ । अर्को पाराले भन्नू हो भने किनारिकरण गरिएको समूहलाई समावेश गरी लेखिएको पहिलो किताब हो। यद्यपि यहाँ मञ्च निर्माणको उल्लेख गर्दा नाट्यशास्त्र विभेद विरोधी नरहेको थाहा पाइन्छ । यसमा तीन स्तरको मञ्च निर्माणको प्रस्ताव छ। उच्चतम स्तरमा देवगणको लागि , दोस्रो स्तरमा शासक वर्ग र उच्च वर्गको निम्ति र साधारण जनलाई निम्न स्तरको । यसबाट बुझिन्छ समाजको स्तर अनुसार...

प्रतिलेखन

                             प्रतिलेखन प्रतिलेखन शब्द अङ्ग्रेजी शब्द काउन्टर नेरेटिभ (counter narrative)  को नेपाली अनुवाद हो। एक मूल लेखन महाकाव्य, नाटक, उपन्यास वा कुनै कथाबाट प्रेरित भएर लेखिने रचनालाई पुनर्लेखन भनिन्छ । पुनर्लेखनको परम्परा पूर्व वा पश्चिम दुवै तिर प्राचीन कालदेखिनै चलिआएको बुझिन्छ। वाल्मीकि रामायणबाट प्रेरित भएर संस्कृत भाषामा  धेरै काव्यहरू रचना गरेका पाइन्छन्। ती मध्गे दशवटा प्रमुख छन। त्यही दशमध्ये एक अध्यात्म रामायण हो। यही अध्यात्म रामायणबाट प्रेरणा लिएर भानुभक्तले सरल नेपाली भाषामा रामायण रचना गरे। यसैले भानुभक्तको रामायण पुनर्लेखन हो। तुलसी दासको हिन्दी (अवधी) मा लिखित रामचरितमानस पनि पुनर्लेखन नै हो। यो महाकाव्यमा तुलसी दासले वाल्मीकि रामायणमा नलेखिएको रामको बाल्यकालको थप चित्रण गरेको छ। यस्ता लेखनलाई अनुवाद नभनी पुनर्लेखन भनिन्छ किनकि यी रचनाहरूमा सृजनात्मक थपघट र शैली अन्तर रहेको हुन्छ। कालिदासको शाकुन्तल पुनर्लेखन हो महाभारतको। देवकोटाको शाकुन्तल महाकाव्य यही कालिदासको शा...

सस्यूरको भाषाशास्त्र

फर्डिनान्ड डि सस्यूरको प्रख्यात पुस्तकको सार  1. भाषाको प्राकृतिक सीमाना हुँदैन । 2. भाषा व्यक्तिले होइन समाजले बनाउँछ। 3. भाषा मनुष्य समाजले बनाए पनि यो स्वतन्त्र संरचना(सेल्फ कन्टेन्ड) भएर बस्दछ। 4. कुनै पनि भाषा एकैचोटि विकास नभएर समयान्तरमा विकास हुने संरचना हो। यसैकारण विद्यमान भाषाको पूर्वरुप हुन्छ। उदाहरण स्वरुप संस्कृत भाषाको पूर्व भाषा इन्डो युरोपियन भाषा हो। 5 भाषामा मान्छेको ज्ञान सुरक्षित भएको हुन्छ। भाषा नभए मान्छेको ज्ञान अस्पष्ट हुन्छ।  6. मान्छेको शारीरिक संरचना भाषाको निम्ति उपयुक्त भएको कारण उसकोमा भाषिक क्षमता भएको हो। 7. विचार र भाषामा सोझो सम्बन्ध हुँदैन र यादृच्छिक रहेको हुन्छ। भाषा परम्परा मात्र हो ठोस होइन । यसैकारण भिन्दा भिन्दै भाषामा एउटै वस्तुको भिन्दा भिन्दै नाम हुन्छ। 8. भाषा भिन्नार्थक ध्वनिमा निर्भरित हुन्छ। हामी भिन्दा भिन्दै ध्वनिको आधारमा यसो भनेको रहेछ भनेर बुझ्दछौँ। 9. भाषिक ध्वनि विचारको वाहक मात्र हो तर यसको स्वतन्त्र अस्तित्व हुँदैन । 10.भाषाको सम्पूर्णता जान्न सकिँदैन अर्थात् कुनै पनि व्यक्तिले कुनै भाषाको पूर्ण ज्ञान भएको दावी गर्न सम्...

धर्म बनाम विज्ञान

धर्म बनाम विज्ञान   डा  सुष्मा नैथानीसित (धर्म र विज्ञान बारे) अन्तर्वार्ता लिएको थियो । यो अन्तर्वार्ताको क्रममा कतिपय शिक्षित वर्ग अन्धविश्वास र धर्मान्धतामा रहेको विषयमा चर्चा आयो । यसमा डा. नैथानीले भने, “धर्ममा बन्धुत्व हुन्छ तर विज्ञानमा हुँदैन । यही कारण मान्छेलाई आफ्नो आस्था, धर्म परायणता छोड्न कठिन पर्दछ ।” उनले यो पनि भने, “विज्ञानमा स्थायी सत्य वा सत्य भन्ने जस्तो केही हुँदैन । आजको सत्य भोलि झुटो हुनसक्छ। तर धर्म वा आस्थामा रहेको सत्य अपरिवर्तनीय हुन्छ।” कति सरल तर कति गम्भीर । पहिला भनिन्थ्यो पृथ्वी सौर्य मण्डलको केन्द्रमा छ र घाम अनि अन्य ग्रहहरू पृथ्वीको परिक्रमा गर्दछ। सबैलाई यसैमा विश्वास थियो । त्यतिबेलाको सत्य त्यही थियो । वैज्ञानिक कोपर्निकसले भने पृथ्वी होइन, सूर्य केन्द्रमा छ र सबै ग्रहहरू यसको वरिपरि घुम्दछ। यो नयाँ सत्य भयो पहिलाको सत्य झुटो भयो । लेखक अहिले ब्रम्हाण्ड देख्न सक्ने दुर्बिनले हेरेपछि थाहा भयो सौर्य मण्डल आफै पनि आकाश गंगाको एक सानो झुण्ड मात्र हो । आकाश गंगा पनि बृहत्तर यस्तै असंख्य झुण्डहरूमा एउटा हो । यतिबेला एकल ब्रम्हाण्ड र बहु ब्रम्ह...

Flights by Olga Tokarczuk

Flights by Olga Tokarczuk may not be appropriate here to bring into focus these days when everyone is being advised to stay at home and avoid travelling. This book is about travelling , pilgrimage and mobility. Olga says that travelling is civilization and it is barbaric to not to travel around. If  barbaric man  goes anywhere it is only to attack. Living is travelling and reality is mobility. An essay on travel pschycology finds place here. This novel is  not about inspiration compassion and guidance to those who has lost his soul. But this novel has many things and raises many voices which are usually silent in most of writings . Within the precinct of four hundred plus pages one gets to have a panoramic view of humanity and its many colours and of course a big chunk of the world.  Flights is not a conventional novel where you get to read a story of a person or persons and their fate. This is a book with many  narratives which are dissimilar and unconnected to...

भूमिका

  दुई शब्द   डा रेमिका थापा समकालीन समयको एक सशक्त कविको रुपमा आफ्नो उपस्थिति प्रमाणित गरिसक्नु भएको छ। उहाँको एक नयाँ कविता संकलन प्रकाशित हुन लागेको समाचारले मलाई पनि उत्साहित बनाए । यद्यपि यो खबरले ममाथि एक जिम्मेवारी पनि आउने विषयले मलाई भार भएको आभास भयो । केही दिन अघि उहाँले यो नयाँ प्रकाशनको निम्ति भूमिका लेखिदिने आग्रह गर्नुभयो । मलाई यस उत्तरदायित्वबाट उम्कने चाहना रहेतापनि त्यसो गर्न सकिएन। डा रेमिकासित को मेरो परिचय दुई दशक अघि देखिको हो। 1998 मा म मङपुमा गएको थिएँ अखिल भारतीय तामङ अधिवेशनमा उपस्थिति दिन। त्यस कार्यक्रममा उहाँ उदघोषिका हुनुहुन्थ्यो । कार्यक्रमको सञ्चालन र उदघोषणा अति आकर्षक ढंगमा गरिरहनु भएको थियोे । उहाँको वाचनकला मुग्ध बनाउने थियो श्रोतालाई। बीच बीचमा मीठा मीठा कविता उद्धरण र प्रकरण प्रस्तुतिले कार्यक्रमको रोचकता अझ बडेको थियो । उहाँलाई कार्यक्रममा सहयोग पुर्याउने कवि सुरेन्द्र थीङ्ग हुनुहुन्थ्यो। बेलुकी म सिक्किम फर्किने भएँ। यही प्रसङ्गमा सिक्किमका अन्य सहभागी पनि भेटिए । ती सहभागी मध्ये एक ले मलाई भने यति प्रतिभाशाली व्यक्तिलाई सिक्किमम...

भाषा र भ्रमण डायरी

भाषा आन्दोलन र यात्रा स्मृति मेरो नेपाली भाषा मान्यता प्रसङ्ग संलग्नता 1977 साल देखिको हो। यश समय म छुजाचेन माध्यमिक विध्यालयमा( उच्चतर माध्यमिक विध्यालय पछि भएको हो) प्राथमिक शिक्षक थिएँ । चुनिलाल घिमिरेको अध्यक्षतामा अखिल भारतीय नेपाली भाषा समितिको शाखा खोलियो रङ्गलीमा। यसको कार्यकारिणी समितिमा म सामेल थिएँ । त्यस समय मैले सम्झेको थिएँ भाषा समितिबाट आएका आदेश बमोजिम हाम्रो कार्यक्रम अगाडि बडला अथवा त्यही अनुरुप भाषा आन्दोलनमा सहभागिता जनाउँला। हाम्रो समितिको अनुमति आए पछि केही पत्राचार हुन थाल्यो । त्यतिबेला यसप्रकारको गतिविधिलाई राज्य सरकारले सकारात्मक दृष्टिले हेर्दैन थिए र हाम्रो सबै कार्यक्रममा सिक्किम पुलिस र आसूचना विभाग छड्के जाँच गरिरहन्थे। त्यहाँका ती कर्मचारी जो हामीसित सहानुभूति राख्थे हामीलाई सतर्क गराउँ'थे। भाषा समितिबाट तर भाषा संघर्ष वा भाषा आन्दोलनसित सम्बन्धित केही पनि सूचना वा कार्यक्रम हामीतिर आइरहेको थिएन। अन्य विषयमा केन्द्रित पत्र हुन्थ्यो ।कुनै कुनै यहाँको स्थानीय राजनैतिक गतिविधिसित सम्बन्धित हुन्थ्यो । मलाई केही छटपटाहट भइरहेको थियो । कोषको विषय ल...